-
२ कोरिन्थी ११:२३-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ के तिनीहरू ख्रिष्टका सेवक हुन्? बौलाहा मानिसले झैँ म चिच्याएर भन्छु, म झनै हुँ: मैले तिनीहरूले भन्दा धेरै परिश्रम गरेको छु,+ म धेरै पटक झ्यालखानामा थुनिएको छु,+ मैले अनगिन्ती कुटाइ खाएको छु र थुप्रै पटक मृत्युको मुखमा परेको छु।+ २४ मैले यहुदीहरूको हातबाट पाँच चोटि ३९-३९ कोर्रा खाएँ,+ २५ तीन खेप म डन्डाले पिटिएँ,+ एक खेप मलाई ढुङ्गाले हानियो,+ तीन चोटि म चढेको जहाज क्षतिग्रस्त भयो,+ एक रात एक दिन मैले खुला समुद्रमा बिताएँ। २६ बारम्बार यात्राको खतरामा, नदीहरूको खतरामा, डाँकुहरूको खतरामा, आफ्नै जातिको खतरामा,+ अन्यजातिको खतरामा,+ सहरको खतरामा,+ निर्जनभूमिको खतरामा, समुद्रको खतरामा, झूटा भाइहरूबीचको खतरामा म परेको छु। २७ मैले मजदुरी अनि कडा मेहनत गरेको छु, कति चोटि अनिदो रात काटेको छु,+ भोक अनि प्यास सहेको छु,+ धेरै चोटि नखाई बसेको छु,+ जाडो अनि नग्नता* खपेको छु।
-