प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ४०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • यहोवा थप प्रश्‍न सोध्नुहुन्छ (१-२४)

        • अय्युब आफू नाजवाफ भएको कुरा स्विकार्छन्‌ (३-५)

        • ‘मेरो इन्साफमा शङ्‌का गर्छौ?’ (८)

        • परमेश्‍वर जलगैँडाको शक्‍तिको बयान गर्नुहुन्छ (१५-२४)

अय्युब ४०:२

मार्जिनल रेफरेन्स

  • +अय्यु ३३:१२, १३; यसै ४५:९
  • +अय्यु १३:३; २३:३-५; ३१:३५

अय्युब ४०:४

मार्जिनल रेफरेन्स

  • +अय्यु ४२:५, ६
  • +भज ३९:९; हित ३०:३२

अय्युब ४०:६

मार्जिनल रेफरेन्स

  • +अय्यु ३८:१

अय्युब ४०:७

मार्जिनल रेफरेन्स

  • +अय्यु ३८:३; ४२:४

अय्युब ४०:८

मार्जिनल रेफरेन्स

  • +भज ५१:४; रोमी ३:४

अय्युब ४०:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:६; भज ८९:१३; यसै ४०:२६; १कोरि. १०:२२
  • +अय्यु ३७:४; भज २९:३

अय्युब ४०:१४

फुटनोट

  • *

    वा “तिमीलाई स्याबासी दिनेछु।”

अय्युब ४०:१५

फुटनोट

  • *

    हिब्रू भाषामा बेहेमोथ।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. २६

अय्युब ४०:२२

फुटनोट

  • *

    वा “वादीका।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

  • *

    लहरे पिपलजस्तै एक प्रकारको रूख।

अय्युब ४०:२३

मार्जिनल रेफरेन्स

  • +यहो ३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. २६

अरू

अय्यु. ४०:२अय्यु ३३:१२, १३; यसै ४५:९
अय्यु. ४०:२अय्यु १३:३; २३:३-५; ३१:३५
अय्यु. ४०:४अय्यु ४२:५, ६
अय्यु. ४०:४भज ३९:९; हित ३०:३२
अय्यु. ४०:६अय्यु ३८:१
अय्यु. ४०:७अय्यु ३८:३; ४२:४
अय्यु. ४०:८भज ५१:४; रोमी ३:४
अय्यु. ४०:९प्रस्थ १५:६; भज ८९:१३; यसै ४०:२६; १कोरि. १०:२२
अय्यु. ४०:९अय्यु ३७:४; भज २९:३
अय्यु. ४०:२३यहो ३:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब ४०:१-२४

अय्युब

४० यहोवाले अय्युबलाई फेरि यसो भन्‍नुभयो:

 २ “के मानिसले सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई दोष लगाएर उहाँसित बहस गर्न सक्छ?+

परमेश्‍वरलाई सुधार्न खोज्नेले जवाफ देओस्‌।”+

 ३ तब अय्युबले यहोवालाई यसो भने:

 ४ “हेर्नुहोस्‌, म त एक तुच्छ मानिस हुँ।+

म तपाईँलाई के जवाफ दिऊँ?

म आफ्नो हातले आफ्नो मुख छोप्छु।+

 ५ मैले एक पटक बोलेँ, दोस्रो पटक पनि बोलेँ

तर अब भने चुप लागेर बस्छु।”

६ त्यसपछि यहोवाले आँधीबेहरीको बीचबाट अय्युबलाई यसो भन्‍नुभयो:+

 ७ “हे मानिस, मर्दझैँ खडा होऊ!

अनि मेरो प्रश्‍नको जवाफ देऊ।+

 ८ म जुन तरिकाले इन्साफ गर्छु, के तिमी त्यसमा शङ्‌का गर्छौ?

आफू सही देखिन के तिमी मलाई आरोप लगाउँछौ?+

 ९ के तिम्रो पाखुरा साँचो परमेश्‍वरको जत्तिकै बलियो छ?+

वा के तिम्रो आवाज उहाँको जत्तिकै दमदार छ?+

१० छ भने तिम्रो शक्‍ति र तिम्रो महिमा देखाऊ।

तिम्रो गौरव र तिम्रो महानता प्रकट गर।

११ तिम्रो रिस आगोझैँ दन्काऊ।

अहङ्‌कारीहरूलाई नियाल र तिनीहरू सबैलाई निहुरिन लगाऊ।

१२ अहङ्‌कारीहरूलाई खोज र तिनीहरूलाई नम्र तुल्याऊ।

दुष्टहरूजति सबैलाई ठाउँको ठाउँ कुल्चीमिल्ची पार।

१३ तिनीहरू सबैलाई माटोमुनि पुरिदेऊ।

तिनीहरूलाई बाँधेर घोर अन्धकारमा फालिदेऊ।

१४ तब तिम्रो दाहिने हातले तिमीलाई बचाउन सक्दो रहेछ

भनेर म पनि मानिलिनेछु।*

१५ जलगैँडालाई* हेर। तिमीलाई जस्तै त्यसलाई बनाउने पनि मै हुँ।

त्यसले गोरुले झैँ घाँस खान्छ।

१६ त्यसका फिला कत्ति बलिया हुन्छन्‌!

त्यसको पेटको मांसपेशीमा कत्ति शक्‍ति हुन्छ!

१७ त्यसले आफ्नो पुच्छर देवदारको रूखझैँ कडा बनाउँछ।

त्यसको तिघ्राको मांसपेशी बलियोगरि गाँसिएका हुन्छन्‌।

१८ त्यसका हड्डीहरू तामाका ढुङ्‌ग्राजस्ता

र त्यसका खुट्टाहरू फलामका छडजस्ता हुन्छन्‌।

१९ परमेश्‍वरले बनाउनुभएका ठूलठूला पशुमध्ये यो पहिलो हो।

त्यसलाई बनाउनुहुनेले मात्रै त्यसलाई तरबारले आक्रमण गर्न सक्नुहुन्छ।

२० पहाडहरूले त्यसको लागि आहारा तयार पार्छन्‌,

जहाँ अरू वनपशु चर्छन्‌।

२१ त्यो काँडेझारमुनि ढल्कन्छ

र नर्कटहरूबीच आहालमा बस्छ।

२२ काँडेझारले त्यसलाई छहारी दिन्छ

र त्यसलाई बेँसीका* चिनारका* रूखले घेर्छ।

२३ खोलामा भेल आउँदा त्यो आत्तिँदैन।

यर्दन+ नदी त्यसमाथि उर्लेर आयो भने पनि त्यो पटक्कै डराउँदैन।

२४ त्यसले देख्नेगरि कसले त्यसलाई पक्रन

वा त्यसको नाकमा अङ्‌कुसे लगाउन सक्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने