प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ४/८ पृ. ३१
  • मह—मधुर निवारक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मह—मधुर निवारक
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • मह—मानिसलाई मौरीको उपहार
    ब्यूँझनुहोस्‌!—२००५
  • माहुरीपालन—“गुलियो” कथा
    ब्यूँझनुहोस्‌!—१९९७
  • बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००२
g०२ ४/८ पृ. ३१

मह—मधुर निवारक

महमा कीटाणुनाशक र सुजन कम गर्ने गुण प्रबल भएको देखेर केही औषधी अनुसन्धाताहरू उत्साहित भएका छन्‌। क्यानाडाको खबरपत्रिका द ग्लोब एण्ड मेल यसो भन्छ: “रोग उत्पन्‍न गर्ने सूक्ष्म कीटाणुहरू विरुद्ध केही गर्न नसक्ने तीन थुप्रो एन्टिबायोटिकहरूको तुलनामा महले संक्रमित घाउहरूमा हुने कुनै-कुनै प्रकारका कीटाणुहरूलाई नाश गर्न सक्छ।”

घाउहरू निको पार्न सक्ने के त्यस्तो तत्त्व छ महमा? यसको जवाफ हो, फूलहरूबाट रस जम्मा गर्ने कामदार माहुरी। माहुरीको ऱ्‍यालमा फूलको रसमा भएको ग्लुकोजलाई टुक्राउने ग्लुकोज-अक्सिडेज भनिने पाच्यरस हुन्छ। यसरी ग्लुकोज टुक्रिंदा हाइड्रोजन पेरअक्साइड बन्छ, जसलाई पहिलेदेखि नै मानिसहरूले घाउहरू सफा गर्न र कीटाणुरहित बनाउन प्रयोग गर्दै आएका छन्‌। सामान्यतया, घाउहरूमा हाइड्रोजन पेरअक्साइड राख्दा यसको असर छोटो समयको लागि मात्र हुन्छ; तर महको सन्दर्भमा भने कुरा अर्कै छ। “घाउमा मह राखेपछि शरीरको तरल पदार्थहरूले यसलाई केही पातलो बनाउँछ र फलस्वरूप महको अम्लीयपन घट्‌छ” भनी ग्लोब बताउँछ। यस कम अम्लीय वातावरणमा पाच्यरसले प्रतिक्रिया गर्न थाल्छ। महमा भएको चिनी टुक्रने क्रिया ढिलो र एकैनासको हुन्छ। यस प्रक्रियाद्वारा बिस्तारै तर प्रशस्त मात्रामा निस्कने हाइड्रोजन पेरअक्साइडले जीवाणुहरूलाई मार्छ तर त्यस वरिपरिको स्वस्थ तन्तुहरूलाई भने यसले कुनै खराब असर गर्दैन।

ग्लोब-ले बताएअनुसार घाउहरू निको पार्न मदत गर्ने थुप्रै गुणहरू महमा छ। “महको पातलो तहले छालालाई सुक्खा हुन दिंदैन र छालालाई सुरक्षा प्रदान गर्ने भएकोले कडा पाप्राहरू बन्‍न पाउँदैन। महले नयाँ रक्‍त केशिकाहरू विकसित हुन र बन्‍न तथा नयाँ छाला बनाउने कोषहरूलाई विकसित हुन मदत गर्छ।” साथै, नष्ट हुनबाट जोगाउने महमा पाइने एक प्रकारको तत्त्वमा सुजन कम गर्ने गुण हुन्छ जसले “सुन्‍निएको कम गर्छ, रक्‍तसञ्चार राम्रो गर्छ र घाउमा ‘पीप’ निस्कन दिंदैन।”

“तर मह सबैको लागि निवारक हुँदैन” भनी प्रतिवेदन चेताउनी दिन्छ। पाँच प्रतिशत जति महमा बोटुलिजम कोषहरू पाइने अनुमान गरिएको छ। हेल्थ क्यानाडाको बोटुलिजम रेफरेन्स सर्भिस र बाल समाजजस्ता संस्थाहरूले एक वर्षभन्दा कम उमेरका बच्चाहरूलाई मह नखुवाउने सल्लाह दिन्छन्‌ किनभने “बच्चाहरूमा यस जीवाणुबाट बच्नको लागि आन्द्रामा पाइने प्रतिरोधात्मक सूक्ष्मजीव पूर्ण रूपमा विकसित भइसकेको हुँदैन।” (g02 3/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने