प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • फारोविरुद्ध भविष्यवाणी (१-१६)

      • बेबिलोनलाई इनामस्वरूप मिश्र दिइनेछ (१७-२१)

इजकिएल २९:२

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१७, १९; ४३:१०, ११; इज ३१:२

इजकिएल २९:३

फुटनोट

  • *

    यस अध्यायमा “नाइल नदी”-ले नाइल नदी र त्यसका नहरहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:२५; इज ३१:१८
  • +इज ३२:२
  • +इज २९:९

इजकिएल २९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८०

इजकिएल २९:५

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:३३
  • +इज ३२:४

इजकिएल २९:६

मार्जिनल रेफरेन्स

  • +यसै ३६:६; यर्मि ३७:५-७; इज १७:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ७८

इजकिएल २९:७

फुटनोट

  • *

    शा., “कम्मर।”

मार्जिनल रेफरेन्स

  • +यर्मि १७:५

इजकिएल २९:८

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:१४; इज ३०:४; ३२:१२

इजकिएल २९:९

फुटनोट

  • *

    शा., “त्यसले भन्यो।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ४३:११-१३
  • +इज २९:३

इजकिएल २९:१०

मार्जिनल रेफरेन्स

  • +इज ३०:१२
  • +यर्मि ४४:१
  • +इज ३०:६, ७

इजकिएल २९:११

मार्जिनल रेफरेन्स

  • +इज ३१:१२; ३२:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ८

इजकिएल २९:१२

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:१९
  • +इज ३०:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ८

इजकिएल २९:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:२५, २६

इजकिएल २९:१४

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१३, १४; इज ३०:१४

इजकिएल २९:१५

मार्जिनल रेफरेन्स

  • +इज ३०:१३
  • +इज ३२:२

इजकिएल २९:१६

मार्जिनल रेफरेन्स

  • +यसै ३०:२; ३६:४, ६; यर्मि २:१८; ३७:५-७

इजकिएल २९:१८

फुटनोट

  • *

    शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:९; २७:३, ६
  • +इज २६:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ८

इजकिएल २९:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि ४३:१०, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ९

इजकिएल २९:२०

मार्जिनल रेफरेन्स

  • +इज ३०:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ९

इजकिएल २९:२१

फुटनोट

  • *

    वा “इस्राएलको घरानालाई बलियो पार्नेछु।”

मार्जिनल रेफरेन्स

  • +१स २:१०; लुका १:६९

अरू

इज. २९:२यर्मि २५:१७, १९; ४३:१०, ११; इज ३१:२
इज. २९:३यर्मि ४६:२५; इज ३१:१८
इज. २९:३इज ३२:२
इज. २९:३इज २९:९
इज. २९:५यर्मि २५:३३
इज. २९:५इज ३२:४
इज. २९:६यसै ३६:६; यर्मि ३७:५-७; इज १७:१७
इज. २९:७यर्मि १७:५
इज. २९:८यर्मि ४६:१४; इज ३०:४; ३२:१२
इज. २९:९यर्मि ४३:११-१३
इज. २९:९इज २९:३
इज. २९:१०इज ३०:१२
इज. २९:१०यर्मि ४४:१
इज. २९:१०इज ३०:६, ७
इज. २९:११इज ३१:१२; ३२:१३
इज. २९:१२यर्मि ४६:१९
इज. २९:१२इज ३०:२३
इज. २९:१३यर्मि ४६:२५, २६
इज. २९:१४उत्प १०:१३, १४; इज ३०:१४
इज. २९:१५इज ३०:१३
इज. २९:१५इज ३२:२
इज. २९:१६यसै ३०:२; ३६:४, ६; यर्मि २:१८; ३७:५-७
इज. २९:१८यर्मि २५:९; २७:३, ६
इज. २९:१८इज २६:७
इज. २९:१९यर्मि ४३:१०, १२
इज. २९:२०इज ३०:९, १०
इज. २९:२११स २:१०; लुका १:६९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २९:१-२१

इजकिएल

२९ दसौँ वर्षको १० औँ महिनाको १२ औँ दिनमा यहोवाको वचन मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, मिश्रका फारोतिर फर्क अनि फारो र सम्पूर्ण मिश्रविरुद्ध भविष्यवाणी गर।+ ३ तिमीले यसो भन्‍नू: ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ:

“हे मिश्रका फारो!+ नाइल नदीमा* पल्टिरहेको बडेमाको जलजन्तु!+

म तँविरुद्ध खडा भएको छु।

तैँले यसो भनिस्‌, ‘नाइल नदी मेरो हो।

मैले आफ्नै लागि यो बनाएको हुँ।’+

 ४ तर म तेरो बङ्‌गारामा बल्छी लगाउनेछु। तेरो नदीका माछालाई तेरो कत्लामा टाँसिदिनेछु।

म तँलाई र तेरो कत्लामा टाँसिएका सबै माछालाई नाइल नदीबाट निकाल्नेछु।

 ५ म तँलाई र तेरो नदीका सबै माछालाई मरुभूमिमा छोडिदिनेछु।

तँ खुला मैदानमा बजारिनेछस्‌; तेरो लास छिन्‍नभिन्‍न हुनेछ र कसैले त्यसलाई उठाउनेछैन।+

म तँलाई जङ्‌गली जनावर र आकाशका पन्छीको आहारा बनाइदिनेछु।+

 ६ तब मिश्रका सबै बासिन्दाले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌

किनकि इस्राएलको घरानाको लागि तँ नर्कटको सहाराभन्दा कमजोर भइस्‌।+

 ७ तिनीहरूले तेरो हात समात्न खोज्दा तँ पिट्टिकै भाँचिइस्‌

र तैँले गर्दा तिनीहरूका काँधमा चोट लाग्यो।

तिनीहरू तँमाथि भर पर्न खोज्दा तँ भाँचिइस्‌

र तैँले गर्दा तिनीहरूका गोडा* धरमराए।+

८ “‘त्यसैकारण ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म तँमाथि तरबार उठाउनेछु+ अनि तेरा मानिस र पशु सबैलाई सोत्तर पार्नेछु। ९ मिश्र उजाड र निर्जन हुनेछ+ अनि तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌। किनकि तैँले भनिस्‌,* ‘नाइल नदी मेरो हो; त्यो बनाउने म नै हुँ।’+ १० त्यसैले म तँ अनि तेरो नाइल नदीविरुद्ध खडा हुनेछु र मिश्रलाई निर्जन र सुक्खा बनाउनेछु।+ मिग्दोलदेखि+ इथियोपियाको सिमानामा पर्ने सिनेसम्मै+ म सम्पूर्ण देशलाई उजाड पारिदिनेछु। ११ त्यहाँ न कुनै मानिस न कुनै पशुले खुट्टा हाल्नेछ।+ पूरै देश ४० वर्षसम्म निर्जन हुनेछ। १२ उजाड भएका देशहरूमध्ये म मिश्रलाई झनै उजाड पारिदिनेछु र त्यसका सहरहरू ४० वर्षसम्म सुनसान हुनेछन्‌।+ म मिश्रीहरूलाई जातिजातिका मानिसहरूबीच र देश-देशमा तितरबितर पारिदिनेछु।”+

१३ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “तर ४० वर्षपछि म मिश्रीहरूलाई तिनीहरू तितरबितर पारिएका जातिहरूबाट फेरि जम्मा गर्नेछु;+ १४ कैदमा लगिएका मिश्रीहरूलाई म तिनीहरूको जन्मभूमि पाथ्रोसमा+ फिर्ता ल्याउनेछु। त्यसपछि तिनीहरूको देशको कुनै नाम रहनेछैन। १५ अन्य देशको तुलनामा मिश्र अत्यन्तै तुच्छ हुनेछ। त्यसले अरू देशलाई दमन गर्न सक्नेछैन।+ अरू देशलाई अधीनमा राख्नै नसक्नेगरि म मिश्रलाई नगण्य तुल्याइदिनेछु।+ १६ इस्राएलको घराना फेरि कहिल्यै मिश्रमा भर पर्नेछैन।+ मिश्रमा भर पर्नु गल्ती थियो भनेर तिनीहरूले सम्झनेछन्‌। तब तिनीहरूले म नै ब्रह्‍माण्डका मालिक यहोवा हुँ भनेर जान्‍नेछन्‌।”’”

१७ अनि २७ औँ वर्षको पहिलो महिनाको पहिलो दिन यहोवाको यो वचन मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १८ “हे मानिसको छोरा, बेबिलोनका राजा नबुकद्‌नेजरले*+ टायरसित लड्‌न आफ्नो सेनालाई घोटाउनसम्म घोटाए।+ त्यसैले तिनीहरू सबैको तालु खुइलियो र तिनीहरू सबैको काँध ताछियो। तर तिनीहरूले आफ्नो कठोर परिश्रमको कुनै फल पाएनन्‌।

१९ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, ‘म मिश्र बेबिलोनका राजा नबुकद्‌नेजरलाई दिनेछु+ र तिनले तिनीहरूको सरसम्पत्ति लैजानेछन्‌ र देशलाई लुट्‌नेछन्‌। त्यो लुटको धन नै बेबिलोनी सेनाको ज्याला हुनेछ।’

२० “‘टायरसित लड्‌न गरेको परिश्रमको फलस्वरूप म तिनलाई मिश्र दिनेछु किनकि तिनले मेरो निम्ति काम गरेका थिए,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

२१ “त्यस दिन म इस्राएलको घरानाको निम्ति एउटा सिङ उमार्नेछु*+ र तिमीलाई तिनीहरूसित बोल्ने मौका दिनेछु। तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने