११३ याहको प्रशंसा गर!
हे परमेश्वरका सेवकहरू हो, उहाँको प्रशंसा गर,
यहोवाको नामको प्रशंसा गर।
 २ यहोवाको नामको प्रशंसा होस्,
अहिले र सदासर्वदा।+
 ३ पूर्वदेखि पश्चिमसम्मै
यहोवाको नामको प्रशंसा होस्।+
 ४ यहोवा सबै राष्ट्रभन्दा उच्च हुनुहुन्छ;+
उहाँ आकाशभन्दा पनि महिमावान् हुनुहुन्छ।+
 ५ यहोवा हाम्रा परमेश्वरजस्तो अरू को छ,+
जो उच्च ठाउँमा विराजमान हुनुहुन्छ?
 ६ आकाश र पृथ्वीमा दृष्टि लगाउन उहाँ निहुरिनुहुन्छ।+
 ७ उहाँ दीनदुःखीलाई धुलोबाट
अनि गरिबलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ+
 ८ ताकि ऊ प्रतिष्ठित मानिसहरूसित,
उहाँको प्रजाका प्रतिष्ठित मानिसहरूसित बस्न सकोस्।
 ९ उहाँ बाँझी स्त्रीलाई सन्तानको सुख दिनुहुन्छ;
उसको घरमा छोराछोरी हुन्छन्।+
याहको प्रशंसा गर।