प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • याकुब इसहाकबाट आशिष्‌ पाउँछन्‌ (१-२९)

      • एसाव आशिष्‌ माग्छन्‌ तर पश्‍चात्ताप गर्दैनन्‌ (३०-४०)

      • याकुबसित एसावको दुस्मनी (४१-४६)

उत्पत्ति २७:१

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२८

उत्पत्ति २७:३

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२७

उत्पत्ति २७:५

मार्जिनल रेफरेन्स

  • +उत्प २७:३०

उत्पत्ति २७:६

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२८

उत्पत्ति २७:७

मार्जिनल रेफरेन्स

  • +उत्प २७:३०, ३१

उत्पत्ति २७:८

मार्जिनल रेफरेन्स

  • +उत्प २७:१३, ४३

उत्पत्ति २७:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२००४, पृ. ११

उत्पत्ति २७:११

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२५; २७:२३

उत्पत्ति २७:१२

मार्जिनल रेफरेन्स

  • +उत्प २७:२१

उत्पत्ति २७:१३

मार्जिनल रेफरेन्स

  • +उत्प २७:८, ४३

उत्पत्ति २७:१५

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२३, २६

उत्पत्ति २७:१६

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२५; २७:११

उत्पत्ति २७:१७

मार्जिनल रेफरेन्स

  • +उत्प २७:९

उत्पत्ति २७:१९

मार्जिनल रेफरेन्स

  • +उत्प २५:३१-३३; रोमी ९:१०-१२
  • +उत्प २७:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००८, पृ. १

उत्पत्ति २७:२१

मार्जिनल रेफरेन्स

  • +उत्प २७:११, १२

उत्पत्ति २७:२२

मार्जिनल रेफरेन्स

  • +उत्प २७:१६

उत्पत्ति २७:२३

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:२०

उत्पत्ति २७:२६

मार्जिनल रेफरेन्स

  • +उत्प ४८:१०

उत्पत्ति २७:२७

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२७; २७:१५

उत्पत्ति २७:२८

मार्जिनल रेफरेन्स

  • +व्य ११:११
  • +गन १३:२६, २७
  • +उत्प २७:३७; व्य ७:१३

उत्पत्ति २७:२९

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२३
  • +उत्प १२:१, ३; २८:१, ३; ३१:४२; इज २५:१२, १३

उत्पत्ति २७:३०

मार्जिनल रेफरेन्स

  • +उत्प २७:३

उत्पत्ति २७:३२

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२५, ३१; हिब्रू १२:१६

उत्पत्ति २७:३४

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:१६, १७

उत्पत्ति २७:३६

फुटनोट

  • *

    यसको अर्थ हो, “कुर्कुच्चो समात्ने; अरूको ठाउँ लिने।”

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२६; ३२:२८; होसे १२:३
  • +उत्प २५:३२-३४
  • +उत्प २७:२८

उत्पत्ति २७:३७

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२३; २७:२९; रोमी ९:१०, १२
  • +व्य ३३:२८

उत्पत्ति २७:३८

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:१६, १७

उत्पत्ति २७:३९

मार्जिनल रेफरेन्स

  • +यहो २४:४; हिब्रू ११:२०

उत्पत्ति २७:४०

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:६; गन २०:१८
  • +उत्प २५:२३; २स ८:१४; मला १:२, ३
  • +२रा ८:२०; २इ २८:१७

उत्पत्ति २७:४१

मार्जिनल रेफरेन्स

  • +आमो १:११
  • +उत्प ३५:२८, २९

उत्पत्ति २७:४२

फुटनोट

  • *

    वा “तिमीलाई मार्ने विचार गरेर आफूलाई सान्त्वना दिइरहेको छ।”

उत्पत्ति २७:४३

मार्जिनल रेफरेन्स

  • +उत्प २८:५

उत्पत्ति २७:४६

मार्जिनल रेफरेन्स

  • +उत्प २६:३४, ३५; २८:८
  • +उत्प २४:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००६, पृ. ८-९

    ७/१५/१९९५, पृ. १३

अरू

उत्प. २७:१उत्प २५:२८
उत्प. २७:३उत्प २५:२७
उत्प. २७:५उत्प २७:३०
उत्प. २७:६उत्प २५:२८
उत्प. २७:७उत्प २७:३०, ३१
उत्प. २७:८उत्प २७:१३, ४३
उत्प. २७:११उत्प २५:२५; २७:२३
उत्प. २७:१२उत्प २७:२१
उत्प. २७:१३उत्प २७:८, ४३
उत्प. २७:१५उत्प २५:२३, २६
उत्प. २७:१६उत्प २५:२५; २७:११
उत्प. २७:१७उत्प २७:९
उत्प. २७:१९उत्प २५:३१-३३; रोमी ९:१०-१२
उत्प. २७:१९उत्प २७:४
उत्प. २७:२१उत्प २७:११, १२
उत्प. २७:२२उत्प २७:१६
उत्प. २७:२३हिब्रू ११:२०
उत्प. २७:२६उत्प ४८:१०
उत्प. २७:२७उत्प २५:२७; २७:१५
उत्प. २७:२८व्य ११:११
उत्प. २७:२८गन १३:२६, २७
उत्प. २७:२८उत्प २७:३७; व्य ७:१३
उत्प. २७:२९उत्प २५:२३
उत्प. २७:२९उत्प १२:१, ३; २८:१, ३; ३१:४२; इज २५:१२, १३
उत्प. २७:३०उत्प २७:३
उत्प. २७:३२उत्प २५:२५, ३१; हिब्रू १२:१६
उत्प. २७:३४हिब्रू १२:१६, १७
उत्प. २७:३६उत्प २५:२६; ३२:२८; होसे १२:३
उत्प. २७:३६उत्प २५:३२-३४
उत्प. २७:३६उत्प २७:२८
उत्प. २७:३७उत्प २५:२३; २७:२९; रोमी ९:१०, १२
उत्प. २७:३७व्य ३३:२८
उत्प. २७:३८हिब्रू १२:१६, १७
उत्प. २७:३९यहो २४:४; हिब्रू ११:२०
उत्प. २७:४०उत्प ३२:६; गन २०:१८
उत्प. २७:४०उत्प २५:२३; २स ८:१४; मला १:२, ३
उत्प. २७:४०२रा ८:२०; २इ २८:१७
उत्प. २७:४१आमो १:११
उत्प. २७:४१उत्प ३५:२८, २९
उत्प. २७:४३उत्प २८:५
उत्प. २७:४६उत्प २६:३४, ३५; २८:८
उत्प. २७:४६उत्प २४:२, ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति २७:१-४६

उत्पत्ति

२७ इसहाक धेरै बूढा भइसकेका थिए र तिनले आँखा देख्न पनि छोडिसकेका थिए। एकदिन तिनले आफ्नो जेठो छोरा एसावलाई बोलाएर भने:+ “बाबु!” उनले जवाफ दिए: “हजुर!” २ त्यसपछि इसहाकले भने: “हेर, म बूढो भइसकेँ। अब म धेरै दिन बाँच्दिनँ होला। ३ त्यसैले अब तिम्रो हतियार र धनु बोक अनि जङ्‌गलमा सिकार गरेर मेरो लागि केही ल्याऊ।+ ४ अनि मलाई मन पर्ने मीठो परिकार बनाएर मकहाँ ल्याऊ। म त्यो खान्छु र मर्नुअघि तिमीलाई आशिष्‌ दिन्छु।”

५ रिबेकाले इसहाक र एसावको कुरा सुनिरहेकी थिइन्‌। एसाव आफ्नो बुबाको लागि सिकार खोज्न जङ्‌गलतिर लागे।+ ६ त्यसपछि रिबेकाले याकुबलाई भनिन्‌:+ “मैले तिम्रो बुबाले तिम्रो दाइलाई यसो भन्दै गर्नुभएको सुनेँ, ७ ‘मेरो लागि सिकार गरेर अनि मीठो परिकार बनाएर ल्याऊ। म त्यो खान्छु र मर्नुअघि यहोवा परमेश्‍वरलाई साक्षी राखेर तिमीलाई आशिष्‌ दिन्छु।’+ ८ त्यसैले छोरा, मेरो कुरा ध्यान दिएर सुन। म जे भन्छु, त्यही गर।+ ९ अब बगालमा गएर दुई वटा सबैभन्दा असल पाठा छानेर यहाँ ल्याऊ। म तिम्रो बुबालाई मन पर्ने मीठो परिकार बनाइदिन्छु। १० त्यो लगेर बुबालाई खुवाऊ र उहाँको आशिष्‌ थाप।”

११ याकुबले आफ्नी आमा रिबेकालाई भने: “एसाव दाइको जीउभरि रौँ नै रौँ छ+ तर मेरो जीउ त्यस्तो छैन। १२ त्यसैले बुबाले मलाई छाम्नुभयो भने के गर्ने?+ मैले उहाँलाई झुक्क्याएको थाह पाउनुभयो भने उहाँले मलाई आशिष्‌को साटो सराप दिनुहुनेछ।” १३ तर रिबेकाले भनिन्‌: “बाबु, तिम्रो सराप मैमाथि परोस्‌। बरु जाऊ, मैले भनेजस्तो गर।”+ १४ त्यसैले याकुब गए र दुई वटा पाठा ल्याएर आमालाई दिए अनि रिबेकाले इसहाकलाई मन पर्ने परिकार बनाइन्‌। १५ त्यसपछि रिबेकाले आफ्नो जेठो छोरा एसावको सबैभन्दा राम्रो लुगा झिकेर ल्याइन्‌ र कान्छो छोरा याकुबलाई लगाइदिइन्‌।+ १६ तिनले याकुबको हातमा र गर्दनमा पाठाको छाला लगाइदिइन्‌।+ १७ अनि आफूले पकाएको मासुको मीठो परिकार र रोटी याकुबलाई दिइन्‌।+

१८ त्यसपछि याकुब आफ्नो बुबाकहाँ गए अनि “बुबा!” भनेर बोलाए। तब इसहाकले भने: “भन बाबु, म यहाँ छु। तर तिमी को हौ?” १९ याकुबले बुबालाई भने: “म तपाईँको पहिलो सन्तान एसाव हुँ।+ मैले तपाईँले भनेजस्तै गरेँ। उठ्‌नुहोस्‌ बुबा! मैले सिकार गरेर ल्याएको मासु खानुहोस्‌ र मलाई आशिष्‌ दिनुहोस्‌।”+ २० इसहाकले आफ्नो छोरालाई सोधे: “छोरा, तिमीले कसरी यति छिट्टै सिकार भेट्टायौ त?” याकुबले जवाफ दिए: “यहोवा तपाईँका परमेश्‍वरले नै जुटाइदिनुभएकोले।” २१ त्यसपछि इसहाकले भने: “खै बाबु, यता आऊ त। तिमी साँच्चै मेरो छोरा एसाव हौ कि होइनौ, छामेर हेरूँ।”+ २२ याकुब आफ्नो बुबा इसहाकको नजिकै गए। अनि याकुबलाई छामेपछि तिनले भने: “स्वर त याकुबको हो तर हातहरूचाहिँ एसावकै हुन्‌।”+ २३ इसहाकले याकुबलाई चिन्‍न सकेनन्‌ किनभने तिनको हातभरि एसावको जस्तै रौँ नै रौँ थियो। त्यसैले इसहाकले तिनलाई आशिष्‌ दिए।+

२४ इसहाकले फेरि सोधे: “तिमी साँच्चै मेरो छोरा एसाव नै हौ त?” तिनले जवाफ दिए: “हजुर।” २५ त्यसपछि इसहाकले भने: “छोरा, तिमीले सिकार गरेर ल्याएको मासुको परिकार यहाँ ल्याऊ त। त्यो खाएर म तिमीलाई आशिष्‌ दिन्छु।” अनि याकुबले आफूले ल्याएको परिकार इसहाकलाई दिए र तिनले खाए। याकुबले तिनलाई मद्य पनि ल्याइदिए र तिनले पिए। २६ इसहाकले फेरि भने: “बाबु! यता मेरो नजिकै आऊ र मलाई म्वाइँ खाऊ त।”+ २७ तब नजिकै गएर याकुबले आफ्नो बुबालाई म्वाइँ खाए। तिनको लुगाको गन्ध पाएपछि+ इसहाकले यस्तो आशिष्‌ दिए:

“मेरो छोराको लुगाको गन्ध यहोवा परमेश्‍वरले आशिष्‌ दिनुभएको खेतको गन्धजस्तै छ। २८ साँचो परमेश्‍वरले तिमीलाई आकाशबाट शीत देऊन्‌।+ तिमीलाई उर्वर भूमि+ अनि प्रशस्तै अन्‍न र अङ्‌गुरको नयाँ मद्य पनि देऊन्‌।+ २९ मानिसहरूले तिम्रो सेवा गरून्‌ र जातिजातिका मानिसहरू तिमीसामु झुकून्‌। तिम्रा सबै दाजुभाइ तिम्रो अधीनमा होऊन्‌, तिम्रा साक्खै दाजुभाइले समेत तिमीलाई दण्डवत्‌ गरून्‌।+ जसले तिमीलाई सराप्छ, उसलाई सराप लागोस्‌ र जसले तिमीलाई आशिष्‌ दिन्छ, उसले आशिष्‌ पाओस्‌।”+

३० इसहाकले याकुबलाई आशिष्‌ दिएपछि याकुब त्यहाँबाट निस्केका मात्र के थिए, तिनका दाइ एसाव सिकार गरेर आइपुगे।+ ३१ एसावले पनि मीठो परिकार बनाए र बुबाकहाँ लगे। त्यसपछि एसावले भने: “बुबा, उठ्‌नुहोस्‌। मैले सिकार गरेर ल्याएको मासु खानुहोस्‌ र मलाई आशिष्‌ दिनुहोस्‌।” ३२ तब इसहाकले भने: “तिमी को हौ?” एसावले भने: “म तपाईँको पहिलो सन्तान एसाव हुँ।”+ ३३ तिनको कुरा सुनेर इसहाक थरथर काँपे र सोधे: “त्यसोभए अघि मलाई सिकार ल्याएर खुवाउने को हो त? तिमी आउनुअघि नै मैले खाएँ र उसैलाई आशिष्‌ पनि दिएँ! अब मेरो आशिष्‌ उसैलाई लाग्नेछ!”

३४ आफ्नो बुबाको कुरा सुनेर एसाव डाँको छोडेर रुन थाले र बुबालाई यसो भन्दै जिद्दी गरे: “मलाई पनि आशिष्‌ दिनुहोस्‌ बुबा, मलाई पनि दिनुहोस्‌!”+ ३५ तर तिनले भने: “तिम्रो भाइले मलाई झुक्क्यायो र तिमीले पाउनुपर्ने आशिष्‌ उसैले लग्यो।” ३६ तब एसावले भने: “त्यसको नाम याकुब* त्यसै भएको हो र? त्यसले दुई-दुई पटक मलाई छल गरिसक्यो।+ त्यसले पहिला मेरो ज्येष्ठ-अधिकार खोसिसक्यो।+ अहिले फेरि मैले पाउनुपर्ने आशिष्‌ पनि खोस्यो।”+ एसावले अझै भने: “बुबा, तपाईँसित अब मेरो लागि एउटै आशिष्‌ बाँकी छैन?” ३७ तब इसहाकले एसावलाई जवाफ दिए: “हेर, मैले उसलाई तिम्रो मालिक बनाइदिएको छु+ र उसका सबै नातागोता उसकै चाकर हुनेछन्‌। मैले अन्‍न र नयाँ मद्यले उसलाई भरिपूर्ण पारिदिएको छु।+ बाबु, अब तिमीलाई दिन मसँग अरू के नै बाँकी छ र?”

३८ एसावले बुबालाई भने: “बुबा, तपाईँसँग एउटा मात्र भए पनि आशिष्‌ त बाँकी होला नि! मलाई पनि आशिष्‌ दिनुहोस्‌ बुबा, मलाई पनि दिनुहोस्‌!” त्यसपछि एसाव डाँको छोडेर रोए।+ ३९ अनि इसहाकले यसो भने:

“तिमी उर्वर भूमिमा बस्न पाउनेछैनौ। तिम्रो लागि आकाशबाट शीत पनि बर्सनेछैन।+ ४० तरबारको भरमा तिमी बाँच्नेछौ+ र तिमीले आफ्नै भाइको सेवा गर्नेछौ।+ तर जब तिमी बोझले छटपटाउनेछौ, तब तिमीले आफ्नो गर्दनबाट उसको जुवा भाँचेर मिल्काउनेछौ।”+

४१ आफ्नो बुबाले याकुबलाई आशिष्‌ दिएको हुनाले एसावले याकुबसित दुस्मनी राखे र मनमा बदलाको भावना पाल्दै+ यसो भन्‍न थाले: “बुबाको दिन अब कति बाँकी छ र?+ त्यसपछि म याकुबलाई मार्छु।” ४२ आफ्नो जेठो छोरा एसावको कुरा रिबेकाको कानमा परेपछि उनले तुरुन्तै आफ्नो कान्छो छोरा याकुबलाई बोलाउन लगाइन्‌ र यसो भनिन्‌: “हेर, तिम्रो दाइले तिमीलाई मारेर बदला लिन खोज्दै छ।* ४३ त्यसैले छोरा, मैले भनेको मान। यहाँबाट भाग र हारानमा तिम्रो मामा लाबानको घरमा जाऊ।+ ४४ केही दिन त्यहीँ बस अनि जब तिम्रो दाइको रिस सेलाउँछ, ४५ तब तिमीले गरेको कुरा उसले बिर्सिनेछ अनि म तिमीलाई लिन पठाउँला। नत्र तिमीहरू दुवैको वियोग मैले एकै दिनमा कसरी सहनु?”

४६ त्यसपछि रिबेकाले इसहाकलाई दिनहुँ यसो भन्‍न थालिन्‌: “एसावका हित्ती स्वास्नीहरूले गर्दा मलाई आफ्नो जीवनदेखि वाक्कै लागिसक्यो।+ याकुबले पनि यहीँको हित्ती केटी ल्यायो भने म त मरे पनि भयो!”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने