प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ९/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • के रेभ लाभदायक मनोरञ्जन हो?
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ९/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

विश्‍वदर्शन म अखबारमा काम गर्छु। मेरा थुप्रै सहकर्मीहरू आफ्नो पेशाका लागि केही तौरतरिकाहरू सिक्न “विश्‍वदर्शन” स्तम्भ पढ्‌न रुचाउँछन्‌। म आफै पनि कतिवटा लेखहरूद्वारा प्रभावित भएको छु भनेर मानिलिन्छु। म खासगरि तपाईंहरूको अनुवादक र प्रूफरिडरहरूको प्रशंसा गर्छु। आमसञ्चार माध्यममा यस्तो उच्चस्तरीय भाषा त विरलै पाइन्छ।

जे. बी., चेकिया

मैले वर्षौंअघि ब्यूँझनुहोस्‌! पढ्‌न थाल्दा मलाई सबैभन्दा नरमाइलो लाग्ने लेख “विश्‍वदर्शन” थियो। अहिले भने अति सूचनामूलक लाग्छ। भनौं भने, टिभी समाचारमा प्रसारण नभएका विश्‍व घटनाहरू मैले “विश्‍वदर्शन”-मा पाएको छु। यो उत्कृष्ट कामलाई निरन्तरता दिइरहनुहोस्‌ है!

आइ. के. एम. सी., ब्राजिल

समलैंगिकता “बाइबलको दृष्टिकोण: के मसीहीहरूले समलिंगीहरूलाई घृणा गर्नु उचित हो?” शीर्षक लेख भएको जनवरी ८, १९९८ को ब्यूँझनुहोस्‌! पाउँदा म रोमाञ्चित भएँ। यो लेख अति राम्रोसँग लेखिएको र संवेदनशील विषयलाई सन्तुलित ढंगमा प्रस्तुत गरिएको थियो।

एल. डब्ल्यु., संयुक्‍त राज्य

कामदेखि वाक्क मैले “के तपाईं आफ्नो कामदेखि वाक्क हुनुहुन्छ?” (जनवरी ८, १९९८) लेखको एक प्रति मेरो सुपरभाइजरलाई दिएँ। भोलि बिहान उहाँले उक्‍त लेख उत्कृष्ट छ भनेर बताउनुभयो। उहाँले उक्‍त लेख मेरा सहकर्मीहरूलाई पनि दिनुभयो अनि एक प्रति चाहिं सबैले देख्ने टेबुलमा राख्नुभयो। तपाईंहरूको लेख चाहिएकै बेला ठ्याक्क पायौं!

भि. एल., संयुक्‍त राज्य

चाखलाग्दो सूचनाका लागि धन्यवाद। म १७ वर्षीया जागिरदार हुँ। यस लेखले मेरो काम कसरी अझ आनन्ददायी बनाउने भनी अत्युत्तम सल्लाह दियो। धन्यवाद!

इ. ए., इटाली

यस लेखका लागि मुरीमुरी धन्यवाद। म अहिले सिकारु प्रशिक्षणको दोस्रो वर्षमा छु। मलाई झ्याउ लागेर यो कामै गर्न मन नलाग्ने भइरहेको थियो। यस लेखले मलाई कामबाट पुनः आनन्द उठाउन मदत गऱ्‍यो।

आइ. एफ., जर्मनी

रेभ म १९ वर्षकी हुँ र मलाई टेक्नो संगीत सुन्‍न साह्रै मन पर्छ। तर म “युवा जनहरू सोध्छन्‌ . . .के रेभ लाभदायक मनोरञ्जन हो?” लेख पाएर हुनसम्म खुसी भएँ। (जनवरी ८, १९९८) यस प्रकारको संगीतबारे एकदमै सही तरिकाले वर्णन गरेको पहिलो लेख यही हो। म खासगरि “रेभमा भाग लिनु अनुचित होला र?” भन्‍ने परिच्छेदका लागि कृतज्ञ छु। लेखका प्रश्‍न र शास्त्रपदहरूद्वारा सरल अनि व्यवहारिक निष्कर्षमा पुग्नसकें।

ए. पी., स्लोभेनिया

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने