-
लुका ६:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तर जब उज्यालो भयो, उहाँले आफ्ना चेलाहरूलाई बोलाएर तीमध्ये १२ जनालाई छान्नुभयो अनि प्रेषितहरू* भन्ने नाम पनि दिनुभयो।+ तिनीहरू हुन्: १४ सिमोन, जसलाई उहाँले पत्रुस भन्ने नाम पनि दिनुभयो र तिनका भाइ अन्द्रियास, याकुब, युहन्ना, फिलिप,+ बारथोलोमाइ, १५ मत्ति, थोमा,+ अल्फयसको छोरा याकुब, “जोसिलो” भनिने सिमोन, १६ यहुदा, जो याकुबका छोरा थिए अनि यहुदा इस्करियोत, जो पछि धोकेबाज भए।
-