प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • बेबिलोनविरुद्ध घोषणा (१-२२)

        • यहोवाको दिन नजिकै छ! (६)

        • मादीहरूले बेबिलोनलाई परास्त गर्नेछन्‌ (१७)

        • बेबिलोन सदाको लागि निर्जन हुनेछ (२०)

यसैया १३:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै १:१
  • +यर्मि २५:१२; ५०:१-३; प्रका १८:२

यसैया १३:२

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:१२, २७, २८

यसैया १३:३

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१

यसैया १३:४

मार्जिनल रेफरेन्स

  • +दा ५:२८
  • +यर्मि ५०:१५

यसैया १३:५

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:११
  • +यर्मि ५०:९; ५१:२८

यसैया १३:६

मार्जिनल रेफरेन्स

  • +यसै १३:१८; यर्मि ५०:१३

यसैया १३:७

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:४३

यसैया १३:८

मार्जिनल रेफरेन्स

  • +दा ५:६

यसैया १३:९

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:२३, २९

यसैया १३:१०

फुटनोट

  • *

    शा., “र केसिल तारामण्डलहरूले।” यसले सिकारी अर्थात्‌ मृगशिरा तारामण्डल र त्यसवरपरका अन्य तारामण्डललाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +अय्यु ९:९; ३८:३१; आमो ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १०९-११०

यसैया १३:११

मार्जिनल रेफरेन्स

  • +भज १३७:८; यर्मि ५१:३७; प्रका १८:२
  • +यर्मि ५०:२९; दा ५:२२, २३

यसैया १३:१२

मार्जिनल रेफरेन्स

  • +१रा १०:११; यर्मि ५०:३०; ५१:३, ४

यसैया १३:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:२९

यसैया १३:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:१६

यसैया १३:१५

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:३, ४

यसैया १३:१६

मार्जिनल रेफरेन्स

  • +भज १३७:८, ९

यसैया १३:१७

मार्जिनल रेफरेन्स

  • +यसै २१:२; यर्मि ५०:९; ५१:११; दा ५:३०, ३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. १४

यसैया १३:१८

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:१४

यसैया १३:१९

मार्जिनल रेफरेन्स

  • +यसै ४७:५; दा ४:३०
  • +यसै ४७:१
  • +उत्प १९:२४, २५; यर्मि ५०:४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    उपयोगी किताब, पृ. २७-२८

यसैया १३:२०

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:३, १३; ५१:२९, ३७; प्रका १८:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    प्रहरीधरहरा,

    ४/१/१९९८, पृ. १९-२०

    उपयोगी किताब, पृ. २९

यसैया १३:२१

फुटनोट

  • *

    वा “अस्ट्रिजहरूको।”

मार्जिनल रेफरेन्स

  • +प्रका १८:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६१

यसैया १३:२२

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:३३

अरू

यसै. १३:१यसै १:१
यसै. १३:१यर्मि २५:१२; ५०:१-३; प्रका १८:२
यसै. १३:२यर्मि ५१:१२, २७, २८
यसै. १३:३यसै ४५:१
यसै. १३:४दा ५:२८
यसै. १३:४यर्मि ५०:१५
यसै. १३:५यर्मि ५१:११
यसै. १३:५यर्मि ५०:९; ५१:२८
यसै. १३:६यसै १३:१८; यर्मि ५०:१३
यसै. १३:७यर्मि ५०:४३
यसै. १३:८दा ५:६
यसै. १३:९यर्मि ५०:२३, २९
यसै. १३:१०अय्यु ९:९; ३८:३१; आमो ५:८
यसै. १३:११भज १३७:८; यर्मि ५१:३७; प्रका १८:२
यसै. १३:११यर्मि ५०:२९; दा ५:२२, २३
यसै. १३:१२१रा १०:११; यर्मि ५०:३०; ५१:३, ४
यसै. १३:१३यर्मि ५१:२९
यसै. १३:१४यर्मि ५०:१६
यसै. १३:१५यर्मि ५१:३, ४
यसै. १३:१६भज १३७:८, ९
यसै. १३:१७यसै २१:२; यर्मि ५०:९; ५१:११; दा ५:३०, ३१
यसै. १३:१८यर्मि ५०:१४
यसै. १३:१९यसै ४७:५; दा ४:३०
यसै. १३:१९यसै ४७:१
यसै. १३:१९उत्प १९:२४, २५; यर्मि ५०:४०
यसै. १३:२०यर्मि ५०:३, १३; ५१:२९, ३७; प्रका १८:२१
यसै. १३:२१प्रका १८:२
यसै. १३:२२यर्मि ५१:३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया १३:१-२२

यसैया

१३ आमोजका छोरा यसैयाले+ एउटा दर्शन* देखे। तिनले दर्शनमा बेबिलोनविरुद्ध यस्तो घोषणा+ गरेको सुने:

 २ “नाङ्‌गो डाँडामा एउटा झन्डा ठड्‌याओ।+

आफ्नो हात हल्लाउँदै तिनीहरूलाई बोलाओ

र तिनीहरू ठूलाबडाका ढोकाहरूबाट छिरेर भित्र आऊन्‌।

 ३ ज-जसलाई मैले नियुक्‍त गरेँ, तिनीहरूलाई मैले आदेश दिएको छु।+

मेरो रिस पोखाउन मैले आफ्ना योद्धाहरूलाई भेला गरेको छु।

तिनीहरू घमन्डले फुल्छन्‌ र खुसी मनाउँछन्‌।

 ४ सुन! डाँडाहरूबाट भीडको आवाज आइरहेको छ,

असङ्‌ख्य मानिसहरू जम्मा भएजस्तो सुनिन्छ।

सुन! राष्ट्रहरू जम्मा भएको कोलाहल सुनिँदै छ,

जातिजातिका मानिसहरू भेला भएका छन्‌।+

सेनाहरूका यहोवाले युद्धको निम्ति सेना तयार पार्दै हुनुहुन्छ।+

 ५ पूरै पृथ्वीको विनाश गर्न+

यहोवा आफ्नो क्रोधका हातहतियारसहित

टाढाको देशबाट आउँदै हुनुहुन्छ,

आकाशको पल्लो छेउबाट आउँदै हुनुहुन्छ।+

 ६ डाँको छोडेर रोओ किनकि यहोवाको दिन नजिकै छ!

त्यो दिन सर्वशक्‍तिमान्‌ परमेश्‍वरले विनाश गर्ने दिन हो।+

 ७ त्यसैले सबैका हात लल्याकलुलुक हुनेछन्‌

र हरेकको मुटु डरले काँप्नेछ।+

 ८ मानिसहरू भयभीत भएका छन्‌।+

सुत्केरी बेथा लागेकी स्त्रीलाई झैँ

तिनीहरूलाई पीडाले छोपेको छ; तिनीहरू छटपटाइरहेका छन्‌।

तिनीहरू अक्क न बक्क भएर एकअर्कालाई हेर्छन्‌।

तिनीहरूको अनुहारमा त्रास छाएको छ।

 ९ हेर! यहोवाको दिन क्रोध र बल्दो रिससहित आउँदै छ,

त्यस दिन कसैमाथि दया देखाइनेछैन।

त्यस दिन देशका पापीहरूको नामोनिसान मेटाइनेछ+

र मानिसहरू देशको हालत देखेर डरले थरथर काँप्नेछन्‌।

१० किनकि आकाशका तारा र तारामण्डलहरूले*+

आफ्नो चमक दिनेछैनन्‌।

उदाउँदै गरेको सूर्यसमेत अँध्यारो हुनेछ

र चन्द्रमाले आफ्नो ज्योति छर्नेछैन।

११ म पृथ्वीका बासिन्दाहरूसँग तिनीहरूको खराबीको लेखा लिनेछु+

र दुष्टहरूलाई तिनीहरूको गल्तीको सजाय दिनेछु।

म अहङ्‌कारीहरूको सेखी झारिदिनेछु

र तानासाहहरूको घमन्डलाई चूरचूर पारिदिनेछु।+

१२ अनि म मानिसको यस्तो हालत बनाउनेछु कि

निखुर सुन र ओपिरको सुन फेला पार्न सकिनेछ तर मानिसलाई भने फेला पार्न सकिनेछैन।+

१३ त्यसैले म आकाशलाई थरथर काँप्न लगाउनेछु

र पृथ्वीलाई हल्लाएर त्यसको ठाउँबाट उखेलिदिनेछु।+

सेनाहरूका यहोवाले आफ्नो बल्दो रिस पोख्ने दिनमा त्यसो गर्नुहुनेछ।

१४ सिकारीले खेदेको हरिणझैँ अनि गोठालो नभएर तितरबितर भएको बगालझैँ

तिनीहरू सबै आ-आफ्नै मानिसहरूकहाँ

र आ-आफ्नो भूमिमा फर्कनेछन्‌।+

१५ जो-जो फेला पर्छन्‌, ती सबै वारपार हुनेगरि छेडिनेछन्‌

अनि जो-जो पक्राउ पर्छन्‌, ती सबै तरबारले काटिनेछन्‌।+

१६ तिनीहरूका छोराछोरीलाई तिनीहरूकै आँखाअगाडि पछारी-पछारी मारिनेछ।+

तिनीहरूको घर लुटिनेछ।

तिनीहरूका स्वास्नीहरूको इज्जत लुटिनेछ।

१७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्‌न सुऱ्‍याउनेछु।+

उनीहरूका लागि चाँदी त केही पनि होइन।

अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्‌।

१८ उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+

गर्भको शिशुलाई अनि केटाकेटीलाई

उनीहरूले रतीभर दयामाया देखाउनेछैनन्‌।

१९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+

जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्‌,+

त्यसलाई परमेश्‍वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+

२० त्यहाँ कहिल्यै कुनै मानिस बस्नेछैन।

पुस्तौँपुस्तासम्म त्यहाँ कसैले बसोबास गर्नेछैन।+

कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन।

अनि कुनै गोठालोले आफ्नो बगाललाई त्यहाँ विश्राम गराउनेछैन।

२१ मरुभूमिका जीवहरू त्यहाँ बस्नेछन्‌।

तिनीहरूका घर लाटोकोसेरोले भरिनेछन्‌।

त्यो सुतुरमुर्गहरूको* घर हुनेछ+

र जङ्‌गली बाख्राहरू त्यहाँ बुर्लुक-बुर्लुक उफ्रनेछन्‌।

२२ त्यसका किल्लाहरूमा जनावरहरू स्वर उचाली-उचाली कराउनेछन्‌

अनि त्यसका भव्य महलहरूमा स्यालहरू कराउनेछन्‌।

त्यसको समय सिद्धिनै लागेको छ; त्यसको दिन धेरै बाँकी छैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने