प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या २ पृ. ११
  • ८ उदाहरण बसाल्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ८ उदाहरण बसाल्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • तपाईंको बच्चालाई प्रशिक्षण दिन के बाइबलले मदत गर्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आफ्नो उदाहरणबाट सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या २ पृ. ११
छोरी आफ्नो बुबाको पाइलामा टेकेर हिँड्‌दै

तपाईँ आफ्नो छोराछोरीको लागि कस्तो पाइला छोड्‌दै हुनुहुन्छ?

आमाबुबाका लागि

८ उदाहरण बसाल्नुहोस्‌

यसको अर्थ के हो?

उदाहरणीय आमाबुबाले छोराछोरीलाई जे सिकाउँछन्‌, आफू पनि त्यही गर्छन्‌। जस्तै: तपाईँ घरमै हुँदा साथी आयो। तर तपाईँ कुरा गर्न चाहनुहुन्‍न। छोरा वा छोरीलाई “म घरमा छैनँ” भन्‍न लगाउनुभयो भने के उसले साँचो कुरा बोल्न सिक्छ?

“मानिसहरू प्रायः यसो भन्छन्‌, ‘मैले गरेजसो होइन, भनेजसो गर।’ तर छोराछोरीलाई त्यसो भनेर हुँदैन। तिनीहरू स्पन्जजस्तै हुन्छन्‌, हामीले भनेको र गरेको सबै कुराको सिको गर्छन्‌। आमाबुबाले भन्‍ने र गर्ने कुरा फरक भयो भने तिनीहरूले याद गरेर भनिहाल्छन्‌।”—डेभिड

बाइबलको सिद्धान्त: “तिमी जो ‘नचोर्नू’ भनी प्रचार गर्छौ, के आफैचाहिँ चोर्छौ?”—रोमी २:२१.

यस विषयमा किन चासो राख्नुपर्छ?

साना र किशोरावस्थाका छोराछोरीले समेत आमाबुबाको देखासिकी गर्छन्‌। तिनीहरूले साथीबाट भन्दा आमाबुबाबाट धेरै कुरा सिक्छन्‌। त्यसैले छोराछोरीलाई सही बाटोमा हिँड्‌न सिकाउने मुख्य जिम्मेवारी तपाईँ आमाबुबाकै हो। तपाईँ तिनीहरूलाई जे सिकाउनुहुन्छ, आफू पनि त्यही गर्नुहोस्‌।

“छोराछोरीलाई सयौँ पटक ‘यसो गर, त्यसो गर’ भनेर सम्झाउँछौँ होला। तर तिनीहरूले सुने कि सुनेनन्‌ भनेर ठम्याउनै गाह्रो! हामीले एक चोटि मात्र आफूले भनेजसो गरेनौँ भने तिनीहरूले औँल्याइहाल्छन्‌। हामीले खासै याद नगरे पनि हाम्रो हरेक काम तिनीहरूले ध्यान दिएर हेरिरहेका हुन्छन्‌।”—निकोल

बाइबलको सिद्धान्त: “माथिबाट आउने बुद्धि पाउने मानिस . . . ढोँग गर्दैन।”—याकूब ३:१७.

तपाईँ के गर्न सक्नुहुन्छ?

तपाईँ कस्तो व्यक्‍ति हुनुहुन्छ, केलाउनुहोस्‌। तपाईँ कस्तो टिभी कार्यक्रम वा फिल्म हेर्नुहुन्छ? आफ्नो जीवनसाथी र छोराछोरीसित कस्तो व्यवहार गर्नुहुन्छ? तपाईँको सङ्‌गत कस्तो छ? के तपाईँ विचारशील हुनुहुन्छ? निचोडमा भन्‍नुपर्दा छोराछोरी जस्तो व्यक्‍ति बनेको चाहनुहुन्छ, के तपाईँ त्यस्तै व्यक्‍ति हुनुहुन्छ?

“हामी जुन सिद्धान्तमा चल्दैनौँ, छोराछोरीलाई ती पालन गर्न कर गर्दैनौँ।”—क्रिस्टिन

गल्ती गर्दा माफी माग्नुहोस्‌: आमाबुबाले पनि गल्ती गर्छन्‌ भनेर छोराछोरीले बुझेका हुन्छन्‌। त्यसैले गल्ती हुँदा छोराछोरी र जीवनसाथीसित माफी माग्नुहोस्‌। “मलाई माफ गरिदेऊ” भन्‍न नहिचकिचाउनुहोस्‌। यसो गर्दा छोराछोरीले इमानदार र नम्र हुन सिक्नेछन्‌।

“गल्ती स्विकार्ने र माफी माग्ने बानी हामीमा छ भनेर छोराछोरीले देख्नुपर्छ। तर त्यस्तो बानी छैन भने तिनीहरूले आफ्नो गल्ती ढाकछोप गर्नुपर्छ भनेर सिक्छन्‌।”—रोबिन

“छोराछोरीले आमाबुबाबाट धेरै कुरा सिक्छन्‌। त्यसैले आफैले उदाहरण बसालेर सिकाउनु साँच्चै महत्त्वपूर्ण छ। आमाबुबा खुल्ला किताबजस्तै हुन्‌, जसबाट छोराछोरीले सधैँ सिकिरहन सक्छन्‌।” —वेन्डेल

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने