प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या २ पृ. १०
  • ७ नैतिक स्तरहरूबारे सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ७ नैतिक स्तरहरूबारे सिकाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • नैतिक स्तर सिकाउनुको महत्त्व
    ब्यूँझनुहोस्‌!—२०१९
  • तपाईंका छोराछोरीको मनमा नैतिक मूल्यमान्यता ठप्प बसालिदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • सही र गलत: मानिसहरू कहाँ डोऱ्‍याइ खोज्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • आध्यात्मिक मूल्यमान्यताको पछि लाग्दा हुने फाइदाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या २ पृ. १०
बुबा र छोरा दिशा पत्ता लगाउन कम्पास प्रयोग गर्दै

नैतिक स्तर दिशा पत्ता लगाउन मदत गर्ने कम्पासजस्तै हो, यसले छोराछोरीलाई सही बाटोमा हिँड्‌न मदत गर्छ

आमाबुबाका लागि

७ नैतिक स्तरहरूबारे सिकाउनुहोस्‌

यसको अर्थ के हो?

तपाईँ जुन सिद्धान्तहरूअनुसार जीवन बिताउनुहुन्छ, ती नै तपाईँका “स्तरहरू” हुन्‌। जस्तै: तपाईँ इमानदार हुनुहुन्छ भने छोराछोरीलाई पनि त्यस्तै हुन सिकाउनुहुन्छ नि, होइन र?

नैतिक स्तरबारे सिकाउनुमा सामाजिक मूल्यमान्यताबारे सिकाउनु समावेश छ। नैतिकवान्‌ मानिस मेहनती, निष्पक्ष र विचारशील हुन्छ। छोराछोरीलाई सानैदेखि यी गुणहरू विकास गर्न सिकाउनुपर्छ।

बाइबलको सिद्धान्त: “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”—हितोपदेश २२:६.

यस विषयमा किन चासो राख्नुपर्छ?

यस प्रविधिको युगमा नैतिकवान्‌ हुनु महत्त्वपूर्ण छ। कारेन नामकी एउटी आमा भन्छिन्‌: “मोबाइल र ट्‌याब्लेटले छोराछोरीलाई बिगार्न सक्छ। तिनीहरू हाम्रै छेउमा बसेर मोबाइल वा ट्‌याब्लेटमा अश्‍लील कुरा हेरिरहेको हामीलाई पत्तै नहुन सक्छ!”

बाइबलको सिद्धान्त: ‘परिपक्व मानिसहरूले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।’—हिब्रू ५:१४.

सामाजिक मूल्यमान्यताबारे सिकाउनु पनि महत्त्वपूर्ण छ। छोराछोरीलाई अरूको आदर गर्न र साँचो चासो देखाउन सिकाउनुपर्छ। जस्तै: “कृपया” वा “धन्यवाद” भन्‍न, अभिवादन गर्न, आदि। आजकल यस्तो असल चालचलन भएका मानिसहरू कमै भेटिन्छन्‌। किनभने तिनीहरू मानिसमा भन्दा इलेक्ट्रोनिक साधनमा बढी चासो राख्छन्‌।

बाइबलको सिद्धान्त: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—लूका ६:३१.

तपाईँ के गर्न सक्नुहुन्छ?

आफ्नो नैतिक स्तरबारे बताउनुहोस्‌। अनुसन्धानले देखाएअनुसार किशोरकिशोरीलाई विवाहअघि यौनसम्बन्ध राख्नु गलत हो भनी स्पष्टसित बताउनुपर्छ। यसो गर्दा तिनीहरू अनैतिक सम्बन्ध राख्नदेखि अलग रहन सक्छन्‌।

सुझाव: हालसालैको घटनाबारे बताउँदै छोराछोरीलाई नैतिकताबारे सिकाउनुहोस्‌। जस्तै: कसैको हत्या भएको सुन्‍नुभयो भने यसो भन्‍न सक्नुहुन्छ: “मानिसहरू रिसको झोकमा अरूलाई मार्छन्‌। कस्तो नराम्रो! तिम्रो विचारमा के कारणले गर्दा मान्छे यस्तो काम गर्न पुग्छ?”

“छोराछोरीलाई सही र गलतबारे ज्ञानै छैन भने तिनीहरूले कसरी सही र गलत छुट्ट्याउन सक्छन्‌ र!”—ब्रान्डोन

सामाजिक मूल्यमान्यताअनुसार चल्न सिकाउनुहोस्‌। साना केटाकेटीले समेत “कृपया” र “धन्यवाद” भन्‍न सिक्न सक्छन्‌ र आदर गरेको देखाउन सक्छन्‌। छोराछोरी हुर्काउने सन्दर्भमा एउटा किताब भन्छ: “केटाकेटीले आफू परिवार, स्कुल वा समाजको भाग हुँ भन्‍ने महसुस गरे भने अरूलाई मदत गर्न र अरूको हित हुने काम गर्न जुरमुरिन्छन्‌।”

सुझाव: छोराछोरीलाई घरको काम गर्न अह्राउनुहोस्‌। यसो गर्दा तिनीहरूले अरूको लागि केही गर्नुपर्छ भनेर सिक्न सक्छन्‌।

“घरको काममा सहयोग गर्ने छोराछोरी भविष्यमा आफ्नै खुट्टामा उभिन सक्छन्‌। तिनीहरू जिम्मेवार हुन सिकिसकेका हुन्छन्‌।”—तारा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने