प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ११/८ पृ. २८-२९
  • के ज्ञान प्राप्त गर्न साधु बन्‍नैपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ज्ञान प्राप्त गर्न साधु बन्‍नैपर्छ?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गलत अनुमानहरूमा आधारित
  • साधु हुन आवश्‍यक छैन
  • तपाईं पार्थिव प्रमोदवनमा विश्‍वास गर्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • कस्तो प्रेमले साँचो आनन्द दिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • प्राणको लागि उत्तम आशा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • पुनरुत्थानमाथि तपाईं कत्तिको विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ११/८ पृ. २८-२९

बाइबलको दृष्टिकोण

के ज्ञान प्राप्त गर्न साधु बन्‍नैपर्छ?

“भिक्षुहरू साङ्‌लो, सिक्री, काँडे पेटी र कठालोमा तीखा तीखा वस्तुहरू झुन्डाएका पोसाक लगाउँथे . . . कत्तिले चाहिं कीराले आफ्नो शरीर टोकोस्‌ भनेर शरीरभरि काँडा र सिस्नुहरू झुन्डाउँथे, आफैलाई आगोले डढाउँथे अनि घाउबाट पीप बगिरहन लगाउँथे। थोरै खानपिन गरेर जीवन धान्‍नु साधारण कुरा थियो भने कत्तिले त सडेगलेका वा घिनलाग्दा खानेकुरा खाएर अचाक्ली गर्थे।”—एडिथ सिमोनद्वारा लिखित सन्तहरू (अंग्रेजी)।

तिनीहरू साधु थिए। तिनीहरू आफैले आफैलाई किन क्रूर व्यवहार गरे? संसारको खातिर—बौद्धमार्गी तथा मसीही भिक्षुवादको उत्प्रेरक (अंग्रेजी) नामक पुस्तकमा लेखक बताउँछन्‌, “सुकरातका समयदेखि (सा.यु.पू. पाँचौं शताब्दी) साँचो ज्ञान प्राप्त गर्न अति नै सरल, कामवासना र भौतिक सुखविलासरहित जीवन यापन गर्नुपर्छ भन्‍ने ठानिन्थ्यो।” शारीरिक सुखविलास वशमा राख्नाले आफ्नो आध्यात्मिक चेतना बढ्‌छ र साँचो ज्ञान प्राप्त हुन्छ भनी साधुहरू सोच्थे।

साधु भनेको वास्तवमा यही हो भन्‍न गाह्रो छ। कसै कसैको विचारमा यो आत्मअनुशासन वा आत्मतिरस्कार मात्र हो। प्रारम्भिक मसीहीहरूले यस्ता सद्‌गुणहरू मूल्यवान्‌ ठान्थे। (गलाती ५:२२, २३; कलस्सी ३:५) येशू ख्रीष्ट स्वयंले भौतिकवादी जीवनशैलीबाट उत्पन्‍न हुनसक्ने फिक्रीबिनाको सरल जीवन बिताउने सुझाउ दिनुभयो। (मत्ती ६:१९-३३) तथापि, साधु बन्‍नु भनेको प्रायजसो कठोर तथा कहिलेकाहीं त माथि उल्लेख गरिएझैं असाध्यै कठोर कुराहरू गर्नुसित सम्बन्धित छ। के साधुहरूका यस्ता व्यवहार र विशेषगरि तिनीहरूको अचाक्ली क्रूर व्यवहारहरूद्वारा साँच्चै ज्ञान प्राप्त हुन्छ त?

गलत अनुमानहरूमा आधारित

साधु बन्‍न बढावा दिने थुप्रै दर्शनहरू छन्‌। तीमध्ये एउटा हो, भौतिक कुराहरू र शारीरिक सुखविलासहरू खराब हुन्‌ र त्यसले आध्यात्मिक उन्‍नतिमा अवरोध पुऱ्‍याउँछ। साधु बन्‍न उक्साउने अर्को धारणा चाहिं मानिसमा शरीर र आत्मा दुइटा बेग्लाबेग्लै कुरा हुन्‌ भन्‍ने सर्वव्याप्त विश्‍वास हो। भौतिक शरीर आत्माको झ्यालखाना र शरीर चाहिं त्यसको शत्रु हो भनी साधुहरू विश्‍वास गर्छन्‌।

बाइबल के भन्छ? परमेश्‍वरले पृथ्वी सृष्टि गरी सक्नुभएपछि उहाँले बनाउनुभएका यावत्‌ थोकहरू अर्थात्‌ उहाँका सबै भौतिक सृष्टिहरू “साह्रै राम्रो थियो” भनेर उहाँले घोषणा गर्नुभयो भनी बाइबलले बताउँछ। (उत्पत्ति १:३१) पुरुष र स्त्रीले अदनको बगैंचामा भौतिक आनन्द उठाउन सकून्‌ भन्‍ने परमेश्‍वरको चाहना थियो। अदनको अर्थ नै “सुख” वा “आनन्द” हो। (उत्पत्ति २:८, ९) आदम र हव्वा सिद्ध थिए र पाप नगरुञ्जेल सृष्टिकर्तासँग तिनीहरूको राम्रो सम्बन्ध थियो। त्यसपछि, पाप परमेश्‍वर र मानिसबीच पर्खाल बन्यो। तैपनि, परमेश्‍वरका नैतिक व्यवस्थाहरूअनुसार जायज मानव इच्छाहरू वा परमेश्‍वरले दिनुभएका शारीरिक आनन्दहरू भोग गरेको खण्डमा त्यो परमेश्‍वर र उहाँका उपासकहरूबीच कहिल्यै पर्खाल बन्‍ने थिएन!—भजन १४५:१६.

यस अलावा, मानिस माटोबाट सृष्टि गरियो र शरीर बन्यो, जो स्वयं प्राण हो भनी बाइबलले स्पष्ट सिकाउँछ। प्राण भौतिक शरीरभित्र रहेको एक प्रकारको अमूर्त र अमर अस्तित्व हो भन्‍ने सिद्धान्तलाई धर्मशास्त्रले समर्थन गर्दैन। न त परमेश्‍वरसँग घनिष्ठ सम्बन्ध कायम गर्न शरीरले रोक्छ भन्‍ने विचारलाई नै समर्थन गर्छ।—उत्पत्ति २:७.

स्पष्टतया, साधुहरूको धारणाले परमेश्‍वरप्रति मानिसको दृष्टिकोण नै गलत छ भनेर देखाउँछ। बाइबलका आधारभूत सत्यहरूको सट्टा केही मसीही भनाउँदाहरूले मानिसका धूर्त दर्शनहरू रुचाउनेछन्‌ भनी प्रेरित पावलले चेताउनी दिए। (१ तिमोथी ४:१-५) यो मत मान्‍ने केही व्यक्‍तिहरूबारे एक धर्मसम्बन्धी इतिहासकार यसो भन्छन्‌: “दुष्टता . . . र भौतिक कुराहरूका मोहबाट मानिसहरूको आत्मा मुक्‍त हुनुपर्छ भन्‍ने विश्‍वासले गर्दा साधु बन्‍ने कठोर मतको लहर चल्यो। अनि मासु खान, यौनसम्बन्ध राख्नाका साथसाथै अन्य थुप्रै कुराहरू निषेध गरियो जो विशेष दीक्षा प्राप्त गरेका सर्वश्रेष्ठ ‘पवित्र जनहरू’ वा परफेक्टी-ले मात्र पालन गर्नसक्थे।” यस्ता विचारधारालाई बाइबलले समर्थन गर्दैन साथै प्रारम्भिक मसीहीहरू यस्ता विश्‍वास गर्दैनन्‌ थिए।—हितोपदेश ५:१५-१९; १ कोरिन्थी ७:४, ५; हिब्रू १३:४.

साधु हुन आवश्‍यक छैन

येशू र उहाँका चेलाहरू साधु थिएनन्‌। तिनीहरूले अनेकन्‌ परीक्षा र सतावटहरू भोगे। तर आफैले ती सतावटहरू ल्याएका थिएनन्‌। मानिसहरूका धूर्त दर्शनहरूले परमेश्‍वरको वचनबाट नतर्काओस्‌ र अव्यवहारिक तथा हदबाहिरका कार्य गर्न नलगाओस्‌ भनेर प्रेरित पावलले मसीहीहरूलाई होशियार हुन चेताउनी दिए। पावलले विशेषगरि “शरीरलाई दुःख दिने” कुरा बताए। तिनले यसो भने: “यी कुरा स्वेच्छाअनुसारको उपासना, नम्रता र शरीरलाई दुःख दिने बुद्धि माफिकका साँच्चिनै देखा पर्छन्‌ तर शरीरको क्षतिपूर्तिको निम्ति केही मोलका हुँदैनन्‌।” (कलस्सी २:८, २३) साधु बन्‍नाले कुनै विशेष प्रकारको पवित्रता वा साँचो ज्ञानतर्फ डोऱ्‍याउँदैन।

हो, मसीही आज्ञाकारीताले कडा प्रयत्न र आत्मसंयमलाई बोध गराउँछ। (लूका १३:२४; १ कोरिन्थी ९:२७) परमेश्‍वरको ज्ञान प्राप्त गर्न कडा प्रयत्न गर्नुपर्छ। (हितोपदेश २:१-६) साथै, बाइबलले “अभिलाषा र सुख-विलास[को]” दास नबन्‍न तथा “परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” नहुन कडा सल्लाह दिन्छ। (तीतस ३:३; २ तिमोथी ३:४, ५) तथापि, यस्ता धर्मशास्त्रीय पद्यांशहरूले साधु बन्‍न स्वीकृति दिदैंन। सिद्ध मानिस येशू ख्रीष्टले खानु, पिउनु, संगीत र नृत्यजस्ता रमाइला क्षणहरूको आनन्द उठाउनुभयो।—लूका ५:२९; यूहन्‍ना २:१-१०.

साँचो ज्ञान व्यवहारिक हुन्छ, अरठ्ठो होइन। (याकूब ३:१७) यहोवा परमेश्‍वरले जीवनका अनेकन्‌ आनन्दहरू उठाउनसक्ने क्षमतासहित हामीलाई सृष्टि गर्नुभएको छ। हामी खुशी भएको उहाँ चाहनुहुन्छ। त्यसैले, उहाँको वचनले हामीलाई यसो भन्छ: “जीवित छँदानै सबैभन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन भनी म जान्दछु। त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्‍वरको दान हो।”—उपदेशक ३:१२, १३.

[पृष्ठ २८-मा भएको चित्रको स्रोत]

गुफामा सन्त जेरोम/The Complete Woodcuts of Albrecht Dürer/Dover Publications, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने