प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ २/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
ब्यूँझनुहोस्‌!—१९९८
g९८ २/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

दादागिरी गर्नु—यसमा के खराबी छ र? “युवा जनहरू सोध्छन्‌ . . . दादागिरी गर्नु—यसमा के खराबी छ र?” (अप्रिल ८, १९९७) लेखको लागि धन्यवाद। स्कूलमा सबैभन्दा कमजोरलाई सबैले हेप्छन्‌ र म पनि जबरजस्ती त्यसै गर्न पुगें। तर यस लेखमा दिइएको सुझाउले मलाई त्यस व्यक्‍तिको मर्म बुझेर दादागिरी नगर्न मदत गऱ्‍यो। फेरि एक चोटि तपाईंहरूलाई धन्यवाद छ।

एम. एन., फ्रान्स

म १७ वर्षकी केटी हुँ र यो लेखको लागि धेरै धन्यवाद। मैले आफ्नो प्रार्थनाको जवाफ पाएँ र मैले निकै प्रोत्साहन पाएकी छु। यहोवाले दादागिरी गर्ने कामलाई घृणा गर्नुहुन्छ भन्‍ने थाह पाएपछि आफ्नो आचरणमा आवश्‍यक छाँटकाँट गर्न निकै मदत पाएकी छु। सुनौलो नियम र येशूको उदाहरणले पनि म निकै प्रभावित भएकी छु र उचित व्यवहार गर्न मदत पाउँछु।

भी. टि., इटाली

हालै प्रतीक्षालयमा मैले ब्यूँझनुहोस्‌! पत्रिकामा यस उत्तम लेख पढें। दादागिरीले कस्तो दीर्घकालीन हानि पुऱ्‍याउनसक्छ भनेर मैले अवश्‍य बुझेकी छु। मेरो दाइले [म, आफ्नै बहिनीलाई] मौखिक, भावनात्मक तथा शारीरिक दुर्व्यवहार गर्नुहुन्थ्यो। त्यसो गर्नुको कारण सोधें भने कुम हल्लाउनुहुन्थ्यो अनि हाँस्दै ठट्टा पो गरेको भन्‍नुहुन्थ्यो। मसित हँसीमिजास गर्ने मनोभाव नभएको हुँदा मैले नै गर्दा त्यसो भएको हो भन्‍नुहुन्थ्यो। म १३ वर्षकी र उहाँ १५ वर्षको हुँदा उहाँले यौन दुर्व्यवहार गर्ने धम्की दिन थाल्नुभयो। मलाई उहाँको सधैं डर लाग्थ्यो किनभने मभन्दा जेठो, ठूलो र बलियो हुनुहुन्थ्यो! मेरा आमाबाबुले मलाई कहिल्यै जोगाउनुभएन। जीवनका यस्ता गहन विषयहरूबारे लेख्नुभएकोमा ब्यूँझनुहोस्‌!-लाई धन्यवाद छ। मलाई थाह छ, यसो गर्न साहस चाहिन्छ। मलाई लाग्छ यस लेखद्वारा तपाईंहरूले धेरैको हृदय छुनुभयो।

बी. एस. एम., संयुक्‍त राज्य

विश्‍वव्यापी बगैंचा “विश्‍वव्यापी बगैंचा—सपना वा भावी वास्तविकता?” शीर्षकको श्रृंखलाबद्ध उत्तम लेखहरूका लागि धन्यवाद नदिई सक्दिनँ। (मे ८, १९९७) हो, बगैंचा तथा रंगहरूले हाम्रो स्वास्थ्यमा राम्रो असर गर्छ र हामीलाई आनन्दित बनाउनसक्छ। मलाई “पुनः प्रमोदवनतर्फ” शीर्षकको लेख असाध्यै मन पऱ्‍यो। ती थोरै शब्दहरू असाध्यै प्रोत्साहनदायी थिए अर्थात्‌ “बाटो यही हो” भनेको निमन्त्रणाजस्तै थियो। त्यो दिन कति रमाइलो हुनेछ जब सूर्योदयदेखि सूर्यास्तसम्म पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने काममा भाग लिन पाउनेछौं! मलाई चित्रकला तथा हस्तकला मनपर्ने हुँदा यी पत्रिकाहरूका चित्रहरू मलाई रमाइलो लाग्छ।

भी. आर., अस्ट्रेलिया

यी लेखहरूका लागि म तपाईंहरूको तारिफ गर्छु। मलाई असाध्यै मन पऱ्‍यो। म झण्डै ८० वर्ष पुग्न लागें र अझै पनि बगैंचामा काम गर्न रमाइलो लाग्छ। मेरा फूल तथा तरकारीहरू कुनै प्रतियोगितामा पनि प्रथम नहोलान्‌ तर मलाई घरबाहिर बगैंचामा काम गर्न रमाइलो लाग्छ। मानिसहरूले बगैंचाहरूमा काम गर्न मन पराउनुको कारण यी लेखहरू पढेपछि अझ राम्ररी बुझेकी छु।

आर. आर., संयुक्‍त राज्य

विवाह जोगाउने? “के वैवाहिक अवफादारीपछि पनि पतिपत्नी सँगै बस्नसक्छन्‌?” (मे ८, १९९७) लेख पढेपछि यहोवाले मलाई नै पत्र पठाउनुभएको जस्तो लाग्यो। मैले जे जे भोगें र जस्तो महसुस गरें त्यही कुराहरू उक्‍त लेखमा बताइएको थियो। मेरा श्रीमान्‌ मप्रति अवफादार हुनुभयो तर उहाँले साँचो पश्‍चात्ताप गर्नुभयो। उक्‍त लेखमा उल्लेख गरिएझैं मलाई आँधीतूफान आएजस्तो लाग्यो। मैले उहाँलाई क्षमा गर्ने निर्णय गरें तर कहिलेकाहीं मलाई आफ्ना विचारहरू देखेर लाज लाग्थ्यो। मेरा भावनाहरू पूर्णतया स्वाभाविक र उचित रहेछन्‌ भनेर बुझ्न त्यो लेखले मदत गऱ्‍यो। यहोवाले हाम्रो प्रयासमा निकै आशिष्‌ दिनुभयो र हाम्रो विवाह टुक्रिन पाएन।

एल. पी., फ्रान्स

हुन त मेरो विवाहबन्धन टुक्रिएको छ तर यो लेख मेरो लागि ठूलो आशिष्‌ साबित भयो किनभने मैले उक्‍त लेखमा बताइएका जस्तै भावनाहरू महसुस गरें। उक्‍त लेखमा उल्लिखित सबै कुराहरू मैले भोगेका जस्तै थिए। मलाई थाह छ, यसबाट लाभ उठाउने अरू व्यक्‍तिहरू पनि छन्‌। कस्तो महसुस हुन्छ भनेर धेरैले बुझ्न सक्दैनन्‌। त्यसकारण, यस लेखले कुरा राम्ररी बुझ्न अन्तरदृष्टि प्रदान गर्नेछ।

एम. सी., आयरल्याण्ड

मेरा पतिको धर्म बेग्लै छ र हाम्रो विवाह भएको नौ वर्ष भइसक्यो तर उहाँले मलाई धोखा दिनुभयो। यद्यपि, “के विवाह यथावत राख्न लायकको छ?” उपशीर्षकमनिका अनुच्छेदहरू पढेपछि मन हल्का भयो। मेरा श्रीमान्‌ हाम्रो वैवाहिक सम्बन्धका साथै अर्की स्त्रीसितको सम्बन्ध पनि यथावत राख्न चाहनुहुन्छ। यसकारण, यो विवाह अन्त गर्ने निर्णय गरेकीमा म खुसी छु। अब मैले जीवनमा नयाँ मोड ल्याउनुछ र बच्चालाई एक्लैले हुर्काउनुछ।

एम. एस. बी., ट्रीनिडाड

यस पढूँपढूँ लाग्ने तथा हृदयस्पर्शी लेखको लागि धन्यवाद। पुनर्मिलन गर्न सकिएला कि नसकिएला भनेर निर्णय गर्न यो सुझाउ असाध्यै राम्रो थियो। मेरो श्रीमान्‌ले धोखा दिनुभयो भने म उहाँलाई कहिल्यै क्षमा गर्न सक्दिनँ होला भन्ठानेकी थिएँ। तर त्यस्तै हुनुपर्छ भन्‍ने छैन रहेछ भनेर अहिले बुझेकी छु। पक्कै पनि यस्तो अवफादारी निन्दनीय कुरा हो तर कसरी मदत पाउने भनेर धर्मशास्त्रीय अन्तरदृष्टि दिनुभएमा धन्यवाद। यहोवामा भरोसा राख्दा मैले गम्भीर निराशामाथि विजयी हुन सकें र पतिलाई क्षमा दिने बल पाएँ किनभने उहाँले साँचो पश्‍चात्ताप गर्नुभयो (अहिले पनि पश्‍चात्तापी मनोभाव देखाउनुहुन्छ)।

एस. एन., संयुक्‍त राज्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने