प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १४:६६-७२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६६ पत्रुस तल चोकमा भएको बेला प्रधानपुजारीको एउटी नोकर्नी आई+ ६७ र आगो तापिरहेको पत्रुसलाई देखेपछि सीधै तिनलाई हेरेर यसो भनी: “तपाईँ पनि त यस नासरी येसुसँगै हुनुहुन्थ्यो नि!” ६८ तर पत्रुसले नकार्दै यसो भने: “न म उहाँलाई चिन्छु न त तिमी जे भन्दै छ्यौ, त्यो बुझ्छु।” अनि तिनी निस्केर मूलढोकातिर गए। ६९ अनि त्यस नोकर्नीले तिनलाई देखेपछि सँगै उभिरहेकाहरूलाई फेरि भन्‍न थाली: “यो मानिस पनि तिनीहरूमध्येकै हो।” ७० तिनले फेरि नकार्न थाले। अलिक समयपछि, सँगै उभिरहेका मानिसहरूले पत्रुसलाई फेरि यसो भन्‍न थाले: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ किनकि तिमी गालिली नै हौ।” ७१ तर आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस्‌ भनेर कसम खाँदै तिनले भने: “तिमीहरू जसको विषयमा कुरा गर्दै छौ, मैले त्यो मानिसलाई चिनेकै छैनँ!” ७२ त्यतिखेरै भाले दोस्रो चोटि बास्यो+ अनि येसुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी साह्रै दुःखी भए र धुरुधुरु रोए।

  • लुका २२:५४-६२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ त्यसपछि तिनीहरूले उहाँलाई गिरफ्तार गरेर लगे+ अनि प्रधानपुजारीको घरमा पुऱ्‍याए तर पत्रुस भने टाढैबाट उहाँको पछिपछि लागिरहेका थिए।+ ५५ मानिसहरू चोकको बीचमा आगो बालेर एकसाथ बसिरहेको बेला पत्रुस पनि तिनीहरूसितै थिए।+ ५६ तिनलाई आगोको छेउमा बसिरहेको देखेपछि एउटी नोकर्नीले तिनलाई राम्ररी हेरिन्‌ र यसो भनिन्‌: “यो मानिस पनि उहाँसँगै थियो।” ५७ तर तिनले नकार्दै यसो भने: “ए नारी, म उहाँलाई चिन्दिनँ।” ५८ यसको केही समयपछि अर्को एक जनाले तिनलाई देखे र यसो भने: “तिमी पनि तिनीहरूमध्येकै हौ।” तर पत्रुसले भने: “म होइनँ।”+ ५९ अनि लगभग एक घण्टा बितेपछि अर्को एक जना मानिसले ठोकुवा गर्दै यसो भन्‍न थाले: “यो मानिस पनि पक्कै उहाँसित थियो किनकि यो गालिली नै हो।” ६० तर पत्रुसले भने: “ए मानिस, तिमी के भन्दै छौ, म जान्दिनँ।” तिनी बोल्दै गर्दा त्यतिखेरै भाले बास्यो। ६१ तब प्रभुले फर्केर सीधै पत्रुसलाई हेर्नुभयो अनि प्रभुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “आज भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ६२ अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।

  • युहन्‍ना १८:१५-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब सिमोन पत्रुस अनि अर्को एक जना चेला येसुको पछिपछि गइरहेका थिए।+ त्यस चेलाको प्रधानपुजारीसित चिनापर्ची थियो। त्यसैले येसुलाई पछ्याउँदै ऊ प्रधानपुजारीको चोकभित्र पस्यो १६ तर पत्रुस भने बाहिर ढोकामा उभिरहेका थिए। त्यसैले प्रधानपुजारीसित चिनापर्ची हुने त्यो अर्को चेला बाहिर निस्क्यो अनि ढोकेसित कुरा गरेर पत्रुसलाई पनि चोकभित्र ल्यायो। १७ तब त्यस ढोके अर्थात्‌ नोकर्नीले पत्रुसलाई सोधी: “तपाईँ पनि त्यस मानिसकै चेला हुनुहुन्छ जस्तो छ, होइन र?” तिनले जवाफ दिए: “अहँ, होइनँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने