प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ९/८ पृ. ३१
  • बाल अपराधबाट मुक्‍त हुन मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाल अपराधबाट मुक्‍त हुन मदत
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • शहरहरूको भविष्य कस्तो छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई हटाउन सकिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • किन मानिसहरू डरै-डरमा जीवन बिताउँछन्‌?
    ब्यूँझनुहोस्‌!—२००५
  • हिंसा—तिनीहरू किन रुचाउँछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ९/८ पृ. ३१

बाल अपराधबाट मुक्‍त हुन मदत

फ्रान्सका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

फ्रान्सका कतिपय सुविधाहरूबाट वञ्चित शहरी क्षेत्रहरूमा नियम कानुन अचाक्ली मात्रामा भंग हुन थालेको वर्तमान घटनाहरूले देखाइरहेका छन्‌। फ्रान्सेली पत्रिका लेक्सप्रेस-अनुसार, “शहरी हिंसा छ वर्षमा पाँच गुणा बढेको छ।” त्योभन्दा पनि हिंसात्मक अपराधमा मुछिएका नाबालकहरूको संख्या नाटकीय ढंगमा बढेको छ।

सार्वजनिक सम्पत्तिको दुरुपयोग, लागूपदार्थको ओसारपसार, लूट, भवनमा आगो लगाउने र चोरी गर्ने कामबाहेक बाल अपराधीहरूले देशका प्रतिनिधिहरूलाई समेत आफ्नो निसाना बनाइरहेका छन्‌। अरूलगायत प्रहरी, अग्नि नियन्त्रक र सार्वजनिक यातायातका कामदारहरूमाथि बारम्बार हिंसात्मक आक्रमण हुने गर्छ।

किन यतिबिघ्न हिंसा? दुई जना समाजशास्त्रीहरूका अनुसार “परिवारहरू टुक्रिंदै गइरहेकोले यस किसिमको अपराधले सबै किसिमको अख्तियार विरुद्ध विद्रोह गरेको संकेत गर्छ।” तिनीहरू “[किशोरकिशोरीहरूले] अख्तियारवालाहरूद्वारा त्यागिएको अनुभव गर्नु” अनि “अर्थपूर्ण भविष्यको आशा” नहुनुजस्ता कुराको पनि उल्लेख गर्छन्‌।

यहोवाका साक्षीहरू अपराध व्याप्त भएका ठाउँहरूमा पनि बाइबलको आशाको सन्देश नियमित तवरमा प्रचार गर्छन्‌। भर्खरै प्रसारित फ्रान्सेली टेलिभिजन कार्यक्रममा एक संवाददाताले यस्तो टिप्पणी गरे: “समाजसेवी, प्रहरी र सरकारले समेत वास्ता गर्न छाडेका इलाका अनि छरछिमेकीहरूकहाँ यहोवाका साक्षीहरू जान्छन्‌। यी भवन र बाटोघाटोहरूमा कुराकानी गर्छन्‌ अनि तिनीहरूका कुरा सुन्छन्‌।” तिनीहरूको कामले सकारात्मक प्रभाव पारेको छ भन्‍ने कुरा ब्यूँझनुहोस्‌! पत्रिकाका जवान पाठकले पठाएको निम्नलिखित पत्रबाट देखिन्छ।

“तपाईंहरूको प्रकाशनका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। तपाईंहरूले मलाई व्यक्‍तिगत तवरमा मात्र नभई परिवारसँगको सम्बन्ध सुधार्न पनि मदत गर्नुभयो। म मुस्लिम परिवारमा जन्मेको १६ वर्षे केटा हुँ।

तपाईंहरू मलाई बाल अपराधबाट उम्कन मदत गर्न सफल हुनुभएको छ। फलस्वरूप, म आफ्नो धर्म पालन गर्छु तर बाइबल पनि पढ्‌छु। तपाईंहरूलाई धेरै धन्यवाद किनभने म स्कूलमा पनि नियमित रूपमा जान थालेको छु। यसबाहेक, मैले आफ्ना छिमेकीहरूलाई हरेक महिना पढ्‌न दिने तपाईंहरूका पत्रिकाले मेरो छिमेकका केही मानिसहरूलाई पनि अपराधमुक्‍त हुन मदत गरेको छ। म तपाईंहरूप्रति निकै कृतज्ञ छु र आफैलाई ऋणी महसुस गर्छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने