प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ८/८ पृ. ३-४
  • मल्टिपल केमिकल सेन्सिटिभिटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मल्टिपल केमिकल सेन्सिटिभिटी
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एम सि एस—बढ्‌दो समस्या
  • रासायनिक पदार्थहरूको कारण तपाईं बिरामी पर्नुहुँदा
    ब्यूँझनुहोस्‌!—२०००
  • एमसिएस बिरामीहरूलाई मदत गर्ने
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ८/८ पृ. ३-४

मल्टिपल केमिकल सेन्सिटिभिटी

रहस्यमय रोग

पामको घरको चारैतिर कपासको खेती गरिन्थ्यो। ती खेतहरूमा हवाईजहाजबाट समय समयमा कीटनाशक र जीवाणुनाशक औषधी छरिन्थ्यो अनि बतासले उडाएका रासायनिक कणहरू पाम र उनका छिमेकीहरूको घरभित्र छिर्थे।

पामलाई कटकटी टाउको दुख्ने, वाकवाक लाग्ने हुन थाल्यो र उनको स्वास्थ्य दिनपरदिन बिग्रँदै गयो। समय बित्दै जाँदा, पामलाई ती कीटनाशकहरूसित पटक्कै सम्बन्ध नभएजस्तो देखिने पदार्थहरूले पनि असर गर्न थाल्यो। जस्तै, अत्तर, दुर्गन्ध नाशक, क्रिम, सरसफाइ सामग्री, रङ, नयाँ कार्पेट, चुरोटको धुवाँ, कोठा सुगन्धित बनाउने बास्ना इत्यादि। पामका लक्षणहरू सामान्यतया मल्टिपल केमिकल सेन्सिटिभिटी (एम सि एस) भनिने रहस्यम रोगसित मिल्दोजुल्दो छ।a

“दिनहुँ प्रयोग हुने रासायनिक पदार्थहरूको प्रभावले मेरो जीउ फतक्कै गल्छ, दिमागले काम गर्न छोड्‌छ, रिंगटा र वाकवाक लाग्छ” भनी पामले अवेक!-लाई बताइन्‌। “मेरो जीउ फुल्न थाल्छ, कहिलेकाहीं स्वाँस्वाँ हुन्छ, एकाएक डर लागेर आँसुको बलिन्द्र धारा बग्न थाल्छ, मुटु र नाडीको धड्‌कन बढ्‌न थाल्छ अनि फोक्सोमा पानी जम्मा हुन्छ। यसले गर्दा मलाई निमोनियासमेत भएको छ।”

यी लक्षणहरू मान्छेपिच्छे फरक हुने भए तापनि एम सि एस-का लक्षणहरू टाउको दुख्ने, असाध्यै थकाइ लाग्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, छालामा डाबर खटिरा निस्कने, रुघाखोकी ज्वरो लागेजस्तो हुने, दम, पिनास, चिन्ता, निराशा, स्मरण-शक्‍तिमा ह्रास, ध्यान दिन नसक्ने, अनिद्रा, मुटुको धड्‌कन एकरूप नहुने, जीउ फुल्ने, वाकवाक लाग्ने, बान्ता हुने, अपच र छारे रोग हुन्‌। निस्सन्देह, यीमध्ये थुप्रै लक्षण अरू रोगले गर्दा पनि भएको हुनसक्छ।

एम सि एस—बढ्‌दो समस्या

संयुक्‍त राज्य अमेरिकाको विभिन्‍न समूहका मानिसहरूसित सर्वेक्षण लिंदा कुल जनसंख्याको १५ देखि ३७ प्रतिशत मानिसहरूलाई सामान्य रासायनिक पदार्थ र गाडीको धूवाँ, चुरोटको धूवाँ, भर्खरै लगाएको रङ, नयाँ कार्पेट र अत्तरजस्ता रासायनिक गन्धले असाध्यै प्रतिकूल असर पार्ने वा त्यसको एलर्जी हुने पाइयो। तथापि, यीमध्ये ५ प्रतिशत वा त्योभन्दा कम मानिसहरूलाई मात्र एम सि एस भएको पाइयो र यो पनि कुन उमेरका मानिसहरूको समूह हो, त्यसमा भर पर्थ्यो। यो रोगले सताइनेहरूमध्ये तीन चौथाइ महिला थिए।

एम सि एस रोग लागेका धेरैजसोले कीटनाशक वा घोलनलाई दोष दिन्छन्‌। यी दुवै पदार्थहरू र विशेष गरी घोलन वातावरणमा पाइन्छ। घोलन भनेको अरू पदार्थहरू टुक्राउने वा घोल्ने विस्फोटक (एकदमै छिटो बाफ बन्‍ने) पदार्थहरू हुन्‌। यी पदार्थहरू रङ, बार्निस, गुँद, कीटनाशक, सफा गर्ने झोल आदिमा हुन्छन्‌।

यसपछिका लेखहरूमा हामी एम सि एस-लाई अझ गहिरिएर केलाउनेछौं, यो रोगले पीडितहरूको निम्ति के कस्ता मदत उपलब्ध छन्‌ अनि यसको बिरामी होस्‌ या नहोस्‌ तर एम सि एस भएकाहरूको जीवनलाई अझ रमाइलो बनाउन के गर्न सकिन्छ इत्यादि विषयहरू छलफल गर्नेछौं।

[फुटनोट]

a हामीले यहाँ “मल्टिपल केमिकल सेन्सिटिभिटी” भन्‍ने पदावली चलाएका छौं किनभने यसको व्यापक प्रयोग भएको छ। तथापि, यसलाई संकेत गर्ने अरू पदावलीहरू पनि छन्‌, जस्तै, “वातावरणीय बिरामी” र “केमिकल हाइपर सेन्सिटिभिटी सिन्ड्रम”। “सेन्सिटिभिटी” भन्‍नाले प्रायजसो मानिसहरूलाई कुनै पनि असर नपार्ने रासायनिक पदार्थहरूको थोरै परिमाणले पनि प्रतिकूल असर पार्ने अवस्थालाई बुझाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने