प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ६/८ पृ. ३१
  • विचार पुऱ्‍याएर मात्रै बसाइँ सर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विचार पुऱ्‍याएर मात्रै बसाइँ सर्नुहोस्‌!
  • ब्यूँझनुहोस्‌!—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ भाषा सिक्न असम्भव छैन!
    ब्यूँझनुहोस्‌!—२००७
  • के तपाईं नयाँ भाषा सिक्न चाहनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२०००
  • एउटा सम्पन्‍न देशमा बसाइँ सर्न अघि राम्ररी सोच-विचार गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ६/८ पृ. ३१

विचार पुऱ्‍याएर मात्रै बसाइँ सर्नुहोस्‌!

दक्षिण अफ्रिकाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

के तपाईं विदेशमा बसाइँ सर्ने विचारमा हुनुहुन्छ? बसाइँ सर्नुअघि के तपाईंले सबै कामकुराबारे विचार पुऱ्‍याउनुभएको छ? हामीले यहाँ आर्थिक खर्चबारे मात्र कुरा गरिरहेका छैनौं। हुन त मानिसहरू आर्थिक सुरक्षाको लागि नै बसाइँ सर्ने विचार गर्छन्‌। हामीले यहाँ भन्‍न खोजेको कुरा चाहिं बसाइँ सरिसकेपछि मात्र थाह पाउने तीता वास्तविकताहरूबारे हुन्‌। र ती वास्तविकताहरू थाह पाउँदासम्म आफ्नो मातृभूमि फर्किन पनि नमिल्ने भइसकेको हुन्छ। निम्न बुँदाहरू तपाईंलाई तर्साउन औंल्याइएको होइन तर ती विचार गर्न योग्यका छन्‌:

“नयाँ भाषा सिक्न नम्रता र प्रयासको खाँचो पर्छ। भाषा नबुझेर गल्तीहरू गर्दा सानो बच्चाले समेत छक्क मान्दै ट्‌वाल्ल हेर्दा निरुत्साहित हुनुपर्ला। आफूबाट गल्ती भइरहँदा र आफ्नो गल्तीको कारण बारम्बार हाँसोको पात्र हुँदा नम्रताको कठोर परीक्षा हुन्छ। स्थानीय भाषा नजानेका विदेशीहरूले असाध्यै एक्लो महसुस गर्छन्‌।”—रोजमेरी, जापानमा कार्यरत मिसनरी।

शायद, तपाईंलाई त्यस ठाउँमा कामचलाउ भाषा आउँछ जस्तो लाग्ला। तर के तपाईं सँगै बसाइँ सर्न लागेको तपाईंको सम्पूर्ण परिवारलाई पनि तपाईंलाई जत्तिकै भाषा आउँछ?

इच्छा विपरीत कुनै परिवारको सदस्यलाई फकाइ फुस्लाइ लगिएको छ भने, परिवारमा कस्तो असर पर्छ नि? स्त्रीहरूको मनोस्वभाव त्रैमासिक (अंग्रेजी) भन्‍ने पत्रिकाले यसो भन्छ: “[मेक्सिकोका] केही स्त्रीहरूले बसाइँ सर्ने या नसर्ने विषयमा आफ्नो विचार व्यक्‍त गर्ने मौका पाएनन्‌ र प्रथमतः बसाइँ सर्ने इच्छा नै हुँदैन नता बसाइँ सरिसकेपछि पनि सधैंको लागि संयुक्‍त राज्यमै बस्ने इच्छा गर्छन्‌।” यस्तो परिस्थितिले पारिवारिक एकतामै धक्का पुऱ्‍याउँछ। तर परिवारको शिर मात्र बसाइँ सर्छ भने नि?

अफ्रिकामा जनसंख्या, बसाइँ सराइ र शहरीकरण (अंग्रेजी) नामक पुस्तकमा गरिएको अनुमानअनुसार दक्षिण अफ्रिकाका केही दुर्गम देशहरूमा ५० प्रतिशतभन्दा “बढी पुरुषहरू घरमा हुँदैनन्‌।” यस्तो अनुपस्थितिले गर्दा परिवारमा आनन्द र स्थिरता भन्‍ने नै हुँदैन। यसले गर्दा वैवाहिक जोडीहरू अनैतिकतामा फस्ने खतरा पनि बढ्‌छ। बसाइँ सर्ने निर्णय गरोस्‌ या नगरोस्‌, परिवार सँगै बस्न पाए कत्ति उत्तम हुनेछ! पारिवारिक एकता एउटा यस्तो कुरा हो जुन पैसाले पनि किन्‍न सकिंदैन।

अनि, जातीय पूर्वाग्रहको सामना गर्नुपर्ने अर्को एउटा ठूलो बोझ छ। भारतबाट बसाइँ सरेका एक जना यसो भन्छन्‌: “ ‘वर्णभेदको’ आधारमा गरिने भेदभाव कस्तो हुन्छ मैले इंगल्याण्ड आएपछि मात्र थाह पाएँ। त्यो कुरा बुझ्दा असाध्यै विचलित भएँ। एउटा तीतो अनुभव। म यहाँबाट भागेर भारत फर्किन चाहन्थें।”—द अनमेल्टिङ पट

अतः, बसाइँ सर्नुअघि आफैलाई प्रश्‍न गर्नुहोस्‌: ‘अरू केही उपायहरू छन्‌ कि? घरमै काँटछाँट गर्न पो सकिन्छ कि? विदेशमा बसाइँ सर्नु के बुद्धिमानी हुनेछ?’ यो हुन पनि सक्छ, नहुन पनि सक्छ तर निर्णय गर्नुअघि येशूको यस उत्तम सल्लाहलाई विचार गर्नुहोस्‌: “तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा त्यो सिध्याउने सम्मको खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन?”—लूका १४:२८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने