प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:६९, ७०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६९ पत्रुस बाहिर चोकमा बसिरहेको बेला एउटी नोकर्नी तिनीकहाँ आएर भनी: “तपाईँ पनि त गालिली येसुसँगै हुनुहुन्थ्यो नि!”+ ७० तर तिनले सबैको अगाडि नकार्दै भने: “तिमी के भन्दै छ्यौ, मलाई थाह छैन।”

  • मर्कुस १४:६६-६८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६६ पत्रुस तल चोकमा भएको बेला प्रधानपुजारीको एउटी नोकर्नी आई+ ६७ र आगो तापिरहेको पत्रुसलाई देखेपछि सीधै तिनलाई हेरेर यसो भनी: “तपाईँ पनि त यस नासरी येसुसँगै हुनुहुन्थ्यो नि!” ६८ तर पत्रुसले नकार्दै यसो भने: “न म उहाँलाई चिन्छु न त तिमी जे भन्दै छ्यौ, त्यो बुझ्छु।” अनि तिनी निस्केर मूलढोकातिर गए।

  • लुका २२:५५-५७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ मानिसहरू चोकको बीचमा आगो बालेर एकसाथ बसिरहेको बेला पत्रुस पनि तिनीहरूसितै थिए।+ ५६ तिनलाई आगोको छेउमा बसिरहेको देखेपछि एउटी नोकर्नीले तिनलाई राम्ररी हेरिन्‌ र यसो भनिन्‌: “यो मानिस पनि उहाँसँगै थियो।” ५७ तर तिनले नकार्दै यसो भने: “ए नारी, म उहाँलाई चिन्दिनँ।”

  • युहन्‍ना १८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब उनीहरूले तिनलाई सोधे: “तिमी पनि त्यस मानिसकै चेला हौ कि क्या हो?” तिनले यसो भन्दै नकारे: “अहँ, होइनँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने