प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • यर्मियाको गुनासो (१-४)

      • यहोवाको जवाफ (५-१७)

यर्मिया १२:१

मार्जिनल रेफरेन्स

  • +उत्प १८:२५
  • +अय्यु १२:६; २१:७; भज ७३:३; यर्मि ५:२८

यर्मिया १२:२

फुटनोट

  • *

    शा., “मिर्गौलाचाहिँ।”

मार्जिनल रेफरेन्स

  • +यसै २९:१३

यर्मिया १२:३

मार्जिनल रेफरेन्स

  • +भज १३९:१, २
  • +२रा २०:३; भज १७:३; यर्मि ११:२०

यर्मिया १२:४

मार्जिनल रेफरेन्स

  • +यर्मि १४:६; २३:१०

यर्मिया १२:५

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०११, पृ. ३२

यर्मिया १२:६

मार्जिनल रेफरेन्स

  • +यर्मि ९:४

यर्मिया १२:७

मार्जिनल रेफरेन्स

  • +लुका १३:३५
  • +प्रस्थ १९:५; यसै ४७:६
  • +वि २:१

यर्मिया १२:९

मार्जिनल रेफरेन्स

  • +२रा २४:२; इज १६:३७
  • +यसै ५६:९; यर्मि ७:३३

यर्मिया १२:१०

मार्जिनल रेफरेन्स

  • +भज ८०:८; यसै ५:१, ७; यर्मि ६:३
  • +यसै ६३:१८; यर्मि ३:१९

यर्मिया १२:११

फुटनोट

  • *

    वा सम्भवतः “यसले विलाप गर्छ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ९:११; १०:२२
  • +यसै ४२:२४, २५

यर्मिया १२:१२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३३; यर्मि १५:२

यर्मिया १२:१३

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१६; मिका ६:१५

यर्मिया १२:१४

मार्जिनल रेफरेन्स

  • +भज ७९:४; यर्मि ४८:२६; इज २५:३; जक १:१५; २:८
  • +यर्मि ४८:२; ४९:२

यर्मिया १२:१७

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१२

अरू

यर्मि. १२:१उत्प १८:२५
यर्मि. १२:१अय्यु १२:६; २१:७; भज ७३:३; यर्मि ५:२८
यर्मि. १२:२यसै २९:१३
यर्मि. १२:३भज १३९:१, २
यर्मि. १२:३२रा २०:३; भज १७:३; यर्मि ११:२०
यर्मि. १२:४यर्मि १४:६; २३:१०
यर्मि. १२:५यर्मि ४:१३
यर्मि. १२:६यर्मि ९:४
यर्मि. १२:७लुका १३:३५
यर्मि. १२:७प्रस्थ १९:५; यसै ४७:६
यर्मि. १२:७वि २:१
यर्मि. १२:९२रा २४:२; इज १६:३७
यर्मि. १२:९यसै ५६:९; यर्मि ७:३३
यर्मि. १२:१०भज ८०:८; यसै ५:१, ७; यर्मि ६:३
यर्मि. १२:१०यसै ६३:१८; यर्मि ३:१९
यर्मि. १२:११यर्मि ९:११; १०:२२
यर्मि. १२:११यसै ४२:२४, २५
यर्मि. १२:१२लेवी २६:३३; यर्मि १५:२
यर्मि. १२:१३लेवी २६:१६; मिका ६:१५
यर्मि. १२:१४भज ७९:४; यर्मि ४८:२६; इज २५:३; जक १:१५; २:८
यर्मि. १२:१४यर्मि ४८:२; ४९:२
यर्मि. १२:१७यसै ६०:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया १२:१-१७

यर्मिया

१२ हे यहोवा, जब म आफ्नो मुद्दा तपाईँसामु पेस गर्छु

अनि तपाईँसित न्यायका कुरा गर्छु, तब तपाईँ सधैँ सही ठहरिनुहुन्छ।+

तर पनि दुष्टहरूको चाल किन सफल हुन्छ?+

अनि छल गर्नेहरू किन बेफिक्री भएर हिँड्‌छन्‌?

 २ तपाईँले तिनीहरूलाई रोप्नुभयो र तिनीहरूले जरा हाले।

तिनीहरू हुर्के र फल फलाए।

तिनीहरू आफ्नो मुखले त तपाईँको नजिक छु भन्छन्‌ तर तिनीहरूको भित्री विचारचाहिँ* तपाईँदेखि टाढा छ।+

 ३ तर हे यहोवा, तपाईँले मलाई राम्ररी चिन्‍नुभएको छ;+ मलाई देख्नुभएको छ;

मेरो हृदय जाँच्नुभएको छ र म तपाईँप्रति भक्‍त भएको पाउनुभएको छ।+

काट्‌नलाई लगिने भेडालाई जस्तै तिनीहरूलाई छुट्ट्याउनुहोस्‌

र मारिने दिनको लागि तिनीहरूलाई अलग्गै राख्नुहोस्‌।

 ४ यो भूमिमा कहिलेसम्म खडेरी परिरहन्छ?

कहिलेसम्म यो भूमि बन्जर रहिरहन्छ?+

यहाँ बस्ने दुष्ट मानिसहरूले गर्दा

यहाँका पशुपन्छी सबै सोतर भइसके।

तिनीहरूले यसो भनेका छन्‌: “हामीलाई के हुनेछ, उहाँ देख्नुहुन्‍न।”

 ५ यदि तिमी मानिसहरूसित दौडँदा नै थाक्छौ भने

घोडाहरूसित कसरी दौडन सक्छौ?+

शान्ति छाएको देशमा तिमी ढुक्कले बसे तापनि

यर्दनको घना जङ्‌गलमा तिम्रो हालत के होला?

 ६ तिम्रा आफ्नै दाजुभाइले, तिम्रो आफ्नै बुबाका सन्तानले

तिमीलाई छल गरेका छन्‌।+

तिनीहरूले तिमीविरुद्ध चर्को आवाज उठाएका छन्‌।

तिनीहरूले मीठामीठा कुरा गरे पनि

तिनीहरूमाथि भरोसा नगर।

 ७ “मैले आफ्नो घर छोडिसकेको छु;+ आफ्नो निज धनलाई लत्याइसकेको छु।+

मेरी प्रियलाई शत्रुहरूको हातमा सुम्पिसकेको छु।+

 ८ मेरो निज धन मेरो लागि जङ्‌गली सिंहझैँ भएको छ।

त्यो मविरुद्ध गर्जन्छ।

त्यसैले म अहिले त्यसलाई घृणा गर्छु।

 ९ मेरो निज धन मेरो लागि छिरबिरे रङ्‌गको सिकारी चराझैँ भएको छ;

अरू सिकारी चराहरूले त्यसलाई घेर्छन्‌ र त्यसमाथि जाइलाग्छन्‌।+

आओ, जमिनमा बस्ने सबै जङ्‌गली पशु हो,

खान आओ।+

१० थुप्रै गोठालाले मेरो अङ्‌गुर बगान नष्ट पारेका छन्‌;+

तिनीहरूले मेरो खेतबारी कुल्चीमिल्ची गरेका छन्‌।+

मलाई मन पर्ने जमिनलाई मरुभूमि बनाइदिएका छन्‌।

११ यो अब कामै नलाग्ने भूमि भएको छ;

यो सुक्खा भएको छ;*

मेरै सामुन्‍ने यो उजाड भएको छ।+

हो, पूरै भूमि उजाड पारिएको छ,

तैपनि कसैले ध्यानै दिँदैन।+

१२ मरुभूमिको सुक्खा बाटोहरूमा शत्रुहरूको ओइरो लागेको छ

किनकि यहोवाको तरबारले देशको एक छेउदेखि अर्को छेउसम्मका मानिसहरूलाई नाश गर्दै छ।+

त्यहाँ कसैलाई शान्ति छैन।

१३ तिनीहरूले गहुँ छरे तर काँडा पो कटनी गरे।+

तिनीहरूले घोटिएर काम गरे तर केही फाइदा भएन।

यहोवा तिनीहरूसित असाध्यै रिसाउनुभएकोले

तिनीहरूको उब्जनी राम्रो हुनेछैन र तिनीहरू लाजमा पर्नेछन्‌।”

१४ यहोवा यसो भन्‍नुहुन्छ: “मेरो प्रजा इस्राएललाई मैले अधिकार गर्न दिएको देशमाथि हात लगाउने सबै दुष्ट छिमेकीहरूलाई+ म तिनीहरूको भूमिबाट उखेल्नेछु+ र यहुदाको घरानालाई तिनीहरूको बीचबाट उखेल्नेछु। १५ तर तिनीहरूलाई उखेलेपछि म फेरि तिनीहरूमाथि कृपा देखाउनेछु र तिनीहरूलाई आ-आफ्नै भूमिमा फर्काउनेछु अनि तिनीहरूको उत्तराधिकार तिनीहरूलाई नै फिर्ता दिनेछु।”

१६ “तिनीहरूले मेरा मानिसहरूलाई बाआल देवताको नाममा शपथ खान सिकाएझैँ यदि तिनीहरूले ‘जीवित परमेश्‍वर यहोवाको कसम’ भन्दै मेरो नाममा शपथ खान सिके र मेरा मानिसहरूको चालमा हिँडे भने मेरा मानिसहरूसँगसँगै तिनीहरूको पनि उन्‍नति हुनेछ। १७ तर तिनीहरूले मेरो कुरा सुनेनन्‌ भने म तिनीहरूलाई उखेल्नेछु र सर्वनाश पार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने