-
लुका २३:१३-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसपछि पिलातसले मुख्य पुजारीहरू, यहुदी न्यायपरिषद्का सदस्यहरू अनि अरू मानिसलाई एकसाथ बोलाए १४ र तिनीहरूलाई यसो भने: “यस मानिसले जनतालाई विद्रोह गर्न उक्सायो भनेर तिमीहरूले उसलाई मकहाँ ल्यायौ। हेर, मैले तिमीहरूकै सामुन्ने उसको छानबिन गरेँ तर तिमीहरूले लगाएको आरोप प्रमाणित हुने कुनै आधार मैले यस मानिसमा फेला पारिनँ।+ १५ वास्तवमा हेरोदले पनि फेला पारेनन्। त्यसैले त तिनले उसलाई हामीकहाँ फिर्ता पठाए। हेर, उसले मृत्युदण्ड पाउनुपर्ने केही काम गरेको छैन।
-