प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ६/८ p. १२
  • चराले कैदीलाई के सिकाउनसक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चराले कैदीलाई के सिकाउनसक्छ?
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००३
  • स्थानान्तरणका रहस्यहरू केलाउँदै
    ब्यूँझनुहोस्‌!—१९९५
ब्यूँझनुहोस्‌!—२०००
g00 ६/८ p. १२

चराले कैदीलाई के सिकाउनसक्छ?

दक्षिण अफ्रिकाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

दक्षिण अफ्रिकाको दर्बानबाट प्रकाशित हुने सन्डे ट्रिब्युन-अनुसार पोल्समोर झ्यालखानामा कैदीहरूको हृदय कोमल बनाउन चराहरूले मदत गरिरहेका छन्‌। हाल १४ जना कैदीहरू, कोकाटेल र लभबर्ड नाउँ गरेका चराहरूको हेरविचार गर्ने कार्यक्रममा भाग लिइरहेका छन्‌।

यो कार्यक्रम कसरी सञ्चालन हुन्छ? यस कार्यक्रममा भाग लिइरहेका प्रत्येक कैदीको कोठामा इन्क्युबेटर राखिन्छ। भर्खरै कोरलिएका चराका बच्चाहरू कैदीको जिम्मामा लगाइन्छ र तिनीहरूले दिनरात करिब पाँच हप्तासम्म हरेक एक वा दुई घण्टामा आफ्नै हातले ती असहाय बच्चाहरूलाई चारा दिनुपर्छ। त्यसपछि ती बच्चाहरूलाई पिंजडामा हालिन्छ र त्यो पनि कैदीकै कोठामा राखिन्छ। अनि चरा ठूलो भएपछि बेचिन्छ। कोही कोही कैदीहरूले ती चराहरूलाई यस्तो माया गर्न थाल्छन्‌ कि छुट्टिनुपर्दा तिनीहरू रून्छन्‌।

केही कुख्यात अपराधीहरूसमेत चराहरूको हेरविचार गर्न थालेपछि कोमल भएका छन्‌। एक जना कैदीले यसो भने: “मैले मात्र चराहरूलाई तह लगाउने कहाँ हो र, तिनीहरूले पनि मलाई तह लगाउँछन्‌।” अर्का एक जनाले चाहिं चराहरूले मलाई धैर्य र आत्मसंयम खेती गर्न सिकाए भनी बताए। एक जना चोरले चराहरू हेरविचार गर्न थालेपछि मात्र आमाबाबु बन्‍नु भनेको कस्तो “ठूलो जिम्मेवारी” रहेछ भनेर बुझेको बताए। तिनले आफू कैदमा हुनुअघि आफ्ना छोराछोरीको वास्तै गर्दैनथे।

चराहरूको हेरविचार गर्दा ती कैदीहरूलाई अर्को फाइदा पनि छ। “यहाँ सिकेको सीपले गर्दा तिनीहरूले पछि बाहिर चरा पालन वा पशु चिकित्सकको काम पनि पाउनसक्छन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने