प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ४/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल पढ्‌नु लाभदायक छ
  • स्वरको हेरचाह
  • “अफिस बिरामी”
  • तिब्बतको मौसम अध्ययन
  • औषधीको रूपमा कमिला
  • पंजाबीहरू र मृगौला पत्थरी
  • आप्रवासीहरूको मृत्यु हुनसक्ने खतरा
  • सहस्राब्दी सिद्धिसक्यो?
  • गलत कुरामा केन्द्रित भक्‍ति
  • दुर्व्यसनबाट नाफा कमाउने
  • मोटोपन—के यो विश्‍वव्यापी महामारी भएको छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • के मोटोपन साँच्चै एउटा समस्या हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • तेस्रो सहस्र वर्ष कहिले सुरु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ४/८ पृ. २८-२९

विश्‍वदर्शन

बाइबल पढ्‌नु लाभदायक छ

एसोसिएटेड प्रेसको एउटा अध्ययनअनुसार अत्यन्तै कम बाइबल पढ्‌नेहरूको तुलना गरेर हेर्दा हप्तामा कम्तीमा एक चोटि बाइबल पढ्‌ने अमेरिकीहरू बढी आनन्दित तथा सन्तुष्टी महसुस गर्छन्‌। इलिनोइस्थित मार्केट फ्याक्ट्‌स इन्कर्पोरेसनद्वारा सञ्चालित अमेरिकी वयस्कहरूको सर्वेक्षणअनुसार प्रायजसो बाइबल पढ्‌नेहरूमध्ये झण्डै ९० प्रतिशतले सधैं वा धेरैजसो समय मनोशान्ति अनुभव गरेको पाइयो जबकी महिनाको एक चोटि पनि बाइबल नपढ्‌नेहरूमध्ये ५८ प्रतिशतले मात्र त्यस्तो मनोशान्ति पाए। साथै, नियमित तवरमा बाइबल पढ्‌नेहरूमध्ये १५ प्रतिशतलाई अरूले आफूलाई ग्रहण नगर्ला भन्‍ने चिन्ता लागेको पाइयो भने कहिलेकाहीं मात्र बाइबल पढ्‌नेहरूमध्ये २८ प्रतिशतले त्यस्तो चिन्ता गरेको देखियो। प्रायजसो बाइबल पढ्‌नेहरूमध्ये १२ प्रतिशतलाई मात्र मृत्युबारे कहिलेकाहीं वा असाध्यै चिन्ता लाग्दो रहेछ भने कहिलेकाहीं मात्र पढ्‌नेहरूमध्ये २२ प्रतिशतले त्यस्तो चिन्ता गर्दा रहेछन्‌।

स्वरको हेरचाह

शिक्षकजस्तो धेरै बोल्नुपर्ने व्यक्‍तिको घाँटीमा बल पर्ने वा स्वर बस्ने खतरा बढी हुन्छ भनी द टोरन्टो स्टार बताउँछ। त्यसरी नै हल्लाखल्ला भएको ठाउँमा ठूलो स्वरले चिच्याउँदा पनि स्वर नलीहरूमा क्षति पुग्नसक्छ। कानेखुसी गर्नु वा गला सफा गरिरहने बानी लागेको छ भने पनि स्वर बिग्रनसक्छ भनी बोली तथा भाषा विशेषज्ञ बनी मान भन्छिन्‌। समस्या गम्भीर होउञ्जेल पर्खनु बुद्धिमानी होइन र घाँटी तथा कुमलाई आराम मिल्ने आसनमा बस्नेतर्फ ध्यान दिन प्रोत्साहन दिन्छिन्‌। उनी यसो पनि भन्छिन्‌: “सबैभन्दा महत्त्वपूर्ण कुरा, गलालाई सधैं भिजाइराख्नुपर्छ।” धेरै बोल्नुपर्छ भने दिनभरि नै अलि अलि पानी पिइरहने सुझाउ मान दिन्छिन्‌।

“अफिस बिरामी”

सिएना विश्‍वविद्यालय आसन केन्द्रका निर्देशक प्राध्यापक माउरेट्‌स्यो रेचार्डीद्वारा सञ्चालित एउटा अध्ययनअनुसार धेरै चलहल गर्नु नपर्ने जीवनशैलीले गर्दा ८० प्रतिशतभन्दा बढी इटालेलीहरू आसनसम्बन्धी समस्या भोग्छन्‌। यी “अफिस बिरामी” भोग्नेहरूमध्ये आधाभन्दा बढीले ढाड तथा टाउको दुख्ने, वाकवाकी र रिंगटा लाग्ने अनि शारीरिक सन्तुलन कायम गर्न नसक्ने, रक्‍तचाप तलमाथि हुने, पखाला, कब्जियत, ठूलो आन्द्रामा घाउ अनि पेट दुख्ने लक्षणहरू भएको गुनासो गर्छन्‌ भनी एल मेसाजेरो अखबारले रिपोर्ट गऱ्‍यो। रेचार्डी भन्छन्‌, यी समस्याहरूबाट बच्न “जापानी तथा चिनियाँहरू घण्टैपिच्छे सानातिना व्यायामहरू गर्छन्‌ जबकी हाम्रोलागि व्यायाम भनेकै कफी खाउञ्जेल मात्र हो।”

तिब्बतको मौसम अध्ययन

एसिया प्रसान्त क्षेत्रका दसवटा राष्ट्रहरूले वर्षायामको अध्ययन गर्न संयुक्‍त रूपमा परीक्षणहरूको आयोजना गरेका छन्‌ भनी न्यु साइन्टिस्ट पत्रिका बताउँछ। एसियाका अधिकांश क्षेत्रहरू खेतीपातीको लागि वर्षायामको पानीमा निर्भर छन्‌ तर वर्षायाम वर्षैपिच्छे एकदमै फरक फरक हुनसक्छ। मौसमविद्‌हरूको विचारमा वर्षाको प्रमुख कारण तिब्बती समस्थल हो तर परीक्षणको लागि तिब्बतबाट कुनै तथ्यांक प्राप्त भएको छैन। चीनसित सम्झौता गरेपछि तापक्रम, आद्रता, बतास तथा हिमाली मौसमका अन्य तत्त्वहरूमाथि निगरानी राख्न तिब्बतमा स्वचालित उपकरणहरू जडान गरिएका छन्‌। यसबाट प्राप्त जानकारीको आधारमा एसियाली वर्षायामबारे राम्ररी बुझ्न सकिएला भन्‍ने अनुसन्धानकर्ताहरूको आशा छ।

औषधीको रूपमा कमिला

सन्‌ १९४७ को युद्धमा चिनियाँ सैन्य शल्यचिकित्सक वु जेचेनले घाइतेहरूलाई संक्रमण हुनबाट बचाउनु परेको थियो तर तिनीसित भएका औषधीहरू सबै सिद्धिसकेका थिए। झण्डै हार मानिसकेका वुले एक स्थानीय चिकित्सकको मदत मागे र पहिलेदेखि प्रचलित चिनियाँ औषधी प्रयोग गर्ने सुझाउ दिए। त्यो थियो, कमिला उमालिएको पानीले घाउ सफा गर्ने तथा विशेष प्रकारको कमिलाबाट तयार पारिएको औषधी सेवन गर्ने। चाइना टुडे-अनुसार प्राप्त परिणाम यति प्रोत्साहनजनक थियो कि डा. वुले औषधीको रूपमा कमिलाको प्रयोगसम्बन्धी लामो अनुसन्धान थाले। कमिलाको औषधीले रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलित राख्छ भन्‍ने तिनको विश्‍वास छ र यसो भन्छन्‌: “कमिला, पोषक तत्त्वहरूको एउटा सानो भण्डार नै हो। यसमा हाम्रो शरीरलाई चाहिने ५० भन्दा बढी पोषक तत्त्व, २८ वटा अमिनो एसिड तथा विभिन्‍न खनिज तथा रासायनिक तत्त्वहरू छन्‌।”

पंजाबीहरू र मृगौला पत्थरी

भारतको पंजाब प्रान्त तथा त्यस इलाका वरपरका मानिसहरूलाई संसारका अन्य मानिसहरूलाई भन्दा मृगौला पत्थरी हुने सम्भावना बढी छ भनी इन्डिया टुडे इन्टरनेशनल रिपोर्ट गर्छ। पंजाबीहरू कडा मेहनत गर्ने र पेटभरी भोजन गर्नेहरू भनी चिनिन्छन्‌ तर त्यस्तो पोल्ने घाम लाग्ने गर्मी महिनाहरूमा पनि तिनीहरू पर्याप्त पानी पिउँदैनन्‌ भनी उक्‍त रिपोर्टले बताउँछ। यसकारण, हालै सम्पन्‍न अन्तरराष्ट्रिय मृगौला सम्मेलनले त्यस इलाकालाई संसारको “पत्थरी क्षेत्र” भनेर नामाकरण गऱ्‍यो। त्यहाँको मृगौला पत्थरी लगभग दुईदेखि तीन सेन्टिमिटरसम्मको [झण्डै एक इन्च] हुन्छ जबकी यूरोप तथा संयुक्‍त राज्यमा एक सेन्टिमिटर [आधा इन्च भन्दा कम] मात्र हुन्छ। धेरैजसो भारतीयहरूले सानोतिनो दुखाइलाई वास्ता नगर्ने वा उपचार गराउन सकेसम्म पन्छाउने प्रवृत्तिले गर्दा यसो भएको हो भनी उक्‍त रिपोर्ट बताउँछ। मृगौला विशेषज्ञहरू भन्छन्‌, स्वस्थ मानिसले दिनहुँ कम्तीमा लगभग दुई लिटर स्वच्छ पानी पिउनुपर्छ।

आप्रवासीहरूको मृत्यु हुनसक्ने खतरा

वर्षेनी हजारौं आप्रवासीहरू जागिर तथा उत्तम जीवनस्तरको खोजमा ज्यानको खतरा मोलेर गैरकानुनी ढंगमा दक्षिण अफ्रिका घुस्छन्‌। भनिन्छ, लिम्पोपो नदीमा पौडदाँ त्यस्ता सयौं आप्रवासीहरू गोहीको शिकार बन्‍न पुग्छन्‌। अरू कतिपय चाहिं क्रुगर राष्ट्रिय निकुञ्ज हुँदै पैदल हिंड्‌दा हात्तीद्वारा किल्चीमिल्ची हुन्छन्‌ वा सिंहहरूको शिकार बन्छन्‌। निकुञ्ज अधिकृतहरूले हालै पाँचवटा नरभक्षी सिंह मारे। जोहानेसबर्गको अखबार द स्टार यस्तो रिपोर्ट गर्छ, “पाँचवटा सिंहको सिनो परीक्षण गर्दा ती पशुहरूको पाचन प्रणालीमा मानव अवशेषहरू भेटिए।” जंगली जनावरहरूले यति नै जना गैरकानुनी आप्रवासीहरूको ज्यान लिए भन्‍ने थाह नभए तापनि “नियमित तवरमा गरिने गस्तीबाट मानिसका पदचिह्नहरू एकाएक बेपत्ता भएको पत्ता लागेको छ” भनी उक्‍त अखबार बताउँछ। “पूरा बढिसकेको भाले [सिंहले] ७० किलोग्राम मासु एकै छाकमा खानसक्छ। मानव अवशेषहरू भेटिने सम्भावना पनि अत्यन्तै कम छ किनभने त्यो बाँकी मासु खान हुँडार र स्यालहरू आइहाल्छन्‌।”

सहस्राब्दी सिद्धिसक्यो?

शास्त्रविद्‌हरूअनुसार “वास्तवमा केही वर्षअघि नै सहस्राब्दी सुरु भइसक्यो। तर के गर्ने, हामीलाई होसै भएन,” न्युजवीक पत्रिका भन्छ। त्यसो हुनुको कारण? हाम्रा पात्रोहरू “मनोमानी ढंगमा समय विभाजनको आधारमा” बनाइएका छन्‌। भनिन्छ, ख्रीष्टको जन्ममितिलाई आधार मानिएको छ। तर त्यही लेख यस्तो टिप्पणी गर्छ, “ईश्‍वीपूर्व[भन्दा]” केही वर्षअघि येशू जन्मनुभएको हो भनी आधुनिक शास्त्रविद्‌हरू विश्‍वास गर्छन्‌। न्युजवीक-अनुसार त्यसोभए “हामी तेस्रो सहस्राब्दीमा प्रवेश गरिसक्यौं।” डायोनोसियस शर्टले यस्तो गल्ती गरेका हुन्‌ जसलाई पोप जोन प्रथमले सा.यु. ५२५ मा चर्चका रीतिथिति समाविष्ट गरिएको सर्वमान्य पात्रो बनाउन अह्राएका थिए। डायोनोसियसले येशूको जन्मलाई निर्णायक बिन्दु बनाए तर गणना गर्दा गल्ती गरे। “येशूको जन्ममिति यकिनन्‌ यही हो भनेर इतिहासकारहरूले कहिल्यै थाह पाउनेछैनन्‌” भनी न्युजवीक बताउँछ। “उहाँको जन्मोत्सव मनाइने दिन, क्रिसमसको मिति पनि मिलेको छैन। शास्त्रविद्‌हरूको विचारमा माघेसंक्रान्तिका गैरमसीही पर्वहरू एकै दिनमा पार्न अनि त्यसलाई धार्मिक तवरमै हटाउन चर्चले डिसेम्बर २५ छानेको हो।” बाइबलको कालक्रमले देखाएअनुसार येशू, सा.यु.पू. २ मा जन्मनुभएको हो।

गलत कुरामा केन्द्रित भक्‍ति

जून १, १९९७ का दिन मेक्सिको शहरको एउटा भूमिगत रेल स्टेशनको भित्तामा एउटा आकृति देखियो र त्यो स्पष्टतः आद्रताले गर्दा भएको थियो। थुप्रै भक्‍तालु क्याथोलिकहरूले यो आकृति कन्या मरियम अर्थात्‌ ग्वाडेलोपको कुमारीले असाधारण दर्शन दिएकी भन्ठाने। “क्याथोलिक चर्चले यस भूमिगत रेल स्टेशनमा मरियम देखा पर्नु साँचो चमत्कार नभई स्टेशनको भित्तामा पानीले बन्‍न गएको प्राकृतिक आकृति हो भनी बताएको कुरा” एल युनिभर्सल अखबार बताउँछ। तैपनि, धेरै मानिसहरू त्यसप्रति भक्‍तिभाव देखाउँछन्‌ र त्यो आकृति हेर्न “प्रति घण्टा हजारौंको दरले” मानिसहरू ओइरिन्छन्‌। उक्‍त आकृतिको लागि निर्माण गरिएको एउटा सानो खोपीको क्याथोलिक पादरीले समुद्‌घाटन गरे।

दुर्व्यसनबाट नाफा कमाउने

संयुक्‍त राष्ट्र संघअनुसार सारा संसारभरि लगभग ३४ करोड लागूपदार्थका दुर्व्यसनीहरू छन्‌। झर्नल डा टार्डे-को रिपोर्टअनुसार त्यस्ताहरूमध्ये “अत्यधिकलाई ट्रान्क्वीलाइजर तथा सिडेटिभहरूको नशा लागेको छ, भनौं भने विश्‍व जनसंख्याको झण्डै ४ प्रतिशत अर्थात्‌ २२.७५ करोड दुर्व्यसनीहरूलाई। त्यसपछि आउँछ गाँजा खानेहरू, विश्‍व जनसंख्याको २.५ प्रतिशत अर्थात्‌ १४.१ करोड दुर्व्यसनीहरू।” अवैध लागूपदार्थमध्ये केवल ५ देखि १० प्रतिशत मात्र प्रहरीले पक्रन सकेको अनुमान छ। वर्षेनी चार खरब अमेरिकी डलर बराबरको लागूपदार्थ बेचबिखन हुन्छ। कुनै कुनै अवस्थामा यस्ता लागूपदार्थ बिक्रेताहरूले ३०० प्रतिशतसम्म नाफा कमाउँछन्‌ र “यत्तिको नाफा अरू कुनै व्यापारमा हुँदैन” भनी उक्‍त अखबार बताउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने