भजनसङ्ग्रह
आसापले रचेको भजन।+
७९ हे परमेश्वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्;+
तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्;+
यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्।+
२ तपाईँका सेवकहरूको लास तिनीहरूले आकाशका चराचुरुङ्गीलाई आहाराको निम्ति दिएका छन्।
अनि तपाईँका वफादार जनहरूको लास तिनीहरूले जमिनका जङ्गली जनावरहरूलाई खुवाएका छन्।+
३ तिनीहरूले उनीहरूको रगत यरुसलेमभरि पानीसरह बगाएका छन्,
उनीहरूको लास गाड्न कोही बाँकी छैन।+
४ हामी आफ्ना छिमेकीहरूको नजरमा घृणाको पात्र भएका छौँ;+
वरपर रहेकाहरू हाम्रो ठट्टा गर्छन् र हामीलाई हाँसोमा उडाउँछन्।
६ तपाईँलाई नचिन्ने राष्ट्रहरूमाथि
अनि तपाईँको नाम नपुकार्ने राज्यहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्।+
७ किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्
अनि उसको भूमि उजाड पारिदिएका छन्।+
८ हाम्रा पुर्खाले गरेको अपराधको निम्ति हामीलाई दोषी नठहराउनुहोस्।+
हामीमाथि कृपा देखाउन ढिलो नगर्नुहोस्+
किनकि हामी साह्रै होच्याइएका छौँ।
९ हे हाम्रा उद्धारक परमेश्वर,+
तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्;
तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्।*+
१० राष्ट्रहरूले यसो भन्ने मौका नपाऊन्: “खोइ तिनीहरूका परमेश्वर?”+
तपाईँले आफ्ना सेवकहरूको रगतको बदला लिनुभएको छ भनी
हाम्रो आँखाकै अगाडि राष्ट्रहरूलाई देखाइदिनुहोस्।+