-
प्रेषित १४:१२-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिनीहरूले बर्णाबासलाई ज्युस देवता तर पावललाई चाहिँ हर्मेस देवता भन्न थाले किनकि अघि सरेर बोल्ने तिनी नै थिए। १३ तब सहरको मूलढोकानेर भएको ज्युसको मन्दिरका पुजारीले मूलढोकामा बहरहरू र फूलमाला ल्याए अनि भीडसित मिलेर बलि चढाउने इच्छा गरे।
१४ तर जब प्रेषित बर्णाबास र प्रेषित पावलले यो कुरा सुने, तब तिनीहरूले आफ्नो लुगा च्याते अनि भीडमा हामफालेर यसो भन्दै चिच्याए: १५ “हे मानिसहरू हो, तपाईँहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईँहरूजस्तै कमीकमजोरी भएका मानिसहरू हौँ।+ अनि यी निरर्थक कुराहरूबाट फर्केर आकाश, पृथ्वी र समुद्र अनि तिनमा भएका सबै थोक बनाउनुहुने+ जीवित परमेश्वरकहाँ आउनुहोस् भनेर तपाईँहरूलाई सुसमाचार सुनाउन आएका हौँ।
-
-
प्रकाश २२:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ म युहन्नाले यी कुराहरू सुनिरहेको अनि देखिरहेको थिएँ। जब मैले ती सुनेँ अनि देखेँ, तब यी कुराहरू मलाई देखाउने स्वर्गदूतको उपासना गर्न म तिनका पाउमा घोप्टो परेँ। ९ तर तिनी मलाई भन्छन्: “होसियार! त्यसो नगर! किनकि म तिम्रो अनि तिम्रा भाइहरू, जो भविष्यवक्ताहरू हुन्, तिनीहरूको अनि यस पुस्तकका वचनहरू पालन गर्नेहरूजतिको सङ्गी दास मात्र हुँ। परमेश्वरको उपासना गर।”+
-