प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “भेडाको भेषमा तिमीहरूकहाँ आउने+ झूटा भविष्यवक्‍ताहरूदेखि होसियार रहो+ किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्‌।+

  • प्रेषित २०:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईँहरूबीच घुस्नेछन्‌+ र बगालसित कठोर व्यवहार गर्नेछन्‌ ३० अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने मानिसहरू पनि तपाईँहरूकै बीचबाट उठ्‌नेछन्‌।+

  • २ थिस्सलोनिकी २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यस विषयमा कसैले तिमीहरूलाई कुनै तरिकामा बहकाउन नपाओस्‌ किनभने त्यो दिन तबसम्म आउनेछैन, जबसम्म पहिला धर्मत्याग+ सुरु हुँदैन अनि कुकर्मी पुरुष+ अर्थात्‌ विनाशको छोरा प्रकट हुँदैन।+

  • २ थिस्सलोनिकी २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ हो, त्यसको कुकर्म एउटा रहस्य हो र त्यसले आफ्नो काम थालिसकेको छ।+ तर जसले अहिले त्यसलाई रोक्ने काम गरिरहेको छ, ऊ नहटेसम्म मात्र त्यो रहस्यको रूपमा रहनेछ।

  • २ पत्रुस २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ जसरी इस्राएलका मानिसहरूबीच झूटा भविष्यवक्‍ताहरू खडा भएका थिए, त्यसरी नै तिमीहरूमाझ पनि झूटा शिक्षकहरू देखा पर्नेछन्‌।+ कसैले चाल नपाउनेगरि तिनीहरूले तिमीहरूको विश्‍वासलाई हानि पुऱ्‍याउने गुटहरू खडा गर्नेछन्‌ र आफूलाई किन्‍ने मालिकलाई+ समेत तिनीहरूले इन्कार गर्नेछन्‌ अनि यी सब गरेर तिनीहरूले आफ्नो विनाश छिट्टै निम्त्याउनेछन्‌।

  • प्रकाश २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ ‘मलाई तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता थाह छ। अनि मलाई यो पनि थाह छ, तिमी खराब मानिसहरूलाई सहन सक्दैनौ र जो आफूलाई प्रेषित* भन्छन्‌ तर वास्तवमा होइनन्‌, त्यस्ता मानिसहरूलाई तिमीले जाँच्यौ+ अनि फटाहा पायौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने