प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g22 सङ्‌ख्या १ पृ. १०-१२
  • ३ | मानिसहरूसितको सम्बन्ध जोगाइराख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ३ | मानिसहरूसितको सम्बन्ध जोगाइराख्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?
  • असल साथीहरू—खराब साथीहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • मित्रताको भोक मेट्‌ने
    ब्यूँझनुहोस्‌!—२००५
  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२२
g22 सङ्‌ख्या १ पृ. १०-१२
एक वृद्ध दम्पती खुसीले अङ्‌गालो मार्दै छन्‌।

डामाडोल संसारमा

३ | मानिसहरूसितको सम्बन्ध जोगाइराख्नुहोस्‌

यस विषयमा किन चासो राख्नुपर्छ?

यस संसारको डामाडोल अवस्थाले गर्दा मानिसहरू झन्‌झनै तनावग्रस्त भइरहेका छन्‌। त्यसैले तिनीहरू आफूले माया गरेको व्यक्‍तिबाट चालै नपाई टाढिन्छन्‌।

  • साथीहरूबीचको सम्बन्ध फितलो हुन्छ।

  • पतिपत्नीले एक-अर्कासित रुखो व्यवहार गर्छन्‌।

  • छोराछोरीलाई कस्तो चिन्ता लागिरहेको छ भनेर आमाबुबालाई पत्तै हुँदैन अथवा त्यसमा चासो नै लिँदैनन्‌।

तपाईँले के बुझ्नुपर्छ?

  • हामीलाई साथीहरू चाहिन्छ किनभने तिनीहरूले गाह्रो अवस्था आइपर्दा भावनात्मक तवरमा सम्हालिन मदत गर्छन्‌।

  • अहिलेको डामाडोल संसारमा आइपर्ने तनावहरूले गर्दा परिवारमा सोच्दै नसोचेका समस्याहरू आइपर्न सक्छन्‌।

  • नराम्रा खबरहरू सुन्दा वा देख्दा छोराछोरी असाध्यै डराउन सक्छन्‌।

तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?

बाइबल भन्छ: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

तपाईँको कुरा बुझिदिने र व्यावहारिक सल्लाह दिने व्यक्‍तिसित मदत माग्नुहोस्‌। त्यस्ता मायालु व्यक्‍तिहरूको साथ पाउनुभयो भने गाह्रो अवस्था आइपर्दा सहन सक्नुहुनेछ।

के गर्न सकिन्छ? केही सुझाव

विपद्‌को बेला मानिसहरूसितको सम्बन्ध जोगाइराख्न यी कदमहरू चाल्नुहोस्‌

आफ्नो वैवाहिक बन्धनलाई बलियो बनाउनुहोस्‌

एक वृद्ध दम्पती खुसीले अङ्‌गालो मार्दै छन्‌।

आफ्नो वैवाहिक बन्धनलाई बलियो बनाउनुहोस्‌

बाइबल भन्छ: ‘एकभन्दा दुई असल हो किनकि यदि एउटा लड्‌यो भने अर्कोले आफ्नो साथीलाई उठाउनेछ।’ (उपदेशक ४:९, १०) पतिपत्नी विपरीत टिमका खेलाडीहरू जस्तो हुनु हुँदैन बरु खेल जित्न एउटै टिमबाट खेलिरहेका खेलाडीहरू जस्तो हुनुपर्छ।

  • आफूलाई तनाव भइरहेको छ भने त्यो आफ्नो जोडीमाथि नपोख्ने सङ्‌कल्प गर्नुहोस्‌। धीरजी र सहनशील हुने कोसिस गर्नुहोस्‌।

  • आफ्ना समस्याबारे हरेक हप्ता कम्तीमा एक चोटि आफ्नो जोडीसँग कुरा गर्नुहोस्‌। एक-अर्कालाई दोष लगाउने नभई समस्याहरू सुल्झाउनेतर्फ ध्यान दिनुहोस्‌।

  • दुवैलाई मनपर्ने कामकुरा गर्न समय निकाल्नुहोस्‌।

  • एकअर्कासित बिताएका रमाइला पलहरू सम्झनुहोस्‌। सँगै मिलेर आफ्नो विवाहको वा अरू कुनै रमाइलो समयको फोटो हेर्न सक्नुहुन्छ।

“पतिपत्नी हरेक कुरामा सहमत हुन्छन्‌ भन्‍ने छैन तर त्यसको मतलब तिनीहरू मिलेर काम गर्नै सक्दैनन्‌ भन्‍ने पनि होइन। दुवै मिलेर कुनै निर्णय गरेपछि त्यसैअनुसार कदम चाल्न पनि सजिलो हुन्छ।”—डेभिड।

साथीहरूसितको मित्रता कायम राख्नुहोस्‌

  • विभिन्‍न जातिका युवतीहरू रमाइरहेका छन्‌।

    साथीहरूसितको मित्रता कायम राख्नुहोस्‌

    साथीहरूबाट मदत पाउने कुरा त छँदै छ, तिनीहरूलाई कसरी मदत दिन सकिन्छ भन्‍ने कुरा पनि सोच्नुहोस्‌। अरूलाई मदत गरेर बलियो बनाउनुभयो भने तपाईँ आफै पनि बलियो हुनुहुनेछ।

  • हरेक दिन केही साथीको हालखबर बुझ्नुहोस्‌।

  • तपाईँले अहिले भोग्नुपरेको जस्तै समस्याहरू तिनीहरूले कसरी सामना गरे भनेर सोध्नुहोस्‌।

“समस्या आइपर्दा आँधीबेहरी आएजस्तै लाग्छ। त्यस्तो बेलामा साथीहरूले मदत गर्न सक्छन्‌। तिनीहरूले तपाईँलाई थाह भएकै कुरा भन्लान्‌ तर त्यसले सही निर्णय गर्न मदत गर्न सक्छ। साथीहरूले तपाईँको ख्याल राख्छन्‌ अनि तपाईँ पनि तिनीहरूको ख्याल राख्नुहुन्छ भनेर ढुक्क हुन्छन्‌।”—निशा।

छोराछोरीको अवस्था राम्ररी बुझ्नुहोस्‌

आमाबुबा आफ्ना छोरीहरूसित तालको छेउमा बसेर वरपरको दृश्‍य हेर्दै छन्‌।

छोराछोरीको अवस्था राम्ररी बुझ्नुहोस्‌

बाइबल भन्छ: “सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।” (याकुब १:१९) छोराछोरीले आफूलाई कत्तिको डर र चिन्ता लागिरहेको छ भनेर बताउन अप्ठेरो मान्लान्‌। तर धीरजी हुँदै कुरा सुन्‍नुभयो भने तिनीहरूले मनको कुरा खुलेर बताउनेछन्‌।

  • छोराछोरीलाई तिनीहरूको भावना व्यक्‍त गर्न सजिलो हुने वातावरण बनाउनुहोस्‌। कसै-कसैले आमाबुबासित आमनेसामने कुरा गर्नुपर्दा आफ्नो भावना त्यति खुलेर बताउँदैनन्‌। तर घरमा सानोतिनो काम गर्दा अथवा बाटोमा हिँड्‌दा भने आफ्नो कुरा मजाले बताउन सक्छन्‌।

  • छोराछोरीलाई नराम्रा खबरहरू धेरै हेर्न र सुन्‍न नदिनुहोस्‌।

  • परिवारलाई सुरक्षित राख्न तपाईँले के-कस्ता कदमहरू चाल्नुभएको छ भनेर छोराछोरीलाई बताउनुहोस्‌।

  • अचानक विपद्‌ आइपर्दा के गर्ने, योजना बनाउनुहोस्‌ अनि छोराछोरीसित अभ्यास गर्नुहोस्‌।

“छोराछोरीसित कुरा गर्नुहोस्‌ अनि तिनीहरूलाई आफ्नो भावना व्यक्‍त गर्ने मौका दिनुहोस्‌। तिनीहरूले आफ्नो मनको डर, चिन्ता अनि रिस तपाईँबाट लुकाइरहेका हुन सक्छन्‌। तपाईँ पनि त्यस्तै डर अनि चिन्ता महसुस गर्दै हुनुहुन्छ भनेर बताउनुहोस्‌। त्यस्ता भावनाहरूसित जुझ्न के गर्दै हुनुहुन्छ भनेर पनि बताउनुहोस्‌।”—बिनिता।

“सुखी परिवार—तर कसरी?” भिडियोको एउटा दृश्‍य। एक आनन्दित दम्पती हात समाएर हिँड्‌दै छन्‌।

थप जानकारी पाउनुहोस्‌। सुखी परिवार—तर कसरी? भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने