प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • फारो र मिश्रबारे शोकगीत (१-१६)

      • बेखतनेहरूसँगै मिश्रलाई गाडिन्छ (१७-३२)

इजकिएल ३२:२

मार्जिनल रेफरेन्स

  • +यसै ५१:९, १०; इज २९:३

इजकिएल ३२:४

मार्जिनल रेफरेन्स

  • +इज २९:५

इजकिएल ३२:५

मार्जिनल रेफरेन्स

  • +इज ३१:१२

इजकिएल ३२:६

फुटनोट

  • *

    शा., “तँद्वारा भरिनेछन्‌।”

इजकिएल ३२:७

मार्जिनल रेफरेन्स

  • +यसै १३:१, १०

इजकिएल ३२:९

मार्जिनल रेफरेन्स

  • +इज २९:१२; ३०:२६

इजकिएल ३२:११

मार्जिनल रेफरेन्स

  • +यर्मि ४३:१०, ११; ४६:२५, २६; इज ३०:२४

इजकिएल ३२:१२

मार्जिनल रेफरेन्स

  • +इज ३०:१०, ११; हब १:६
  • +इज २९:१९

इजकिएल ३२:१३

मार्जिनल रेफरेन्स

  • +इज ३०:१२
  • +इज २९:८, ११

इजकिएल ३२:१५

मार्जिनल रेफरेन्स

  • +भज १०७:३३, ३४; इज २९:१२
  • +इज ३०:२६

इजकिएल ३२:१७

फुटनोट

  • *

    यसले १२ औँ महिनालाई जनाएको हुन सक्छ। पद १ सित तुलना गर्नुहोस्‌।

इजकिएल ३२:१८

फुटनोट

  • *

    वा “चिहानमा।”

इजकिएल ३२:१९

फुटनोट

  • *

    शब्दावलीमा “खतना” हेर्नुहोस्‌।

इजकिएल ३२:२०

मार्जिनल रेफरेन्स

  • +इज २९:८

इजकिएल ३२:२१

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

इजकिएल ३२:२२

मार्जिनल रेफरेन्स

  • +यसै ३७:३६; जक १०:११

इजकिएल ३२:२३

फुटनोट

  • *

    शा., “जीवितहरूको देशमा।”

इजकिएल ३२:२४

फुटनोट

  • *

    शा., “जीवितहरूको देशमा।”

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२२; यर्मि ४९:३४, ३५

इजकिएल ३२:२५

फुटनोट

  • *

    शा., “जीवितहरूको देशमा।”

इजकिएल ३२:२६

फुटनोट

  • *

    शा., “जीवितहरूको देशमा।”

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२; इज ३८:२

इजकिएल ३२:२७

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

  • *

    यसले योद्धाहरूलाई सैन्य सम्मानका साथ आ-आफ्नो तरबारसहित गाडिएको कुरालाई जनाएको हुन सक्छ।

  • *

    शा., “जीवितहरूको देशमा।”

इजकिएल ३२:२९

मार्जिनल रेफरेन्स

  • +उत्प २५:३०; यसै ३४:५; इज २५:१२, १३; आमो १:११; ओब १; मला १:४
  • +यर्मि ९:२५, २६

इजकिएल ३२:३०

फुटनोट

  • *

    वा “अगुवा।”

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१५; इज २८:२१

इजकिएल ३२:३१

मार्जिनल रेफरेन्स

  • +इज ३१:१६

इजकिएल ३२:३२

फुटनोट

  • *

    शा., “जीवितहरूको देशमा।”

अरू

इज. ३२:२यसै ५१:९, १०; इज २९:३
इज. ३२:४इज २९:५
इज. ३२:५इज ३१:१२
इज. ३२:७यसै १३:१, १०
इज. ३२:९इज २९:१२; ३०:२६
इज. ३२:११यर्मि ४३:१०, ११; ४६:२५, २६; इज ३०:२४
इज. ३२:१२इज ३०:१०, ११; हब १:६
इज. ३२:१२इज २९:१९
इज. ३२:१३इज ३०:१२
इज. ३२:१३इज २९:८, ११
इज. ३२:१५भज १०७:३३, ३४; इज २९:१२
इज. ३२:१५इज ३०:२६
इज. ३२:२०इज २९:८
इज. ३२:२२यसै ३७:३६; जक १०:११
इज. ३२:२४उत्प १०:२२; यर्मि ४९:३४, ३५
इज. ३२:२६उत्प १०:२; इज ३८:२
इज. ३२:२९उत्प २५:३०; यसै ३४:५; इज २५:१२, १३; आमो १:११; ओब १; मला १:४
इज. ३२:२९यर्मि ९:२५, २६
इज. ३२:३०उत्प १०:१५; इज २८:२१
इज. ३२:३१इज ३१:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३२:१-३२

इजकिएल

३२ अनि १२ औँ वर्षको १२ औँ महिनाको पहिलो दिन यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, मिश्रका फारोबारे एउटा शोकगीत गाऊ र त्यसलाई यसो भन,

‘तँ राष्ट्रहरूबीच बलियो जवान सिंहजस्तै थिइस्‌

तर तँलाई चुप लगाइएको छ।

तँ आफ्ना नदीहरूका पानीलाई खुट्टाले बेसरी हिर्काउने,

नदीहरूलाई धमिलो बनाउने र त्यसमा फोहोर गर्ने बडेमाको जलजन्तुजस्तै थिइस्‌।’+

 ३ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

‘म थुप्रै जातिका मानिसहरूलाई तँमाथि जाल फ्याँक्न लगाउनेछु

अनि तिनीहरूले तँलाई मेरो जालले माथि तान्‍नेछन्‌।

 ४ म तँलाई जमिनमा बिचल्ली पारेर छोड्‌नेछु;

तँलाई खुला मैदानमा पछार्नेछु।

म आकाशका सबै चरालाई तँमाथि बस्न अह्राउनेछु

अनि पृथ्वीका सबै जङ्‌गली जनावरलाई तेरो मासु खुवाएर तृप्त पार्नेछु।+

 ५ म तेरो मासु पहाडहरूमा छरिदिनेछु

र बेँसीहरूलाई तेरो हाडखोडले भरिदिनेछु।+

 ६ म तेरो रगतको भलले जमिन भिजाउनेछु र त्यो पहाडसम्मै पुग्नेछ,

सबै खोलानाला तेरै रगतले भरिनेछन्‌।’*

 ७ ‘तँलाई निभाउँदा म आकाशलाई अँध्यारो पार्नेछु र ताराहरूलाई अन्धकारले छोप्नेछु।

म सूर्यलाई बादलले ढाक्नेछु

अनि चन्द्रमाले पनि उज्यालो दिनेछैन।+

 ८ तेरो कारण आकाशका सबै ज्योतिलाई म अँध्यारो पारिदिनेछु,

तेरो देशलाई म घोर अन्धकारले छोपिदिनेछु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

 ९ ‘म तेरा मानिसहरूलाई कैदी बनाएर तैँले नामै नसुनेका देशहरूमा लैजानेछु।+

त्यो देखेर जातिजातिका मानिसहरू हताश हुनेछन्‌।

१० मैले तिनीहरूसामु आफ्नो तरबार नचाउँदा

जातिजातिका मानिसहरू जिल्ल पर्नेछन्‌ र तिनीहरूका राजाहरू थरथर हुनेछन्‌।

तँ पतन भएको दिन तिनीहरू आफ्नो पनि ज्यान जाला कि भनेर

डरले लुगलुग काँपिरहनेछन्‌।’

११ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

‘बेबिलोनका राजाको तरबार तँमाथि आइलाग्नेछ।+

१२ म तेरा मानिसहरूलाई वीर योद्धाहरूका तरबारले काट्‌न लगाउनेछु;

ती योद्धाहरू, जो अत्यन्तै निष्ठुर र क्रूर छन्‌।+

तिनीहरूले मिश्रको घमन्ड चूर पार्नेछन्‌ र त्यसका सबै मानिसलाई नाश गर्नेछन्‌।+

१३ नदीवरपरका त्यसका सबै वस्तुभाउ म नाश गर्नेछु,+

त्यसपछि कुनै पनि मानिस वा वस्तुभाउले नदीको पानी धमिल्याउनेछैन।’+

१४ ‘त्यसपछि म तिनीहरूका नदीहरू सफा गर्नेछु

र नदी तेलझैँ सलल बग्नेछ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

१५ ‘म मिश्रलाई उजाड पार्नेछु, त्यसमा केही बाँकी रहनेछैन।+

त्यसका सबै बासिन्दालाई पनि म नाश गर्नेछु।

तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌।+

१६ यो शोकगीत हो र मानिसहरूले यो बारम्बार गाउनेछन्‌।

जातिजातिका स्त्रीहरूले यो गाउनेछन्‌।

मिश्र देश र त्यसका सबै मानिसलाई सम्झेर तिनीहरूले यो गीत गाउनेछन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

१७ त्यसपछि १२ औँ वर्षको महिनाको* १५ औँ दिन यहोवा परमेश्‍वरको यो वचन मकहाँ आयो: १८ “हे मानिसको छोरा, मिश्रका मानिसहरूको निम्ति विलाप गर। अनि त्यसलाई र शक्‍तिशाली राष्ट्रका छोरीहरूलाई चिहानमा जानेहरूसँगै गहिरो खाडलमा* पुऱ्‍याइनेछ भनेर घोषणा गर।

१९ “‘तँ आफूलाई खूबै सुन्दर छु भन्ठान्छेस्‌, होइन? अब बेखतनेहरूसितै* चिहानमा जा!’

२० “तिनीहरू तरबारले काटिएकाहरूसितै ढल्नेछन्‌।+ त्यो तरबारद्वारा काटिन लगिएकी छे; त्यसलाई त्यसका मानिसहरूसँगै घिस्याएर लगिनेछ।

२१ “‘चिहानबाट* वीर योद्धाहरूले त्यससित र त्यसका सहयोगीहरूसित कुरा गर्नेछन्‌। तिनीहरू तरबारले काटिनेछन्‌ र बेखतनेहरू जस्तैगरि चिहानमा पस्रिनेछन्‌। २२ अस्सेरिया त्यसको सारा दलबलसहित त्यहीँ छ। सबै अस्सेरियालीको चिहान तिनीहरूका राजाको चिहानको वरपर छन्‌, तिनीहरू सबै तरबारले काटिएकाहरू हुन्‌।+ २३ त्यसको चिहान गहिरो खाडलको कुनै कुनामा छ र सारा मानिसको चिहान त्यसको चिहानको चारैतिर छ। तिनीहरू सबै तरबारले काटिएकाहरू हुन्‌ किनकि जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्‌क फैलाएका थिए।

२४ “‘एलामको+ चिहान त्यसका सारा मानिसको चिहानसितै त्यहाँ छ। तिनीहरू सबै तरबारले काटिएकाहरू हुन्‌। जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्‌क फैलाएका थिए र खतना नभएकै अवस्थामा तिनीहरू चिहानमा गए। त्यसैले तिनीहरू चिहानमा जानेहरूसितै लाजमा पर्नेछन्‌। २५ तरबारले काटिएका मानिसहरूको बीचमा त्यसको निम्ति एउटा ओछ्यान बनाइएको छ। त्यसका मानिसहरूको चिहान त्यसको चिहानकै वरपर छ। तिनीहरू सबै बेखतनेहरू र तरबारले काटिएकाहरू हुन्‌ किनकि जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्‌क फैलाएका थिए; त्यसैले तिनीहरू चिहानमा जानेहरूसितै लाजमा पर्नेछन्‌। त्यसलाई तरबारले काटिएकाहरूसँगै राखिएको छ।

२६ “‘मेसेक र तुबल त्यसका सारा मानिसहरूसहित त्यहीँ छन्‌।+ मेसेक र तुबलका सारा मानिसको चिहान तिनीहरूका राजाको चिहानको चारैतिर छ। तिनीहरू सबै बेखतनेहरू र तरबारले काटिएकाहरू हुन्‌ किनकि जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्‌क फैलाएका थिए। २७ के तिनीहरू चिहानमा* पस्रिरहेका बेखतने वीर योद्धाहरूसितै पस्रिनेछैनन्‌ र? ती योद्धाहरू युद्धका हातहतियारसहित चिहानमा गए। तिनीहरूले शिरमुनि आफ्ना तरबारहरू राख्नेछन्‌* र तिनीहरूको पापको सजाय तिनीहरूका हाडले समेत भोग्नेछन्‌ किनकि यी शक्‍तिशाली योद्धाहरूले आफू जीवित छँदा मानिसहरूमाझ* आतङ्‌क फैलाएका थिए। २८ तर तँलाई भने बेखतनेहरूसितै कुल्चीमिल्ची पारिनेछ र तँ तरबारले काटिएकाहरूसितै पस्रिनेछस्‌।

२९ “‘एदोम,+ त्यसका राजाहरू र त्यसका कुलनायकहरू त्यहाँ छन्‌। शक्‍तिशाली भए तापनि तिनीहरू तरबारले काटिएकाहरूसितै पस्रिरहेका छन्‌; तिनीहरू पनि बेखतनेहरू+ र चिहानमा जानेहरूसितै पस्रिनेछन्‌।

३० “‘उत्तरका सबै शासक* र सबै सिदोनी+ त्यहाँ छन्‌, जसले आफ्नो शक्‍तिको कारण आतङ्‌क फैलाएका थिए तर तिनीहरू तरबारले काटिएकाहरूसँगै अपमानित भएर चिहानमा गएका छन्‌। तिनीहरू खतना नभएकै अवस्थामा तरबारले काटिएकाहरूसित पस्रिनेछन्‌ र चिहानमा जानेहरूसितै अपमानित हुनेछन्‌।

३१ “‘फारोले यी सबै देख्नेछ र आफ्ना मानिसहरूले भोगेको विपत्ति देखेर सान्त्वना पाउनेछ;+ फारो र त्यसका सबै सेना तरबारले काटिनेछन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

३२ “‘जीवित छँदा मानिसहरूमाझ* फारोले आतङ्‌क फैलाएको हुँदा त्यो र त्यसका सबै मानिस बेखतनेहरू र तरबारले काटिएकाहरूसितै चिहानमा जानेछन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने