३ त्यसैले भाइहरू हो, पवित्र शक्ति र बुद्धिले भरिपूर्ण भएका+ अनि राम्रो नाम कमाएका+ सात जना मानिस तपाईँहरूमाझ छान्नुहोस् र हामी तिनीहरूलाई यस महत्त्वपूर्ण काममा नियुक्त गर्नेछौँ।+
५ यो कुरा सबै चेलालाई चित्त बुझ्यो अनि तिनीहरूले स्तिफनसलाई छाने, जो विश्वास र पवित्र शक्तिले भरिपूर्ण थिए। त्यसैगरि तिनीहरूले फिलिप,+ प्रखरस, निकनोर, तिमोन, पर्मिनास र धर्म परिवर्तन गरेर यहुदी बनेका एन्टिओकका निकोलाउसलाई पनि छाने।