प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • अम्मोनबारे भविष्यवाणी (१-६)

      • एदोमबारे भविष्यवाणी (७-२२)

        • एदोम राष्ट्रको रूपमा खडा भइरहनेछैन (१७, १८)

      • दमिसकबारे भविष्यवाणी (२३-२७)

      • केदार र हजोरबारे भविष्यवाणी (२८-३३)

      • एलामबारे भविष्यवाणी (३४-३९)

यर्मिया ४९:१

मार्जिनल रेफरेन्स

  • +उत्प १९:३६, ३८; व्य २:१९; २इ २०:१
  • +१रा ११:५; सप १:४, ५
  • +आमो १:१३

यर्मिया ४९:२

फुटनोट

  • *

    वा सम्भवतः “राब्बाहलाई सिपाहीहरूको आवाज सुन्‍न लगाउनेछु।”

मार्जिनल रेफरेन्स

  • +व्य ३:११; यहो १३:२४, २५; इज २५:५; आमो १:१४
  • +इज २१:१९, २०
  • +यसै १४:२; यर्मि ५०:१९; सप २:९

यर्मिया ४९:३

फुटनोट

  • *

    वा “भेडीगोठहरूमा।”

मार्जिनल रेफरेन्स

  • +आमो १:१३, १५

यर्मिया ४९:४

फुटनोट

  • *

    शा., “प्रशस्त पानी बग्ने।”

यर्मिया ४९:७

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:१०, ११; इज २५:१३; आमो १:१२; ओब ८

यर्मिया ४९:८

मार्जिनल रेफरेन्स

  • +यसै २१:१३; यर्मि २५:१७, २३

यर्मिया ४९:९

मार्जिनल रेफरेन्स

  • +ओब ५

यर्मिया ४९:१०

मार्जिनल रेफरेन्स

  • +ओब ६, ९
  • +मला १:३, ४

यर्मिया ४९:११

फुटनोट

  • *

    वा “बुबा गुमाएका बच्चाहरूलाई।”

यर्मिया ४९:१२

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:२७, २८; वि ४:२१; ओब १६

यर्मिया ४९:१३

मार्जिनल रेफरेन्स

  • +यसै ३४:६; ६३:१; यर्मि ४९:२२; आमो १:१२
  • +ओब १८; मला १:३

यर्मिया ४९:१४

मार्जिनल रेफरेन्स

  • +ओब १

यर्मिया ४९:१५

मार्जिनल रेफरेन्स

  • +ओब २-४

यर्मिया ४९:१७

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:१३

यर्मिया ४९:१८

मार्जिनल रेफरेन्स

  • +उत्प १९:२४, २५
  • +यसै ३४:६, १०

यर्मिया ४९:१९

फुटनोट

  • *

    यसले एदोमलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:७
  • +भज ७६:७; यर्मि ५०:४४-४६; नहु १:६

यर्मिया ४९:२०

मार्जिनल रेफरेन्स

  • +ओब ९
  • +मला १:४

यर्मिया ४९:२१

मार्जिनल रेफरेन्स

  • +१रा ९:२६

यर्मिया ४९:२२

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:१३
  • +यर्मि ४८:४०; ४९:१३

यर्मिया ४९:२३

मार्जिनल रेफरेन्स

  • +यसै १७:१; आमो १:३
  • +गन १३:२१; २रा १७:२४; जक ९:१, २

यर्मिया ४९:२७

मार्जिनल रेफरेन्स

  • +आमो १:४

यर्मिया ४९:२८

फुटनोट

  • *

    शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

  • *

    अर्थात्‌, कनानको उत्तर-पूर्वतिरका।

मार्जिनल रेफरेन्स

  • +उत्प २५:१३; यसै ४२:११; ६०:७; इज २७:२१

यर्मिया ४९:३२

मार्जिनल रेफरेन्स

  • +यर्मि ९:२५, २६; २५:१७, २३

यर्मिया ४९:३४

मार्जिनल रेफरेन्स

  • +२रा २४:१८
  • +उत्प १०:२२; यसै २१:२; यर्मि २५:१७, २५; इज ३२:२४; दा ८:२; प्रे २:८, ९

यर्मिया ४९:३५

मार्जिनल रेफरेन्स

  • +यसै २२:६

यर्मिया ४९:३८

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१७, २५

अरू

यर्मि. ४९:१उत्प १९:३६, ३८; व्य २:१९; २इ २०:१
यर्मि. ४९:११रा ११:५; सप १:४, ५
यर्मि. ४९:१आमो १:१३
यर्मि. ४९:२व्य ३:११; यहो १३:२४, २५; इज २५:५; आमो १:१४
यर्मि. ४९:२इज २१:१९, २०
यर्मि. ४९:२यसै १४:२; यर्मि ५०:१९; सप २:९
यर्मि. ४९:३आमो १:१३, १५
यर्मि. ४९:७उत्प ३६:१०, ११; इज २५:१३; आमो १:१२; ओब ८
यर्मि. ४९:८यसै २१:१३; यर्मि २५:१७, २३
यर्मि. ४९:९ओब ५
यर्मि. ४९:१०ओब ६, ९
यर्मि. ४९:१०मला १:३, ४
यर्मि. ४९:१२यर्मि २५:२७, २८; वि ४:२१; ओब १६
यर्मि. ४९:१३यसै ३४:६; ६३:१; यर्मि ४९:२२; आमो १:१२
यर्मि. ४९:१३ओब १८; मला १:३
यर्मि. ४९:१४ओब १
यर्मि. ४९:१५ओब २-४
यर्मि. ४९:१७यर्मि ४९:१३
यर्मि. ४९:१८उत्प १९:२४, २५
यर्मि. ४९:१८यसै ३४:६, १०
यर्मि. ४९:१९यर्मि ४:७
यर्मि. ४९:१९भज ७६:७; यर्मि ५०:४४-४६; नहु १:६
यर्मि. ४९:२०ओब ९
यर्मि. ४९:२०मला १:४
यर्मि. ४९:२११रा ९:२६
यर्मि. ४९:२२यर्मि ४:१३
यर्मि. ४९:२२यर्मि ४८:४०; ४९:१३
यर्मि. ४९:२३यसै १७:१; आमो १:३
यर्मि. ४९:२३गन १३:२१; २रा १७:२४; जक ९:१, २
यर्मि. ४९:२७आमो १:४
यर्मि. ४९:२८उत्प २५:१३; यसै ४२:११; ६०:७; इज २७:२१
यर्मि. ४९:३२यर्मि ९:२५, २६; २५:१७, २३
यर्मि. ४९:३४२रा २४:१८
यर्मि. ४९:३४उत्प १०:२२; यसै २१:२; यर्मि २५:१७, २५; इज ३२:२४; दा ८:२; प्रे २:८, ९
यर्मि. ४९:३५यसै २२:६
यर्मि. ४९:३८यर्मि २५:१७, २५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ४९:१-३९

यर्मिया

४९ अम्मोनीहरूबारे+ यहोवा यसो भन्‍नुहुन्छ:

“के इस्राएलको एउटै छोरा छैन?

के उसको कुनै उत्तराधिकारी छैन?

त्यसोभए मल्काम+ किन गादमा अधिकार जमाएर बसेको छ?+

अनि त्यसका भक्‍तहरू किन इस्राएलका सहरहरूमा बसोबास गरिरहेका छन्‌?”

 २ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘हेर, यस्ता दिनहरू आउँदै छन्‌,

जब म अम्मोनीहरूको राब्बाहविरुद्ध+ युद्धको बिगुल फुक्न लगाउनेछु।*+

अनि त्यो भग्नावशेषको थुप्रो हुनेछ।

त्यसको वरपरका सहरहरूमा आगो लगाइनेछ।’

यहोवा यसो भन्‍नुहुन्छ, ‘ज-जसले इस्राएललाई धपाएका थिए, तिनीहरूलाई इस्राएलले कब्जा गर्नेछ।’+

 ३ ‘ए हेस्बोन! विलाप गर्‌ किनकि ऐ विनाश भएको छ।

ए राब्बाहवरपरका सहरहरू हो! ठूलो स्वरमा रोओ।

भाङ्‌ग्रा लगाओ।

ढुङ्‌गाका गोठहरूमा* भौँतारिदै विलाप गर

किनकि मल्काम निर्वासित हुनेछ।

त्यसका पुजारीहरू र मुखियाहरूलाई पनि त्यससँगै लगिनेछ।+

 ४ आफ्नो धनसम्पत्तिमा भरोसा गर्ने र “मविरुद्ध को आउन सक्छ र” भन्‍ने

ए धोकेबाज छोरी,

तँ किन आफ्ना उपत्यकाहरूमा

र आफ्ना उर्वरा* भूमिहरूमा घमन्ड गर्छेस्‌?’”

 ५ “ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ,

‘तँवरपर भएकाहरूमार्फत तँमाथि म त्रास ल्याउनेछु।

तँ चारैतिर तितरबितर हुनेछेस्‌

अनि भागेर जानेहरूलाई कसैले जम्मा गर्नेछैन।’”

 ६ “‘तर म कैदमा लगिएका अम्मोनीहरूलाई जम्मा गर्नेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।”

७ एदोमबारे सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“के तेमानबाट+ बुद्धि हराएकै हो?

के समझदार मानिसहरूले राम्रो सल्लाह दिन छाडेकै हुन्‌?

के तिनीहरूको बुद्धि कुहिसकेकै हो?

 ८ ए ददानका+ बासिन्दाहरू हो!

फर्क! भाग! गएर गहिरा खाडलहरूमा लुक!

किनकि मैले एसावलाई सजाय दिने समय आएपछि

म त्यसमाथि विपत्ति ल्याउनेछु।

 ९ यदि अङ्‌गुर टिप्नेहरू तँकहाँ आएका भए

तिनीहरूले सिलाबाला बटुल्नेहरूका लागि केही छोडिदिने थिएनन्‌ र?

रातमा चोरहरू पसेका भए

तिनीहरूले पनि आफूलाई चाहिएको कुरा मात्रै चोरेर लग्ने थिए।+

१० तर म एसावलाई नाङ्‌गो पारिदिनेछु।

त्यो कतै लुक्न नपाओस्‌ भनेर

म त्यसका लुक्ने ठाउँहरू उदाङ्‌ग पारिदिनेछु।

त्यसका छोराछोरी, दाजुभाइ र छिमेकीहरू सबै नाश हुनेछन्‌+

र त्यसको नामोनिसान मेटिनेछ।+

११ तिमीहरूमाझ भएका अनाथहरूलाई* छोडिदेओ।

म उनीहरूलाई सुरक्षित राख्नेछु।

तिमीहरूमाझ भएका विधवाहरूले मलाई भरोसा गर्नेछन्‌।”

१२ यहोवा यसो भन्‍नुहुन्छ: “हेर्‌, क्रोधको कचौराबाट पिउने सजाय नपाएकाहरूले त त्यसबाट पिउनुपर्नेछ भने के तैँले चाहिँ सजाय नपाउलास्‌? तँ सजाय नपाई उम्कनेछैनस्‌; तैँले त्यस कचौराबाट पिउनै पर्छ।”+

१३ यहोवा यसो भन्‍नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, बोज्राह हाँसोको पात्र हुनेछ, त्यो नाश हुनेछ अनि श्रापित हुनेछ। मानिसहरू त्यसको हालत देखेर डरले थरथर काँप्नेछन्‌।+ त्यसका सबै सहरलाई म सदाको लागि उजाड पारिदिनेछु।”+

१४ मैले यहोवाबाट एउटा खबर सुनेको छु,

एक जना दूतलाई राष्ट्रहरूकहाँ यसो भन्‍न पठाइएको छ:

“तिमीहरू सबै जम्मा होओ र त्यसलाई आक्रमण गर।

युद्धको लागि तयार होओ।”+

१५ “किनकि हेर्‌! मैले तँलाई राष्ट्रहरूमाझ सानो

र मानिसहरूमाझ तुच्छ बनाइदिएको छु।+

१६ तँ, जो डाँडाका ओडारहरूमा बस्छस्‌,

जो सबैभन्दा अग्लो डाँडामा अधिकार जमाएर बसेको छस्‌,

तैँले फैलाएको त्रासले र तेरो हृदयको अहङ्‌कारले

तँलाई धोका दिएको छ।

तैँले आफ्नो गुँड चीलले झैँ अग्लो ठाउँमा बनाएको भए तापनि

म तँलाई त्यहाँबाट झार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

१७ “एदोमको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+ त्यो सहर भएर जानेहरू त्यसमाथि आइपरेका सबै विपत्ति देखेर डरले खङ्‌ग्रङ्‌ग हुनेछन्‌ र खिसी गर्दै सिटी बजाउनेछन्‌। १८ सदोम र गमोरा अनि त्यसवरपरका सहरहरूलाई नाश गर्दा तिनीहरूको हालत जस्तो भएको थियो,+ एदोमको हालत पनि त्यस्तै हुनेछ,” यहोवा भन्‍नुहुन्छ, “त्यो निर्जन हुनेछ; कोही पनि त्यहाँ बसोबास गर्नेछैन।+

१९ “हेर! जसरी यर्दनको बाक्लो झाडीबाट सिंह निस्कन्छ, त्यसरी नै कोही आउनेछ र एदोमका सुरक्षित चरनहरूलाई आक्रमण गर्नेछ।+ एक पलमै म त्यसलाई* त्यहाँबाट खेद्‌नेछु। अनि म त्यसमाथि आफूले चुनेको जनलाई खटाउनेछु। किनकि मजस्तो को छ र? मलाई कसले हाँक दिन सक्छ? कुनचाहिँ गोठालो मसामु खडा हुन सक्छ?+ २० त्यसैले ए मानिसहरू हो! यहोवाले एदोमलाई र तेमानका बासिन्दाहरूलाई के गर्ने निर्णय गर्नुभएको छ,+ सुन:

बगालका साना पाठाहरूलाई घिसारेर लगिनेछ।

यिनीहरूको वासस्थानलाई उहाँले तिनीहरूको कारण उजाड पारिदिनुहुनेछ।+

२१ तिनीहरू लडेको आवाजले पृथ्वी काँपेको छ।

तिनीहरूको रोदन सुनिएको छ।

त्यो लाल समुद्रसम्मै गुञ्जिएको छ।+

२२ हेर! चीलझैँ त्यो उँभो-उँभो उड्‌नेछ र आफ्नो सिकारलाई झम्टनेछ+

अनि बोज्राहलाई आक्रमण गर्न त्यसले आफ्नो पखेटा फिँजाउनेछ।+

त्यस दिन एदोमका योद्धाहरू

बेथा लागेका स्त्रीहरूझैँ आत्तिनेछन्‌।”

२३ दमिसकबारे:+

“हमाथ+ र अर्पाद लाजमा पारिएका छन्‌

किनकि तिनीहरूले नराम्रो खबर सुनेका छन्‌।

तिनीहरू डरले अतालिएका छन्‌।

समुद्रमा हलचल मच्चिएको छ र त्यसलाई शान्त पार्न सकिँदैन।

२४ दमिसकले साहस गुमाएको छ।

त्यो भाग्न खोज्यो तर त्रासले त्यसलाई छोपेको छ।

बेथा लागेकी स्त्रीलाई झैँ

त्यसलाई दुःख र पीडाले गाँजेको छ।

२५ त्यो महिमित सहरलाई, रमाहटले भरिएको सहरलाई

मानिसहरूले किन छोडेर गएनन्‌?

२६ किनकि त्यो दिन त्यसका चोकहरूमा नौजवानहरू मारिनेछन्‌

र त्यसका सबै योद्धा नाश हुनेछन्‌,” सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

२७ “म दमिसकको पर्खालमा आगो लगाइदिनेछु

र त्यसले बेन-हददका बलिया-बलिया किल्लाहरूलाई भस्म पार्नेछ।”+

२८ केदारबारे+ र हजोरका राज्यहरूबारे, जसलाई बेबिलोनका राजा नबुकद्‌नेजरले* हराए, तिनीहरूबारे यहोवा यसो भन्‍नुहुन्छ:

“उठ! केदारमा जाऊ

अनि पूर्वका* छोराहरूलाई नाश गरिदेऊ।

२९ तिनीहरूका पाल र बगाल खोसिनेछन्‌।

तिनीहरूका पाल टाँग्ने कपडा र सबै सरसामान पनि लुटिनेछन्‌।

तिनीहरूका उँटहरू लगिनेछन्‌।

अनि मानिसहरूले चिच्याउँदै तिनीहरूलाई यसो भन्‍नेछन्‌, ‘चारैतिर त्रास छ!’”

३० “ए हजोरका बासिन्दाहरू हो! कतै टाढा भागेर जाओ!

गएर गहिरा खाडलहरूमा लुक,” यहोवा घोषणा गर्नुहुन्छ।

“किनकि बेबिलोनका राजा नबुकद्‌नेजरले तिमीहरूविरुद्ध षड्‌यन्त्र रचेका छन्‌,

तिमीहरूलाई आक्रमण गर्ने योजना बनाएका छन्‌।”

३१ यहोवा घोषणा गर्नुहुन्छ, “उठ!

शान्तिपूर्वक र ढुक्कले बसिरहेको राष्ट्रलाई आक्रमण गर्न जाऊ।

त्यसका न ढोकाहरू छन्‌ न त गजबार नै। तिनीहरू अलग्गै बस्छन्‌।

३२ तिनीहरूका उँटहरू खोसिनेछन्‌।

तिनीहरूका बथानका बथान गाईवस्तु लुटिनेछन्‌।

कन्चटनेरको कपाल खौरेका मानिसहरूलाई+

म चारैतिर तितरबितर पारिदिनेछु

र चारैतिरबाट तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

३३ “हजोर स्यालहरूको ओडार हुनेछ,

त्यो सदाको लागि उजाड हुनेछ।

त्यो निर्जन हुनेछ;

कोही पनि त्यहाँ बसोबास गर्नेछैन।”

३४ यहुदाका राजा सिदकियाहको+ शासनको सुरुतिर एलामबारे यहोवाको यो वचन भविष्यवक्‍ता यर्मियाकहाँ आयो:+ ३५ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘म एलामको शक्‍तिको स्रोत, त्यसको धनु भाँचिदिनेछु।+ ३६ म एलामविरुद्ध आकाशको चारै कुनाबाट चार बतास चलाउनेछु र त्यसलाई ती चारै बतासमा तितरबितर पारिदिनेछु। एलामबाट तितरबितर पारिएकाहरू नपुगेको कुनै राष्ट्र हुनेछैन।’”

३७ “म एलामीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूसामु तितरबितर पारिदिनेछु। म तिनीहरूमाथि विपत्ति ल्याउनेछु र आफ्नो रिसको आगो दन्काउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ। “तिनीहरू नाश नभएसम्म म तिनीहरूको पछिपछि तरबार पठाउनेछु।”

३८ “म एलाममा आफ्नो सिंहासन बसाल्नेछु+ अनि त्यहाँका राजा र भारदारहरूलाई नाश गरिदिनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

३९ “तर आखिरी समयमा म एलामबाट कैदमा लगिएकाहरूलाई जम्मा गर्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने