प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • ढुङ्‌गामा व्यवस्थाका सबै कुरा लेख्नू (१-१०)

      • एबाल डाँडा र गिरिज्जिम डाँडामा (११-१४)

      • सराप दोहोऱ्‍याइन्छ (१५-२६)

व्यवस्था २७:२

मार्जिनल रेफरेन्स

  • +यहो ८:३०-३२

व्यवस्था २७:३

मार्जिनल रेफरेन्स

  • +गन १३:२६, २७

व्यवस्था २७:४

मार्जिनल रेफरेन्स

  • +व्य ११:२९

व्यवस्था २७:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:२५

व्यवस्था २७:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी ३:१
  • +लेवी ७:१५
  • +व्य १२:७

व्यवस्था २७:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१२

व्यवस्था २७:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५; व्य २६:१८

व्यवस्था २७:१०

मार्जिनल रेफरेन्स

  • +१रा २:३; मत्ति १९:१७; १ युह ५:३

व्यवस्था २७:१२

मार्जिनल रेफरेन्स

  • +व्य ११:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९७, पृ. ३०-३१

    ६/१५/१९९६, पृ. १४

व्यवस्था २७:१३

मार्जिनल रेफरेन्स

  • +यहो ८:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९७, पृ. ३०-३१

    ६/१५/१९९६, पृ. १४

व्यवस्था २७:१४

मार्जिनल रेफरेन्स

  • +व्य ३३:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/१९९६, पृ. १४

व्यवस्था २७:१५

फुटनोट

  • *

    वा “काठ र धातुको काम गर्ने व्यक्‍तिले।”

  • *

    वा “यस्तै होस्‌!”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:४; ३४:१७; लेवी १९:४; व्य ४:१५, १६; यसै ४४:९
  • +व्य ७:२५; २९:१७

व्यवस्था २७:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१२; व्य २१:१८-२१; हित २०:२०; ३०:१७; मत्ति १५:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९७, पृ. ३०-३१

व्यवस्था २७:१७

मार्जिनल रेफरेन्स

  • +व्य १९:१४; हित २३:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९७, पृ. ३०-३१

व्यवस्था २७:१८

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१४

व्यवस्था २७:१९

फुटनोट

  • *

    वा “बुबा गुमाएको बच्चा।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२१, २२; व्य १०:१७, १८; १६:२०; हित १७:२३; मिका ३:११; मला ३:५; या १:२७

व्यवस्था २७:२०

मार्जिनल रेफरेन्स

  • +लेवी १८:८; १कोरि. ५:१

व्यवस्था २७:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:१९; लेवी १८:२३; २०:१५

व्यवस्था २७:२२

मार्जिनल रेफरेन्स

  • +लेवी १८:९; २०:१७

व्यवस्था २७:२३

मार्जिनल रेफरेन्स

  • +लेवी १८:१७; २०:१४

व्यवस्था २७:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१३; २१:१२; गन ३५:३१

व्यवस्था २७:२५

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:३, ४

व्यवस्था २७:२६

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५; गला ३:१०

अरू

व्यव. २७:२यहो ८:३०-३२
व्यव. २७:३गन १३:२६, २७
व्यव. २७:४व्य ११:२९
व्यव. २७:५प्रस्थ २०:२५
व्यव. २७:७लेवी ३:१
व्यव. २७:७लेवी ७:१५
व्यव. २७:७व्य १२:७
व्यव. २७:८प्रस्थ २४:१२
व्यव. २७:९प्रस्थ १९:५; व्य २६:१८
व्यव. २७:१०१रा २:३; मत्ति १९:१७; १ युह ५:३
व्यव. २७:१२व्य ११:२९
व्यव. २७:१३यहो ८:३३
व्यव. २७:१४व्य ३३:१०
व्यव. २७:१५प्रस्थ २०:४; ३४:१७; लेवी १९:४; व्य ४:१५, १६; यसै ४४:९
व्यव. २७:१५व्य ७:२५; २९:१७
व्यव. २७:१६प्रस्थ २०:१२; व्य २१:१८-२१; हित २०:२०; ३०:१७; मत्ति १५:४
व्यव. २७:१७व्य १९:१४; हित २३:१०
व्यव. २७:१८लेवी १९:१४
व्यव. २७:१९प्रस्थ २२:२१, २२; व्य १०:१७, १८; १६:२०; हित १७:२३; मिका ३:११; मला ३:५; या १:२७
व्यव. २७:२०लेवी १८:८; १कोरि. ५:१
व्यव. २७:२१प्रस्थ २२:१९; लेवी १८:२३; २०:१५
व्यव. २७:२२लेवी १८:९; २०:१७
व्यव. २७:२३लेवी १८:१७; २०:१४
व्यव. २७:२४प्रस्थ २०:१३; २१:१२; गन ३५:३१
व्यव. २७:२५मत्ति २७:३, ४
व्यव. २७:२६व्य २८:१५; गला ३:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था २७:१-२६

व्यवस्था

२७ त्यसपछि मोसाले इस्राएलका नाइकेहरूसित मिलेर मानिसहरूलाई यसो भने: “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर। २ यर्दन नदी पार गरेर यहोवा तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा पुगेको दिन तिमीहरूले त्यहाँ ठूलठूला ढुङ्‌गा ठड्‌याउनू र त्यसमा चुन पोत्नू।+ ३ अनि ती ढुङ्‌गाहरूमा यस व्यवस्थाका सबै कुरा एक-एक गरी लेख्नू। त्यसैले जब तिमीहरू यहोवा परमेश्‍वरले दिन लाग्नुभएको देश, हो, यहोवा तिमीहरूका पितापुर्खाका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा पुग्नेछौ, तब तिमीहरूले ती ठूलठूला ढुङ्‌गाहरूमा व्यवस्थाका सबै कुरा लेख्न नबिर्सनू।+ ४ यर्दन नदी पार गरेपछि मैले आज तिमीहरूलाई भनेझैँ तिमीहरूले ती ढुङ्‌गाहरू एबाल डाँडामा ठड्‌याउनू+ र त्यसमा चून पोत्नू। ५ त्यहाँ तिमीहरूले यहोवा परमेश्‍वरको लागि ढुङ्‌गाको एउटा वेदी पनि बनाउनू। त्यो वेदी बनाउँदा फलामको कुनै औजार नचलाउनू।+ ६ तिमीहरूले नफुटाइएको वा नकाटिएको सग्ला ढुङ्‌गाहरू प्रयोग गरेर यहोवा परमेश्‍वरको लागि वेदी बनाउनू। त्यहाँ यहोवा तिमीहरूका परमेश्‍वरको लागि अग्निभेटी चढाउनू। ७ तिमीहरूले मेलबलि* चढाउनू+ र त्यसलाई त्यहीँ खानू।+ अनि यहोवा तिमीहरूका परमेश्‍वरसामु खुसीयाली मनाउनू।+ ८ तिमीहरूले ठड्‌याएका ती ढुङ्‌गाहरूमा यस व्यवस्थाका सबै कुरा प्रस्टसँग लेख्नू।”+

९ तब मोसा र सबै लेवी पुजारीले सबै इस्राएलीलाई यसो भने: “हे इस्राएली हो, शान्त होओ र सुन। आजको दिन तिमीहरू आफ्ना परमेश्‍वर यहोवाका जन भयौ।+ १० तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको कुरा सुन्‍नुपर्छ र मैले आज तिमीहरूलाई दिएको उहाँका आज्ञा अनि नीतिनियम पालन गर्नुपर्छ।”+

११ त्यो दिन मोसाले मानिसहरूलाई यस्तो आदेश दिए: १२ “जब तिमीहरू यर्दन नदी पार गर्छौ, तब मानिसहरूलाई आशिष्‌ दिन सिमियोन, लेवि, यहुदा, इस्साकार, युसुफ र बिन्यामिनको कुलका मानिसहरू गिरिज्जिम डाँडामा उभिऊन्‌।+ १३ अनि सरापको घोषणा गर्न चाहिँ रुबेन, गाद, असेर, जबुलुन, दान र नप्तालिको कुलका मानिसहरू एबाल डाँडामा उभिऊन्‌।+ १४ त्यसपछि लेवीहरूले सबै इस्राएलीलाई ठूलो स्वरमा यसो भनून्‌:+

१५ “‘कुँदेर वा धातु पगालेर मूर्ति बनाउने र त्यसलाई लुकाएर राख्ने मानिस श्रापित होस्‌।+ किनभने कालिगडले* बनाएका यस्ता कुरालाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ।’+ (तब सबैले ‘आमिन!’* भनून्‌।)

१६ “‘आफ्नो बुबा वा आमालाई तुच्छ व्यवहार गर्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

१७ “‘आफ्नो छिमेकीको साँध-सिमाना मिच्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

१८ “‘अन्धालाई उल्टो बाटोतिर पठाइदिने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

१९ “‘नियम बङ्‌ग्याएर विदेशी, अनाथ* वा विधवालाई अन्याय गर्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

२० “‘आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध राख्ने मानिस श्रापित होस्‌। किनभने यसो गर्नु बुबाको घोर अपमान गर्नु हो।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

२१ “‘पशुसित सम्भोग गर्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

२२ “‘आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्‌केली दिदी वा बहिनीसित यौनसम्बन्ध राख्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

२३ “‘आफ्नी सासूसित यौनसम्बन्ध राख्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

२४ “‘ढुकिबसेर आफ्नो छिमेकीलाई मार्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

२५ “‘पैसा लिएर निर्दोष व्यक्‍तिको हत्या गर्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

२६ “‘यस व्यवस्थामा भएका कुराहरू पालन नगर्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने