प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर ज-जसले स्विकारे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्तान बन्‍ने अधिकार दिनुभयो+ किनकि तिनीहरूले उहाँको नाममा विश्‍वास गरेका थिए;+ १३ अनि तिनीहरू न रगतद्वारा न शारीरिक इच्छाद्वारा न मानिसको इच्छाद्वारा तर परमेश्‍वरद्वारा जन्मिएका थिए।+

  • रोमी ८:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ हामीलाई यो कुरा थाह छ, परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरू, जसलाई उहाँको उद्देश्‍यअनुरूप बोलाइएको छ,+ तिनीहरूको भलो होस्‌ भनेर उहाँ आफ्ना सबै कामबीच तालमेल मिलाउनुहुन्छ।

  • एफिसी १:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ सत्यको वचन अर्थात्‌ तिमीहरूको उद्धारको सुसमाचार सुनेपछि तिमीहरूले पनि उहाँमाथि आशा राख्यौ। तिमीहरूले विश्‍वास गरेपछि उहाँद्वारै तिमीहरूमाथि पवित्र शक्‍तिको छाप लगाइयो,+ जुन तिमीहरूलाई दिने प्रतिज्ञा गरिएको थियो। १४ परमेश्‍वरका जनहरूलाई*+ फिरौतीद्वारा+ छुटाउन सकियोस्‌ र त्यसद्वारा उहाँको प्रशंसा अनि महिमा होस्‌ भनेर हामीले पाउने उत्तराधिकारको बैनाको रूपमा परमेश्‍वरले यो पवित्र शक्‍ति हामीलाई दिनुभयो।+

  • २ थिस्सलोनिकी २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा* परमेश्‍वरले प्रिय ठान्‍नुभएका हे मेरा भाइहरू हो, तिमीहरूको निम्ति परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ किनभने परमेश्‍वरले तिमीहरूलाई उद्धारको निम्ति सुरुदेखि नै चुन्‍नुभएको हो।+ तिमीहरूले सत्यमा विश्‍वास गरेको हुनाले उहाँले तिमीहरूलाई पवित्र शक्‍तिद्वारा पवित्र पारेर चुन्‍नुभएको हो।+

  • १ पत्रुस १:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिमीहरूले विनाशी होइन तर अविनाशी बिउ*+ अर्थात्‌ जीवित र अनन्त परमेश्‍वरको वचनद्वारा+ नयाँ जन्म पाएका छौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने