प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:६९-७५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६९ पत्रुस बाहिर चोकमा बसिरहेको बेला एउटी नोकर्नी तिनीकहाँ आएर भनी: “तपाईँ पनि त गालिली येसुसँगै हुनुहुन्थ्यो नि!”+ ७० तर तिनले सबैको अगाडि नकार्दै भने: “तिमी के भन्दै छ्यौ, मलाई थाह छैन।” ७१ तिनी निस्केर मूलढोकातिर गइरहेको बेला अर्की केटीले तिनलाई देखी र त्यहाँ भएका मानिसहरूलाई भनी: “यो मानिस नासरी येसुसँगै थियो।”+ ७२ अनि कसम खाँदै तिनले फेरि नकारे: “मैले त्यो मानिसलाई चिनेकै छैनँ!” ७३ अलिक समयपछि वरपर उभिरहेका मानिसहरू पत्रुसकहाँ आएर भने: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ किनकि तिम्रो बोलीबाटै* थाह हुन्छ।” ७४ आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस्‌ भनेर कसम खाँदै तिनले भने: “मैले त्यो मानिसलाई चिनेकै छैनँ!” अनि त्यतिखेरै भाले बास्यो। ७५ तब येसुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।

  • मर्कुस १४:६६-७२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६६ पत्रुस तल चोकमा भएको बेला प्रधानपुजारीको एउटी नोकर्नी आई+ ६७ र आगो तापिरहेको पत्रुसलाई देखेपछि सीधै तिनलाई हेरेर यसो भनी: “तपाईँ पनि त यस नासरी येसुसँगै हुनुहुन्थ्यो नि!” ६८ तर पत्रुसले नकार्दै यसो भने: “न म उहाँलाई चिन्छु न त तिमी जे भन्दै छ्यौ, त्यो बुझ्छु।” अनि तिनी निस्केर मूलढोकातिर गए। ६९ अनि त्यस नोकर्नीले तिनलाई देखेपछि सँगै उभिरहेकाहरूलाई फेरि भन्‍न थाली: “यो मानिस पनि तिनीहरूमध्येकै हो।” ७० तिनले फेरि नकार्न थाले। अलिक समयपछि, सँगै उभिरहेका मानिसहरूले पत्रुसलाई फेरि यसो भन्‍न थाले: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ किनकि तिमी गालिली नै हौ।” ७१ तर आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस्‌ भनेर कसम खाँदै तिनले भने: “तिमीहरू जसको विषयमा कुरा गर्दै छौ, मैले त्यो मानिसलाई चिनेकै छैनँ!” ७२ त्यतिखेरै भाले दोस्रो चोटि बास्यो+ अनि येसुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी साह्रै दुःखी भए र धुरुधुरु रोए।

  • युहन्‍ना १८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यतिखेर दासहरू अनि पहरेदारहरू जाडो भएकोले दाउरा बालेर आगो तापिरहेका थिए। पत्रुस पनि तिनीहरूसित उभिएर आगो तापिरहेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने