प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • इस्राएलले रहबामको विद्रोह गर्छ (१-१९)

२ इतिहास १०:१

मार्जिनल रेफरेन्स

  • +यहो २०:७; २४:१; न्याय ९:१
  • +१रा १२:१-४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१८, पृ. १३

२ इतिहास १०:२

मार्जिनल रेफरेन्स

  • +१रा ११:२८
  • +१रा ११:४०

२ इतिहास १०:४

मार्जिनल रेफरेन्स

  • +१स ८:११-१८; १रा ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१८, पृ. १३

२ इतिहास १०:५

मार्जिनल रेफरेन्स

  • +१रा १२:५-७

२ इतिहास १०:८

मार्जिनल रेफरेन्स

  • +१रा १२:८-११

२ इतिहास १०:१२

मार्जिनल रेफरेन्स

  • +१रा १२:१२-१५

२ इतिहास १०:१५

मार्जिनल रेफरेन्स

  • +व्य २:३०; २स १७:१४
  • +१रा ११:२९-३१

२ इतिहास १०:१६

फुटनोट

  • *

    शा., “पालमा।”

मार्जिनल रेफरेन्स

  • +१रा ११:३२
  • +१रा १२:१६, १७

२ इतिहास १०:१७

मार्जिनल रेफरेन्स

  • +१रा ११:३५, ३६

२ इतिहास १०:१८

मार्जिनल रेफरेन्स

  • +२स २०:२४; १रा ४:६
  • +१रा १२:१८, १९

अरू

२ इति. १०:१यहो २०:७; २४:१; न्याय ९:१
२ इति. १०:११रा १२:१-४
२ इति. १०:२१रा ११:२८
२ इति. १०:२१रा ११:४०
२ इति. १०:४१स ८:११-१८; १रा ४:७
२ इति. १०:५१रा १२:५-७
२ इति. १०:८१रा १२:८-११
२ इति. १०:१२१रा १२:१२-१५
२ इति. १०:१५व्य २:३०; २स १७:१४
२ इति. १०:१५१रा ११:२९-३१
२ इति. १०:१६१रा ११:३२
२ इति. १०:१६१रा १२:१६, १७
२ इति. १०:१७१रा ११:३५, ३६
२ इति. १०:१८२स २०:२४; १रा ४:६
२ इति. १०:१८१रा १२:१८, १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास १०:१-१९

दोस्रो इतिहास

१० रहबाम सकेम+ गए किनकि सबै इस्राएली तिनलाई राजा बनाउन त्यहाँ भेला भएका थिए।+ २ यो कुरा सुन्‍नेबित्तिकै नबातका छोरा यरोबाम+ मिश्रबाट फर्केर आए। (यतिबेला उनी मिश्रमै थिए। उनी राजा सुलेमानदेखि भागेर मिश्र गएका थिए।)+ ३ मानिसहरूले तुरुन्तै उनलाई मिश्रबाट झिकाए। उनी सबै इस्राएलीसित रहबामकहाँ आए। तिनीहरूले रहबामलाई यसो भने: ४ “तपाईँका बुबाले हामीलाई साह्रै गह्रौँ जुवा बोकाउनुभएको छ।+ तर तपाईँले हाम्रो मजदुरी कम गरिदिनुभयो र तपाईँका बुबाले बोकाउनुभएको यो गह्रौँ जुवा हलुको पारिदिनुभयो भने हामी तपाईँको सेवा गर्नेछौँ।”

५ तब तिनले तिनीहरूलाई भने: “तिमीहरू तीन दिनपछि मकहाँ आउनू!” त्यसैले ती मानिसहरू त्यहाँबाट गए।+ ६ त्यसपछि राजा रहबामले तिनको बुबा सुलेमानको सेवा गरेका बूढापाकाहरूसित सरसल्लाह गरे। तिनले उनीहरूलाई सोधे: “तपाईँहरू यस विषयमा के भन्‍नुहुन्छ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?” ७ उनीहरूले रहबामलाई जवाफ दिए: “यदि तपाईँले यी मानिसहरूसित राम्रो व्यवहार गर्नुभयो, तिनीहरूलाई खुसी पार्नुभयो र तिनीहरूसित मायालु तरिकामा कुरा गर्नुभयो भने तिनीहरू सधैँभरि तपाईँको सेवक बन्‍नेछन्‌।”

८ तर रहबामले ती बूढापाकाहरूको सल्लाह स्विकारेनन्‌ बरु आफूसितै हुर्केबढेका जवान मानिसहरूसित सल्लाह लिन गए, जो अहिले तिनका सेवक थिए।+ ९ रहबामले तिनीहरूलाई सोधे: “मानिसहरूले मलाई यसो भनेका छन्‌: ‘तपाईँका बुबाले हामीलाई बोकाउनुभएको जुवा हलुको पारिदिनुहोस्‌।’ तिमीहरू के भन्छौ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?” १० तिनीसितै हुर्केबढेका ती जवान मानिसहरूले तिनलाई भने: “‘तपाईँका बुबाले हामीलाई साह्रै गह्रौँ जुवा बोकाउनुभएको छ; यसलाई हलुको पारिदिनुहोस्‌’ भन्‍ने ती मानिसहरूलाई यस्तो जवाफ दिनुहोस्‌: ‘मेरो कान्छीऔँला मेरा बुबाको कम्मरभन्दा मोटो हुनेछ। ११ मेरा बुबाले तिमीहरूलाई गह्रौँ जुवा बोकाउनुभएको थियो तर म त्यसलाई झनै गह्रौँ बनाइदिनेछु। मेरा बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।’”

१२ तेस्रो दिन यरोबाम र अरू सबै मानिस राजा रहबामकहाँ आए किनकि राजाले तिनीहरूलाई यसो भनेका थिए: “तीन दिनपछि मकहाँ आउनू!”+ १३ तर राजाले बूढापाकाहरूको सल्लाह सुनेनन्‌। त्यसैले तिनले मानिसहरूलाई कठोर जवाफ दिए। १४ तिनले जवान मानिसहरूको सल्लाह स्विकारे र मानिसहरूलाई यसो भने: “म तिमीहरूको जुवा झनै गह्रौँ बनाइदिनेछु। मेरो बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।” १५ राजाले मानिसहरूको कुरा सुन्दै सुनेनन्‌ किनकि यी सबै घटनाको पछाडि साँचो परमेश्‍वरको हात थियो।+ सिलोका अहियाहमार्फत+ नबातका छोरा यरोबामलाई यहोवा परमेश्‍वरले जे भन्‍नुभएको थियो, त्यो पूरा गर्न उहाँले त्यसो गर्नुभएको थियो।

१६ राजाले तिनीहरूको कुरा नसुनेकोले सारा इस्राएलीले राजालाई यसो भने: “दाउदसित हाम्रो के सरोकार? यिसैका छोराले आफ्नो पैतृक सम्पत्ति आफैसित राखून्‌। हे इस्राएली हो, तिमीहरू सबै आ-आफ्नो देवताकहाँ फर्केर जाओ। अब दाउदको घरानाको हेरविचार दाउदले नै गरून्‌।”+ तब सबै इस्राएली आ-आफ्नो घर* फर्के।+

१७ तर रहबामले यहुदाका सहरहरूमा बसोबास गर्ने इस्राएलीहरूमाथि भने शासन गरिरहे।+

१८ अनि राजा रहबामले मजदुरहरूको निरीक्षक हादोरामलाई+ इस्राएलीहरूकहाँ पठाए। तर सारा इस्राएलीले उसलाई ढुङ्‌गाले हानेर मारे। रहबामचाहिँ आफ्नो रथ लिएर जसोतसो यरुसलेमतिर भाग्न सफल भए।+ १९ इस्राएलीहरूले आजसम्मै दाउदको घरानाको विद्रोह गरिरहेका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने