प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • एप्रैमका जँड्‌याहाहरूलाई धिक्कार! (१-६)

      • यहुदाका पुजारीहरू र भविष्यवक्‍ताहरू लर्खराउँछन्‌ (७-१३)

      • “मृत्युसित करार” (१४-२२)

        • सियोनमा अनमोल शिरढुङ्‌गो (१६)

        • यहोवाको असाधारण काम (२१)

      • यहोवाको बुद्धिमानी अनुशासन (२३-२९)

यसैया २८:१

फुटनोट

  • *

    वा “घमन्डी।”

  • *

    यसले राजधानी सामरियालाई जनाउँछ जस्तो देखिन्छ।

मार्जिनल रेफरेन्स

  • +यसै ७:२

यसैया २८:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०११, पृ. ३

यसैया २८:३

फुटनोट

  • *

    वा “घमन्डी।”

मार्जिनल रेफरेन्स

  • +२रा १७:६; यसै १७:३

यसैया २८:५

मार्जिनल रेफरेन्स

  • +यसै ११:१६

यसैया २८:६

फुटनोट

  • *

    वा “मनोभाव।”

मार्जिनल रेफरेन्स

  • +भज १८:३४; ६८:३५

यसैया २८:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा १६:१०, ११; यर्मि ५:३१

यसैया २८:१०

फुटनोट

  • *

    शा., “नाप्ने डोरी।”

  • *

    धर्मगुरुहरूलाई यसैयाको सन्देश केटाकेटीलाई एउटै कुरा दोहोऱ्‍याई-तेहेऱ्‍याई भनेझैँ लागेको थियो।

मार्जिनल रेफरेन्स

  • +२रा २१:१३; यसै २८:१७; वि २:८

यसैया २८:११

मार्जिनल रेफरेन्स

  • +व्य २८:४९, ५०; यर्मि ५:१५; १कोरि. १४:२१

यसैया २८:१२

मार्जिनल रेफरेन्स

  • +भज ८१:१०, ११

यसैया २८:१३

फुटनोट

  • *

    शा., “नाप्ने डोरी।”

मार्जिनल रेफरेन्स

  • +यसै २८:१७
  • +२इ ३६:१५, १६; यसै ८:१४, १५

यसैया २८:१५

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

  • *

    वा सम्भवतः “दर्शन देखेका छौँ।”

मार्जिनल रेफरेन्स

  • +यसै २८:१८
  • +यसै ३०:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००३, पृ. १३-१४

यसैया २८:१६

मार्जिनल रेफरेन्स

  • +भज ११८:२२
  • +मत्ति २१:४२; मर्कु १२:१०; लुका २०:१७; प्रे ४:११
  • +एफि २:१९, २०
  • +रोमी ९:३३; १०:११; १प २:४, ६

यसैया २८:१७

फुटनोट

  • *

    डकर्मीले गारो उठाउँदा सुर सोझो भए-नभएको जाँच्ने साधन।

मार्जिनल रेफरेन्स

  • +२रा २१:१३
  • +यर्मि ११:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०११, पृ. ३, ६-७

यसैया २८:१८

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै २८:१५

यसैया २८:१९

फुटनोट

  • *

    वा सम्भवतः “आफूले सुनेको सन्देश बुझेपछि तिनीहरू त्रसित हुनेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +यसै २४:१

यसैया २८:२१

मार्जिनल रेफरेन्स

  • +यहो १०:८-१४; २स ५:२०; १इ १४:१०-१६
  • +वि २:१५; हब १:५-७

यसैया २८:२२

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१५, १६; यर्मि २०:७
  • +यसै १०:२३; २४:१

यसैया २८:२४

मार्जिनल रेफरेन्स

  • +भज ३०:५; १०३:९; मिका ७:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००१, पृ. ११

यसैया २८:२५

फुटनोट

  • *

    एक किसिमको कमसल गहुँ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:३१, ३२; इज ४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००१, पृ. ११

यसैया २८:२६

फुटनोट

  • *

    वा “अनुशासन दिनुहुन्छ; सुधार्नुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +भज ११९:७१

यसैया २८:२७

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१५; आमो १:३

यसैया २८:२८

मार्जिनल रेफरेन्स

  • +भज १०३:९; यसै २१:१०; मिका ७:१८
  • +लेवी २६:४४; यर्मि १०:२४

यसैया २८:२९

फुटनोट

  • *

    वा “उद्देश्‍य।”

  • *

    वा “जसको व्यावहारिक बुद्धि अपार छ।”

मार्जिनल रेफरेन्स

  • +भज ४०:५; यर्मि ३२:१९; रोमी ११:३३

अरू

यसै. २८:१यसै ७:२
यसै. २८:३२रा १७:६; यसै १७:३
यसै. २८:५यसै ११:१६
यसै. २८:६भज १८:३४; ६८:३५
यसै. २८:७२रा १६:१०, ११; यर्मि ५:३१
यसै. २८:१०२रा २१:१३; यसै २८:१७; वि २:८
यसै. २८:११व्य २८:४९, ५०; यर्मि ५:१५; १कोरि. १४:२१
यसै. २८:१२भज ८१:१०, ११
यसै. २८:१३यसै २८:१७
यसै. २८:१३२इ ३६:१५, १६; यसै ८:१४, १५
यसै. २८:१५यसै २८:१८
यसै. २८:१५यसै ३०:९, १०
यसै. २८:१६भज ११८:२२
यसै. २८:१६मत्ति २१:४२; मर्कु १२:१०; लुका २०:१७; प्रे ४:११
यसै. २८:१६एफि २:१९, २०
यसै. २८:१६रोमी ९:३३; १०:११; १प २:४, ६
यसै. २८:१७२रा २१:१३
यसै. २८:१७यर्मि ११:२०
यसै. २८:१८यसै २८:१५
यसै. २८:१९यसै २४:१
यसै. २८:२१यहो १०:८-१४; २स ५:२०; १इ १४:१०-१६
यसै. २८:२१वि २:१५; हब १:५-७
यसै. २८:२२२इ ३६:१५, १६; यर्मि २०:७
यसै. २८:२२यसै १०:२३; २४:१
यसै. २८:२४भज ३०:५; १०३:९; मिका ७:१८
यसै. २८:२५प्रस्थ ९:३१, ३२; इज ४:९
यसै. २८:२६भज ११९:७१
यसै. २८:२७यसै ४१:१५; आमो १:३
यसै. २८:२८भज १०३:९; यसै २१:१०; मिका ७:१८
यसै. २८:२८लेवी २६:४४; यर्मि १०:२४
यसै. २८:२९भज ४०:५; यर्मि ३२:१९; रोमी ११:३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया २८:१-२९

यसैया

२८ एप्रैमका जँड्‌याहाहरूको+ देखावटी* मुकुटलाई* धिक्कार छ!

ओइलाउँदै गरेको त्यसको सुन्दर फूललाई धिक्कार छ!

जुन रक्सीले लट्ठिएका मानिसहरू बस्ने मलिलो बेँसीको शिरमा सजिएको छ।

 २ हेर! यहोवाले एक बलियो र शक्‍तिशाली जन पठाउनुहुनेछ।

गर्जनसहित पर्ने असिना र विनाशकारी आँधीले जस्तै,

उर्लँदो बाढीले ल्याउने डरलाग्दो तुफानले जस्तै

तिनले त्यसलाई पृथ्वीमा हुर्ऱ्याइदिनेछन्‌।

 ३ एप्रैमका जँड्‌याहाहरूका देखावटी* मुकुटहरूलाई

खुट्टाले कुल्चीमिल्ची गरिनेछ।+

 ४ अनि ओइलाउँदै गरेको त्यसको सुन्दर फूल,

जुन मलिलो बेँसीको शिरमा सजिएको छ,

त्यो ग्रीष्म ऋतु आउनुअघि नै पाकेको अन्जिरझैँ हुनेछ,

जसलाई कसैले देख्नेबित्तिकै हत्केलामा लिएर क्वाप्प खाइहाल्छ।

५ त्यस दिन सेनाहरूका यहोवा बाँकी रहेका आफ्ना मानिसहरूका लागि शानदार मुकुट र सुन्दर फूलमाला बन्‍नुहुनेछ।+ ६ अनि उहाँले न्यायासनमा बस्नेहरूलाई इन्साफ गर्ने समझ* दिनुहुनेछ। मूलढोकामा शत्रुहरूसित लड्‌नेहरूका लागि उहाँ शक्‍तिको स्रोत बन्‍नुहुनेछ।+

 ७ पुजारी र भविष्यवक्‍ताहरू पनि रक्सीले बहकिएका छन्‌।

मात लागेर तिनीहरू लर्खराउँछन्‌।

रक्सी खाएर तिनीहरू बहकिएका छन्‌।

रक्सीले गर्दा तिनीहरू अलमलमा पर्छन्‌।

नशा चढेकोले तिनीहरू लर्खराउँछन्‌।

तिनीहरूले देखेको दर्शनले* तिनीहरूलाई बहकाउँछ

र तिनीहरू सही न्याय गर्न सक्दैनन्‌।+

 ८ किनकि तिनीहरूका टेबुलहरू घिनलाग्दो बान्तै बान्ताले भरिएका छन्‌।

तिनीहरूले बान्ता नगरेको ठाउँ कुनै छैन।

 ९ तिनीहरू भन्छन्‌, “ऊ कसलाई ज्ञान दिन खोज्दै छ?

कसलाई आफ्नो सन्देश सुनाउन खोज्दै छ?

के हामी भर्खरै दूध छोडेका बालकहरू हौँ?

भर्खरै आमाको स्तनबाट अलग गरिएका बच्चाहरू हौँ?

१० किनकि ऊ घरीघरी यसो भन्छ, ‘आदेशमाथि आदेश, आदेशमाथि आदेश!

नियममाथि नियम,* नियममाथि नियम!+

अलिकता यहाँ, अलिकता त्यहाँ।’”*

११ त्यसैले उहाँ भकभके र विदेशी भाषा बोल्ने मानिसहरूमार्फत यिनीहरूसित कुरा गर्नुहुनेछ।+ १२ एकपटक उहाँले तिनीहरूलाई यसो भन्‍नुभएको थियो: “यो विश्राम गर्ने ठाउँ हो। थाकेकाहरू यहाँ आएर आराम गरून्‌। यो स्फूर्ति दिने ठाउँ हो।” तर तिनीहरूले सुन्दै सुनेनन्‌।+ १३ त्यसैले यहोवाले तिनीहरूलाई यसो भन्‍नुहुनेछ:

“आदेशमाथि आदेश, आदेशमाथि आदेश!

नियममाथि नियम,* नियममाथि नियम!+

अलिकता यहाँ, अलिकता त्यहाँ।”

तर तिनीहरूले सुन्‍नेछैनन्‌।

त्यसैले तिनीहरू ठक्कर खाएर लड्‌नेछन्‌ र तिनीहरूको पिठिउँ बजारिनेछ।

तिनीहरू घाइते हुनेछन्‌, पासोमा पर्नेछन्‌ र पक्राउ पर्नेछन्‌।+

१४ त्यसैले ए धाक लगाउनेहरू हो, ए यरुसलेमका बासिन्दाहरूमाथि शासन गर्नेहरू हो!

यहोवाको वचन सुन!

१५ किनकि तिमीहरू यसो भन्छौ:

“हामीले मृत्युसित करार बाँधेका छौँ।+

चिहानसित* सम्झौता गरेका छौँ।*

अचानक बाढी उर्लेर आए तापनि

त्यसले हामीलाई भेट्टाउनेछैन।

किनकि हामीले झूटलाई आफ्नो शरणस्थान बनाएका छौँ

र छलकपटको आडमा हामी लुकेका छौँ।”+

१६ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“म सियोनको जग बसाल्न पारख गरिएको ढुङ्‌गा हाल्दै छु,+

त्यो कुनाको अनमोल ढुङ्‌गा,+ जसले जगलाई बलियो बनाउनेछ।+

अनि त्यसमाथि विश्‍वास गर्ने कोही पनि आत्तिनुपर्नेछैन।+

१७ अनि म न्यायलाई नाप्ने डोरी बनाउनेछु+

र न्यायोचित कामलाई साहुल* बनाउनेछु।+

तिनीहरूको झूटको शरणस्थानलाई असिनाले सखाप पारिदिनेछ

अनि लुक्ने ठाउँलाई बाढीले बगाइदिनेछ।

१८ मृत्युसित तिमीहरूले गरेको करार रद्द हुनेछ।

अनि चिहानसित* तिमीहरूले गरेको सम्झौता टिक्नेछैन।+

अचानक बाढी उर्लेर आउँदा

त्यसले तिमीहरूलाई तहसनहस पार्नेछ।

१९ जब-जब त्यो बाढी उर्लन्छ,

तब-तब त्यसले तिमीहरूलाई बगाएर लग्नेछ।+

त्यो हरेक बिहान उर्लनेछ;

दिउँसो अनि राती पनि उर्लनेछ।

त्रासले छोपेपछि मात्र आफूले सुनेको सन्देश तिनीहरूले बुझ्नेछन्‌।”*

२० किनकि लम्पसार पर्नलाई ओछ्यान अति सानो छ

अनि ओढ्‌नलाई कम्बल निकै छोटो छ।

२१ जसरी पेराजिम डाँडामा यहोवा उठ्‌नुभएको थियो, त्यसरी नै उहाँ फेरि उठ्‌नुहुनेछ।

जसरी गिबोन नजिकैको बेँसीमा उहाँ खडा हुनुभएको थियो,+ त्यसरी नै उहाँ फेरि खडा हुनुहुनेछ।

आफ्नो अनौठो काम पूरा गर्नलाई,

हो, आफ्नो असाधारण काम पूरा गर्नलाई उहाँ उठ्‌नुहुनेछ।+

२२ खिसी नगर+

नत्र त तिमीहरूको बन्धन अझ कसिनेछ।

किनकि पूरै पृथ्वीलाई नाश गर्ने निधो भएको छ+ भनेर

मैले ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवाबाट सुनेको छु।

२३ कान थापेर मेरो कुरा सुन।

म जे भन्छु, त्यो ध्यान दिएर सुन।

२४ के हलो जोत्नेले बिउ नछरी दिनभरि जोत्छ र?

के उसले खन्‍ने र डल्ला फोर्ने काम मात्रै गरिरहन्छ र?+

२५ जमिनलाई सम्याइसकेपछि

के उसले जीरा र कालो जीरा छर्दैन र?

के उसले गहुँ, कोदो र जौ रोप्दैन र?

अनि खेतको डिलमा कठिया गहुँ*+ रोप्दैन र?

२६ किनकि उहाँले उसलाई सही बाटो देखाउनुहुन्छ।*

उसको परमेश्‍वरले उसलाई निर्देशन दिनुहुन्छ।+

२७ कालो जीरालाई दाँदे लगाएर मसिनो धुलो पारिँदैन+

र जीरालाई गाडाको पाङ्‌ग्राले पेलिँदैन।

बरु कालो जीरालाई लौरोले

अनि जीरालाई लट्ठीले चुटिन्छ।

२८ के कसैले रोटी बनाउने पीठो तयार पार्न अन्‍नलाई दाइँ गरेको गऱ्‍यै गर्छ र?

अहँ! कसैले पनि अन्‍नलाई दाइँ गरेको गऱ्‍यै गर्दैन।+

अनि अन्‍न धुलोपिठो हुनेगरि

घोडा-गाडा त्यसमाथि चलाउँदैन।+

२९ यो पनि सेनाहरूका यहोवाबाटै आएको हो,

जसका सल्लाहहरू* उदेकका छन्‌

र जो आफूले गर्ने हर काममा सफल हुनुहुन्छ।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने