प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • उब्जनीको पहिलो फल चढाउने (१-११)

      • दोस्रो दशांश (१२-१५)

      • इस्राएलीहरू यहोवाको विशेष सम्पत्ति (१६-१९)

व्यवस्था २६:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१९; लेवी २३:१०; गन १८:८, १२; २इ ६:६; ३१:५; हित ३:९

व्यवस्था २६:३

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१, ८; २६:३

व्यवस्था २६:५

फुटनोट

  • *

    शा., “बुबा।”

  • *

    वा सम्भवतः “उहाँको ज्यान खतरामा परेको थियो।”

मार्जिनल रेफरेन्स

  • +उत्प २८:५; होसे १२:१२
  • +उत्प ४६:३; प्रे ७:१५
  • +उत्प ४६:२७
  • +प्रस्थ १:७; व्य १०:२२; भज १०५:२४

व्यवस्था २६:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:११

व्यवस्था २६:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:९; ४:३१; प्रे ७:३४

व्यवस्था २६:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:६
  • +प्रस्थ ७:३; व्य ४:३३, ३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१५, पृ. ४-५

व्यवस्था २६:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८; व्य ८:७, ८; इज २०:६

व्यवस्था २६:१०

मार्जिनल रेफरेन्स

  • +व्य २६:२

व्यवस्था २६:११

मार्जिनल रेफरेन्स

  • +व्य १२:७; १६:१४

व्यवस्था २६:१२

फुटनोट

  • *

    वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।

  • *

    वा “बुबा गुमाएका बच्चाहरू।”

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ६; १४:२२
  • +व्य १४:२८, २९; हित १४:२१; १ युह ३:१७

व्यवस्था २६:१३

मार्जिनल रेफरेन्स

  • +या १:२७

व्यवस्था २६:१५

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; २६:३
  • +व्य ८:७, ८
  • +प्रस्थ २३:२५

व्यवस्था २६:१६

मार्जिनल रेफरेन्स

  • +व्य ६:६; ११:१; भज ११९:३४; १ युह ५:३

व्यवस्था २६:१७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४६; उप १२:१३
  • +लेवी १९:३७

व्यवस्था २६:१८

फुटनोट

  • *

    वा “अनमोल।”

मार्जिनल रेफरेन्स

  • +व्य १४:२; २९:१०-१३

व्यवस्था २६:१९

मार्जिनल रेफरेन्स

  • +व्य ४:८
  • +व्य ७:६; २८:१, ९

अरू

व्यव. २६:२प्रस्थ २३:१९; लेवी २३:१०; गन १८:८, १२; २इ ६:६; ३१:५; हित ३:९
व्यव. २६:३उत्प १७:१, ८; २६:३
व्यव. २६:५उत्प २८:५; होसे १२:१२
व्यव. २६:५उत्प ४६:३; प्रे ७:१५
व्यव. २६:५उत्प ४६:२७
व्यव. २६:५प्रस्थ १:७; व्य १०:२२; भज १०५:२४
व्यव. २६:६प्रस्थ १:११
व्यव. २६:७प्रस्थ ३:९; ४:३१; प्रे ७:३४
व्यव. २६:८प्रस्थ ६:६
व्यव. २६:८प्रस्थ ७:३; व्य ४:३३, ३४
व्यव. २६:९प्रस्थ ३:८; व्य ८:७, ८; इज २०:६
व्यव. २६:१०व्य २६:२
व्यव. २६:११व्य १२:७; १६:१४
व्यव. २६:१२व्य १२:५, ६; १४:२२
व्यव. २६:१२व्य १४:२८, २९; हित १४:२१; १ युह ३:१७
व्यव. २६:१३या १:२७
व्यव. २६:१५उत्प १५:१८; २६:३
व्यव. २६:१५व्य ८:७, ८
व्यव. २६:१५प्रस्थ २३:२५
व्यव. २६:१६व्य ६:६; ११:१; भज ११९:३४; १ युह ५:३
व्यव. २६:१७लेवी २६:४६; उप १२:१३
व्यव. २६:१७लेवी १९:३७
व्यव. २६:१८व्य १४:२; २९:१०-१३
व्यव. २६:१९व्य ४:८
व्यव. २६:१९व्य ७:६; २८:१, ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था २६:१-१९

व्यवस्था

२६ “जब तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा पुगेर त्यसलाई अधिकार गर्छौ र त्यहाँ बसोबास गर्न थाल्छौ, २ तब यहोवा तिमीहरूका परमेश्‍वरले दिनुहुने भूमिमा फल्ने हरेक किसिमको उब्जनीको पहिलो फलबाट केही लिएर एउटा डालोमा हाल्नू र त्यसलाई यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा लिएर जानू।+ ३ अनि त्यसबेला सेवा गरिरहेका पुजारीकहाँ गएर यसो भन्‍नू, ‘यहोवा परमेश्‍वरले हाम्रा पुर्खाहरूसित शपथ खाएर हामीलाई दिन्छु भन्‍नुभएको देशमा आइपुगेँ भनेर म यहोवा तपाईँका परमेश्‍वरसामु भन्छु।’+

४ “अनि पुजारीले तिमीहरूको हातमा भएको त्यो डालो लिनेछन्‌ र यहोवा तिमीहरूका परमेश्‍वरको वेदीसामु राख्नेछन्‌। ५ तब तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरसामु यसो भन्‍नू, ‘मेरो पुर्खा* अरामी हुनुहुन्थ्यो। उहाँ यताउता डुलिहिँड्‌ने फिरन्ते हुनुहुन्थ्यो।*+ पछि उहाँ मिश्र जानुभयो+ अनि त्यहाँ परदेशी भएर बस्नुभयो। त्यसबेला उहाँको परिवार निकै सानो थियो।+ तर त्यहाँ बस्दै जाँदा उहाँको सन्तानको वृद्धि भयो अनि त्यो ठूलो र शक्‍तिशाली जातिमा परिणत भयो।+ ६ त्यसपछि मिश्रीहरूले हामीलाई एकदमै नराम्रो व्यवहार गरे, निकै थिचोमिचो गरे अनि कठोर हुँदै काममा दलाउनसम्म दलाए।+ ७ त्यसैले हामीले हाम्रा पुर्खाहरूका परमेश्‍वर यहोवालाई पुकार्न थाल्यौँ अनि यहोवाले हाम्रो पुकारा सुन्‍नुभयो अनि हाम्रो दुःखकष्ट, पीडा र हामीमाथि भएको अत्याचार देख्नुभयो।+ ८ तब यहोवा परमेश्‍वरले आफ्नो शक्‍तिशाली र पराक्रमी हात प्रयोग गरेर,+ भयानक कामहरू गरेर, विभिन्‍न चिन्ह देखाएर र चमत्कारहरू गरेर हामीलाई मिश्रबाट छुटाउनुभयो।+ ९ त्यसपछि उहाँले हामीलाई यहाँ ल्याउनुभयो अनि दूध र मह बग्ने यो देश दिनुभयो।+ १० त्यसैले यहोवा परमेश्‍वरले दिनुभएको भूमिको उब्जनीको पहिलो फलबाट मैले केही ल्याएको छु।’+

“त्यसपछि तिमीहरूले त्यो डालो यहोवा तिमीहरूका परमेश्‍वरसामु राख्नू र यहोवा तिमीहरूका परमेश्‍वरसामु घोप्टो पर्नू। ११ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमी र तिम्रो घरानालाई जति पनि असल थोक दिनुभएको छ, ती सबैको लागि तिमीहरूले लेवीहरू र तिमीहरूसित बस्ने विदेशीहरूसँगै खुसीयाली मनाउनू।+

१२ “प्रत्येक तेस्रो वर्षको अन्तमा त्यस वर्षको उब्जनीको सबै दशांश* जम्मा गरिसकेपछि+ तिमीहरूले आफ्नो सहरमा बस्ने लेवीहरू, विदेशीहरू, अनाथहरू* र विधवाहरूलाई लगेर ती दिनू र तिनीहरू ती खाएर सन्तुष्ट होऊन्‌।+ १३ त्यसपछि तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरसामु यसो भन्‍नू, ‘तपाईँले आज्ञा गर्नुभएझैँ मैले आफ्नो घरबाट उब्जनीको पवित्र भाग लगेर लेवीहरू, विदेशीहरू, अनाथहरू र विधवाहरूलाई दिएँ।+ मैले तपाईँको आज्ञा उल्लङ्‌घन गरेको छैनँ। अनि ती पालन गर्न हेलचेक्य्राइँ पनि गरेको छैनँ। १४ शोक परेको बेला मैले पवित्र भागबाट केही लिएर खाएको छैनँ, अशुद्ध भएको बेला त्यसलाई छोएको छैनँ अनि मरेकाहरूलाई पनि त्यसबाट केही चढाएको छैनँ। यहोवा मेरा परमेश्‍वरले भन्‍नुभएको एक-एक कुरा मैले पालन गरेको छु। १५ त्यसैले हे परमेश्‍वर, आफ्नो पवित्र निवासस्थान स्वर्गबाट तल हेर्नुहोस्‌ र हाम्रा पुर्खाहरूसित शपथ खानुभएझैँ+ तपाईँले दिनुभएको दूध र मह बग्ने यस देशलाई+ र हामी तपाईँका जन इस्राएलीहरूलाई आशिष्‌ दिनुहोस्‌।’+

१६ “आज यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यी सबै नीतिनियम र फैसलाअनुसार चल भनेर आज्ञा दिनुभएको छ। तिमीहरूले आफ्नो सारा हृदयले+ अनि आफ्नो सारा ज्यानले यी आज्ञाहरू पालन गरिरहनू। १७ यदि तिमीहरू यहोवा परमेश्‍वरको मार्गमा हिँड्‌यौ, उहाँका नीतिनियम र आज्ञाहरू पालन गऱ्‍यौ,+ उहाँका फैसलाअनुसार चल्यौ+ अनि उहाँको कुरा सुन्यौ भने उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुनेछ भनेर आज उहाँले घोषणा गर्नुभएको छ, जुन तिमीहरूले सुनेका छौ। १८ तिमीहरू उहाँका जन हुनेछौ, उहाँको विशेष* सम्पत्ति हुनेछौ भनेर यहोवा परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएको थियो।+ त्यही प्रतिज्ञाबमोजिमै आज तिमीहरूले ‘हामी उहाँका जन बन्‍नेछौँ अनि उहाँका सबै आज्ञा पालन गर्नेछौँ’ भनेर गरेको घोषणा उहाँले स्विकार्नुभएको छ। १९ यदि तिमीहरू यहोवा परमेश्‍वरको नजरमा पवित्र जाति बनिरह्‍यौ भने+ उहाँले आफ्नो प्रतिज्ञाअनुसारै तिमीहरूलाई आफूले बनाएका अरू सबै जातिभन्दा उच्च पार्नुहुनेछ अनि उनीहरूलाई भन्दा धेरै प्रशंसा, महिमा र सम्मान दिनुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने