भजनसङ्ग्रह
निर्देशकलाई; “नाश हुन नदिनुहोस्”-अनुसार। मिक्ताम।* दाउद साउलदेखि भागेर गुफामा लुकेको बेला दाउदले रचेको भजन।+
५७ ममाथि अनुग्रह गर्नुहोस्, हे परमेश्वर, ममाथि अनुग्रह गर्नुहोस्
किनकि म तपाईँमा शरण लिन्छु।+
विपत्ति नटरुन्जेल तपाईँका पखेटाहरूको छायामा म शरण लिन्छु।+
२ म सर्वोच्च परमेश्वरलाई पुकार्छु,
म साँचो परमेश्वरलाई पुकार्छु, जसले मेरा विपत्तिहरूको अन्त गरिदिनुहुन्छ।
३ उहाँले स्वर्गबाट मदत गर्नुहुनेछ र मलाई बचाउनुहुनेछ।+
मलाई आक्रमण गर्नेलाई उहाँले विफल तुल्याइदिनुहुनेछ। (सेला)
परमेश्वरले आफ्नो अटल प्रेम र वफादारी देखाउनुहुनेछ।+
४ म सिंहहरूले घेरिएको छु;+
मलाई खर्लप्पै निल्न चाहनेहरूको बीचमा म पस्रिनुपरेको छ,
जसका दाँत भाला र काँडजस्तै छन्
अनि जसको जिब्रो धारिलो तरबारजस्तै छ।+
५ हे परमेश्वर, स्वर्गमा तपाईँको महिमा होस्;
तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्।+
६ मेरो खुट्टाको लागि तिनीहरूले पासो थापेका छन्;+
म कष्टले झुकेको छु।+
मेरो बाटोमा तिनीहरूले खाल्टो खने
तर तिनीहरू आफै त्यसमा परे।+ (सेला)
१० किनकि तपाईँको अटल प्रेम अपार छ, त्यो स्वर्गजत्तिकै उच्च छ+
अनि तपाईँको वफादारी आकाशजत्तिकै उच्च छ।
११ हे परमेश्वर, स्वर्गमा तपाईँको महिमा होस्;
तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्।+