प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • गनगन गर्दा परमेश्‍वरको आगो बर्सिन्छ (१-३)

      • मानिसहरू मासुको लागि रोइकराइ गर्छन्‌ (४-९)

      • मोसा अयोग्य महसुस गर्छन्‌ (१०-१५)

      • यहोवा ७० जना नाइकेलाई पवित्र शक्‍ति दिनुहुन्छ (१६-२५)

      • एल्दाद र मदाद; यहोसु मोसाको खातिर डाह गर्छन्‌ (२६-३०)

      • बट्टाई चराहरू पठाइन्छ; लोभी भएकोले मानिसहरूले सजाय पाउँछन्‌ (३१-३५)

गन्ती ११:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:११; व्य ९:१९; भज १०६:२३; या ५:१६

गन्ती ११:३

फुटनोट

  • *

    यसको अर्थ हो, “बलेको।” अर्थात्‌, ज्वाला।

मार्जिनल रेफरेन्स

  • +व्य ९:२२

गन्ती ११:४

फुटनोट

  • *

    यसले तिनीहरूमाझ भएका गैर-इस्राएलीहरूको समूहलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३७, ३८; लेवी २४:१०
  • +१कोरि. १०:६, १०
  • +भज ७८:१८, २२; १०६:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९५, पृ. १६

गन्ती ११:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२०, पृ. २५-२६

गन्ती ११:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:३५; गन २१:५

गन्ती ११:७

फुटनोट

  • *

    मसिना पात र ससाना फूल हुने एक किसिमको रूख।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:१४; नहे ९:२०; युह ६:३१
  • +प्रस्थ १६:३१

गन्ती ११:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:१६, २३

गन्ती ११:९

मार्जिनल रेफरेन्स

  • +भज ७८:२४

गन्ती ११:१०

मार्जिनल रेफरेन्स

  • +गन ११:१

गन्ती ११:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:४; व्य १:१२

गन्ती ११:१२

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१४, १५; २६:३

गन्ती ११:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:१७, १८; व्य १:९

गन्ती ११:१५

मार्जिनल रेफरेन्स

  • +१रा १९:२, ४; अय्यु ६:८, ९

गन्ती ११:१६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य १६:१८

गन्ती ११:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:११; २५:२२; ३४:५; गन १२:५
  • +गन ११:२५; १२:८
  • +१स १०:६; २रा २:१५; नहे ९:२०; प्रे २:१७
  • +प्रस्थ १८:२१, २२

गन्ती ११:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१०
  • +प्रस्थ १६:७
  • +गन ११:४, ५
  • +प्रस्थ १६:८

गन्ती ११:२०

फुटनोट

  • *

    शा., “त्यो तिमीहरूको नाकको प्वालबाट ननिस्कुन्जेल।”

मार्जिनल रेफरेन्स

  • +भज ७८:२९
  • +गन २१:५

गन्ती ११:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३७; ३८:२६; गन १:४५, ४६

गन्ती ११:२३

मार्जिनल रेफरेन्स

  • +उत्प १८:१४; यसै ५९:१; मर्कु १०:२७; लुका १:३७

गन्ती ११:२४

मार्जिनल रेफरेन्स

  • +गन ११:१६

गन्ती ११:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३३:९; गन १२:५; व्य ३१:१५
  • +भज ९९:७
  • +गन ११:१७; २रा २:९, १५
  • +१स १०:६; १९:२०

गन्ती ११:२८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:९; २४:१३; ३३:११; गन २७:१८-२०; व्य ३१:३
  • +मर्कु ९:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१७, पृ. ३०

गन्ती ११:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१७, पृ. ३०

    प्रहरीधरहरा,

    ८/१/२००४, पृ. २६

    ९/१५/१९९५, पृ. १८

गन्ती ११:३१

फुटनोट

  • *

    एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:१३; भज ७८:२६, २७

गन्ती ११:३२

फुटनोट

  • *

    एक होमेर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

गन्ती ११:३३

मार्जिनल रेफरेन्स

  • +भज ७८:३०, ३१; १कोरि. १०:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९५, पृ. १६

गन्ती ११:३४

फुटनोट

  • *

    यसको अर्थ हो, “लालचीहरूलाई गाडेको ठाउँ।”

मार्जिनल रेफरेन्स

  • +गन ३३:१६; व्य ९:२२
  • +१कोरि. १०:६

गन्ती ११:३५

मार्जिनल रेफरेन्स

  • +गन ३३:१७

अरू

गन्ती ११:२प्रस्थ ३२:११; व्य ९:१९; भज १०६:२३; या ५:१६
गन्ती ११:३व्य ९:२२
गन्ती ११:४प्रस्थ १२:३७, ३८; लेवी २४:१०
गन्ती ११:४१कोरि. १०:६, १०
गन्ती ११:४भज ७८:१८, २२; १०६:१४
गन्ती ११:५प्रस्थ १६:३
गन्ती ११:६प्रस्थ १६:३५; गन २१:५
गन्ती ११:७प्रस्थ १६:१४; नहे ९:२०; युह ६:३१
गन्ती ११:७प्रस्थ १६:३१
गन्ती ११:८प्रस्थ १६:१६, २३
गन्ती ११:९भज ७८:२४
गन्ती ११:१०गन ११:१
गन्ती ११:११प्रस्थ १७:४; व्य १:१२
गन्ती ११:१२उत्प १३:१४, १५; २६:३
गन्ती ११:१४प्रस्थ १८:१७, १८; व्य १:९
गन्ती ११:१५१रा १९:२, ४; अय्यु ६:८, ९
गन्ती ११:१६व्य १६:१८
गन्ती ११:१७प्रस्थ १९:११; २५:२२; ३४:५; गन १२:५
गन्ती ११:१७गन ११:२५; १२:८
गन्ती ११:१७१स १०:६; २रा २:१५; नहे ९:२०; प्रे २:१७
गन्ती ११:१७प्रस्थ १८:२१, २२
गन्ती ११:१८प्रस्थ १९:१०
गन्ती ११:१८प्रस्थ १६:७
गन्ती ११:१८गन ११:४, ५
गन्ती ११:१८प्रस्थ १६:८
गन्ती ११:२०भज ७८:२९
गन्ती ११:२०गन २१:५
गन्ती ११:२१प्रस्थ १२:३७; ३८:२६; गन १:४५, ४६
गन्ती ११:२३उत्प १८:१४; यसै ५९:१; मर्कु १०:२७; लुका १:३७
गन्ती ११:२४गन ११:१६
गन्ती ११:२५प्रस्थ ३३:९; गन १२:५; व्य ३१:१५
गन्ती ११:२५भज ९९:७
गन्ती ११:२५गन ११:१७; २रा २:९, १५
गन्ती ११:२५१स १०:६; १९:२०
गन्ती ११:२८प्रस्थ १७:९; २४:१३; ३३:११; गन २७:१८-२०; व्य ३१:३
गन्ती ११:२८मर्कु ९:३८
गन्ती ११:३१प्रस्थ १६:१३; भज ७८:२६, २७
गन्ती ११:३३भज ७८:३०, ३१; १कोरि. १०:१०
गन्ती ११:३४गन ३३:१६; व्य ९:२२
गन्ती ११:३४१कोरि. १०:६
गन्ती ११:३५गन ३३:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती ११:१-३५

गन्ती

११ अब मानिसहरूले यहोवा परमेश्‍वरसामु साह्रै गनगन गर्न थाले। यस्तो गनगन सुनेपछि यहोवा परमेश्‍वरलाई असाध्यै रिस उठ्‌यो। अनि यहोवा परमेश्‍वरले आगो बर्साउनुभयो, जसले गर्दा छाउनीको छेउछाउतिर भएका कोही-कोही भस्म भए। २ मानिसहरूले मोसालाई गुहार्न थालेपछि तिनले यहोवा परमेश्‍वरलाई उत्कट बिन्ती गरे;+ त्यसपछि आगो निभ्यो। ३ त्यसैले त्यो ठाउँको नाम तबेरह* राखियो किनभने त्यहाँ तिनीहरूमाथि यहोवा परमेश्‍वरको आगो बर्सेको थियो।+

४ अनि तिनीहरूसँगै जाने विदेशीहरूले*+ खानेकुराको साह्रै लालसा गरे+ र इस्राएलीहरूले पनि फेरि रोइकराइ गर्दै यसो भन्‍न थाले: “हामीलाई कसले मासु खान देला?+ ५ मिश्रमा छँदा सित्तैँमा खान पाइरहेको माछा हामी झलझली सम्झन्छौँ। त्यहाँ काँक्रो, खरबुजा, प्याज र लसुनको कुनै अभाव थिएन!+ ६ तर अहिले त हामी सुक्दै गइरहेका छौँ। यहाँ मन्‍नबाहेक* अरू केही छैन।”+

७ मन्‍न+ धनियाँको दानाजस्तो+ थियो र यो गोकुल धूपको* चोपजस्तै देखिन्थ्यो। ८ मानिसहरू यताउता छरिएर मन्‍न जम्मा गर्थे अनि त्यसलाई जाँतोमा पिँध्थे वा ओखलमा कुट्‌थे। त्यसपछि त्यसलाई खड्‌कुँलाहरूमा हालेर उमाल्थे वा गोलो रोटीजस्तो बनाउँथे।+ यसको स्वाद तेलमा पकाएको गुलियो रोटीजस्तो हुन्थ्यो। ९ राती छाउनीमा शीत झर्दा मन्‍न पनि सँगसँगै झर्थ्यो।+

१० मोसाले मानिसहरू आ-आफ्नो परिवारसहित आएर तिनको पालको प्रवेशद्वारमा रोइरहेको सुने। यो देखेर यहोवा परमेश्‍वर असाध्यै रिसाउनुभयो+ अनि मोसा पनि एकदमै खिन्‍न भए। ११ तब मोसाले यहोवा परमेश्‍वरलाई भने: “तपाईँ आफ्नो सेवकलाई किन दुःख दिनुहुन्छ? तपाईँलाई अप्रसन्‍न तुल्याउन मैले त्यस्तो के गरेँ, जसले गर्दा तपाईँ मलाई यी मानिसहरूको बोझ बोक्न लगाउनुहुन्छ?+ १२ के म यिनीहरूको आमा हुँ र? के मैले यिनीहरूलाई जन्माएको हुँ र? यिनीहरूका पुर्खाहरूलाई तपाईँले जुन देश दिन्छु भनेर शपथ खानुभएको थियो,+ त्यहाँसम्म यिनीहरूलाई ‘सुसारेले दूधे बालकलाई आफ्नो छातीमा बोकेजस्तै बोकेर लैजाऊ’ भनेर किन भन्‍नुहुन्छ? १३ मानिसहरू मकहाँ आएर ‘हामीलाई मासु खान दिनुहोस्‌!’ भनेर रोइकराइ गरिरहेका छन्‌। तर मैले यत्रो मानिसहरूलाई कहाँबाट मासु ल्याएर दिने? १४ अब म एक्लैले यी मानिसहरूको बोझ बोक्न सक्दिनँ; मलाई असह्‍य भइसक्यो।+ १५ तपाईँले मसित यस्तै व्यवहार गर्ने हो भने बिन्ती छ बरु मलाई मार्नुहोस्‌।+ तर तपाईँको निगाह पाएको छु भने योभन्दा धेरै दुर्दशा देख्न नपरोस्‌।”

१६ यो सुनेपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूका नाइकेहरूमध्ये ७० जना पुरुष छान, जसलाई तिमीले इस्राएलीहरूका नाइके र अधिकारीको रूपमा चिनेका छौ।+ अनि तिनीहरूलाई भेट हुने पालमा* ल्याऊ र तिमीसँगै उभिन लगाऊ। १७ म तल आएर+ त्यहाँ तिमीसित कुरा गर्नेछु+ अनि तिमीमा भएको पवित्र शक्‍ति+ अलिकता लिएर ती पुरुषहरूमा हालिदिनेछु; त्यसपछि तिनीहरूले तिमीलाई मानिसहरूको बोझ बोक्न मदत गर्नेछन्‌ र तिमी एक्लैले त्यो बोझ बोक्नुपर्नेछैन।+ १८ तिमीले मानिसहरूलाई यसो भन्‍नू, ‘भोलिको लागि आफूलाई तयार पार;+ तिमीहरूले मासु खान पाउनेछौ किनभने तिमीहरूले रोइकराइ गरेर जे-जे भन्यौ, त्यो यहोवा परमेश्‍वरले सुन्‍नुभएको छ।+ तिमीहरू यसो भनेर करायौ: “हामीलाई कसले मासु खान देला? बरु मिश्रमै हाम्रो अवस्था राम्रो थियो!”+ यहोवा परमेश्‍वरले तिमीहरूलाई अवश्‍य मासु दिनुहुनेछ र तिमीहरूले खान पाउनेछौ।+ १९ तिमीहरूले १ दिन, २ दिन, ५ दिन, १० दिन वा २० दिन होइन २० तर पूरै महिनाभरि मासु खानेछौ, वाक्क नहोउन्जेल* खानेछौ; यहाँसम्म कि तिमीहरूलाई त्यो देखेर घिन लाग्नेछ+ किनभने तिमीहरूले आफ्नो माझमा हुनुहुने यहोवा परमेश्‍वरलाई तिरस्कार गरेर यसो भन्दै रोइकराइ गऱ्‍यौ: “हामीले बेकारमा मिश्र छोडेर आयौँ!”’”+

२१ तब मोसाले भने: “यहाँ पुरुषहरू नै ६ लाख छन्‌+ तर तपाईँ भन्‍नुहुन्छ, ‘म तिनीहरूलाई मासु खान दिनेछु र तिनीहरूले अघाउन्जेल पूरै महिनाभरि मासु खानेछन्‌!’ २२ यहाँ भएका सबै भेडाबाख्रा र गाईवस्तु काटे पनि सबैलाई पुग्ला र? अथवा समुद्रमा भएका सबै माछा मारे पनि सबैलाई भाग पुग्ला र?”

२३ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “के यहोवाको हात छोटो छ र?+ मैले भनेको कुरा पूरा गर्छु कि गर्दिनँ, अब तिमीले देख्नेछौ।”

२४ अनि मोसा त्यहाँबाट गए र यहोवा परमेश्‍वरले भन्‍नुभएको कुरा मानिसहरूलाई सुनाए। तिनले नाइकेहरूको माझबाट ७० जना पुरुष छाने र तिनीहरूलाई पालको वरिपरि उभिन लगाए।+ २५ तब यहोवा परमेश्‍वरले बादलमा ओर्लेर+ तिनीसित कुरा गर्नुभयो+ अनि उहाँले मोसामा भएको पवित्र शक्‍ति+ अलिकता लिएर ती ७० जना नाइकेमा राखिदिनुभयो। पवित्र शक्‍ति बास गर्नेबित्तिकै तिनीहरूले भविष्यवक्‍ताको रूपमा काम गरे+ तर त्यसपछि भने गरेनन्‌।

२६ तर एल्दाद र मदाद नाम गरेका दुई जना पुरुष भने छाउनीमै बसिरहे। तिनीहरू भेट हुने पालमा नगए पनि तिनीहरूमा पवित्र शक्‍तिले बास गऱ्‍यो किनभने तिनीहरू छानिएकाहरूमध्येका थिए। त्यसैले तिनीहरूले छाउनीमै भविष्यवक्‍ताको रूपमा काम गर्न थाले। २७ यो देखेर एक जना युवक मोसाकहाँ दौडँदै आए र यो खबर सुनाए: “एल्दाद र मदादले छाउनीमा भविष्यवक्‍ताको रूपमा काम गर्दै छन्‌!” २८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्‌!”+ २९ तर मोसाले तिनलाई भने: “के तिमी मेरो खातिर डाह गर्दै छौ? म त चाहन्छु, यहोवा परमेश्‍वरले आफ्ना सबै सेवकलाई पवित्र शक्‍ति देऊन्‌ अनि यहोवा परमेश्‍वरका सबै सेवक नै भविष्यवक्‍ता होऊन्‌!” ३० पछि मोसा इस्राएलका नाइकेहरूसँगै छाउनीमा फर्के।

३१ त्यसपछि यहोवा परमेश्‍वरले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू उडाएर ल्यायो र तिनीहरू छाउनीको वरिपरि खस्न थाले।+ छाउनीको दुवैतर्फ एक दिनको बाटोसम्म भुईँभरि बट्टाई चराहरू थिए र त्यो दुई हात* बाक्लो थियो। ३२ तब मानिसहरूले त्यस दिनभरि र रातभरि सुत्दै नसुती चराहरू बटुले। त्यसको भोलिपल्ट पनि दिनभरि नै तिनीहरूले चराहरू बटुलिरहे। कसैले पनि १० होमेरभन्दा* कम बटुलेन; त्यसपछि तिनीहरूले त्यसलाई छाउनीको चारैतिर सुकाए। ३३ तर मासु मानिसहरूको मुखैमा छँदा, तिनीहरूले चपाउन नपाउँदै यहोवा परमेश्‍वरको क्रोध तिनीहरूमाथि दन्क्यो अनि यहोवा परमेश्‍वरले थुप्रै मानिसलाई मार्नुभयो।+

३४ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम किब्रोथ-हत्तावाह*+ राखे किनभने आफ्नो लालसाले गर्दा ज्यान गुमाएका मानिसहरूको+ लास तिनीहरूले त्यहाँ गाडे। ३५ अनि मानिसहरू किब्रोथ-हत्तावाहबाट हजेरोथतिर लागे र त्यहीँ बसे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने