प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ३:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ येसु ख्रिष्टको रगतमाथिको विश्‍वासद्वारा+ तिनीहरूको पापको प्रायश्‍चित होस्‌* भनेर परमेश्‍वरले उहाँलाई बलिदानको रूपमा चढाउनुभयो।+ आफू न्यायी छु भनी प्रकट गर्न परमेश्‍वरले त्यसो गर्नुभयो किनकि बितेको समयमा तिनीहरूले गरेका पापहरू सहेर उहाँले क्षमा गरिरहनुभएको थियो।

  • एफिसी १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ ख्रिष्टले आफ्नो रगतद्वारा तिर्नुभएको फिरौतीमार्फत+ हामीले छुटकारा पाएका छौँ। हो, उहाँद्वारै हामीले आफ्ना पापहरूको क्षमा पाएका छौँ,+ जुन हामीमाथि परमेश्‍वरले प्रशस्तगरि देखाउनुभएको असीम अनुग्रहबमोजिमै थियो।

  • हिब्रू ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ख्रिष्ट, जसले सदा कायम रहने पवित्र शक्‍तिद्वारा परमेश्‍वरसामु निष्खोट बलिको रूपमा आफूलाई चढाउनुभयो, उहाँको रगतले+ हाम्रो अन्तस्करणलाई मरेका कामहरूबाट झनै कत्ति शुद्ध पार्ला+ ताकि हामीले जीवित परमेश्‍वरलाई पवित्र सेवा चढाउन सकौँ?+

  • हिब्रू १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसैले आओ, निष्कपट हृदय र पूरा विश्‍वासका साथ परमेश्‍वरसामु जाऔँ। किनकि हाम्रो हृदय अनि दुष्ट अन्तस्करण शुद्ध पारिएको छ+ अनि हाम्रो शरीर सफा पानीले धोइएको छ।+

  • प्रकाश १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ साथै येसु ख्रिष्टको पनि, जो “विश्‍वासयोग्य साक्षी,”+ “मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएका पहिलो सन्तान”+ अनि “पृथ्वीका राजाहरूका शासक”+ हुनुहुन्छ।

      उहाँ हामीलाई प्रेम गर्नुहुन्छ+ र उहाँले आफ्नै रगतद्वारा हामीलाई हाम्रो पापको बन्धनबाट मुक्‍त गर्नुभयो+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने