४ यो सुनेपछि सर्पले स्त्रीलाई भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ!+५ किनकि परमेश्वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्। तिमीहरू परमेश्वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।”*+
४४ तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ अनि आफ्नो बुबाकै इच्छा पूरा गर्न चाहन्छौ।+ त्यो त सुरुदेखि नै हत्यारा थियो+ र त्यो सत्यमा अडिग रहेन किनकि त्यसमा सत्य छैन। जब त्यसले झूट बोल्छ, तब आफ्नो स्वभावअनुसारै बोल्छ किनकि त्यो झूटा हो र झूटको बुबा हो।+