प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story २०
  • दीना आपत्‌मा पर्छे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दीना आपत्‌मा पर्छे
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • “अवैध यौनसम्बन्धदेखि भाग”
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • याकूबको ठूलो परिवार
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • परमेश्‍वरका जनहरूमाझ सुरक्षा पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • शकेम—उपत्यकाको शहर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story २०
दीना र शकेम

कथा २०

दीना आपत्‌मा पर्छे

दीना कसलाई भेट्‌न जाँदैछे, हेर त। ऊ कनानी केटीहरूलाई पो भेट्‌न जाँदैछे। उसको बुबा याकूबलाई के यो कुरा मनपर्ला? यसको जवाफ थाह पाउन कनानी केटीहरूबारे अब्राहाम र इसहाकको विचार के थियो, एकछिन सम्झने कोसिस गर त।

कनानका तीन केटीहरू

के अब्राहाम आफ्नो छोरा इसहाकले कनानी केटीसित बिहे गरेको चाहन्थ्यो? चाहँदैनथ्यो। के इसहाक र रिबेका उनीहरूको छोरो याकूबले कनानी केटीसित बिहे गरेको चाहन्थे? चाहँदैनथे। किन चाहँदैनथे, भन त।

किनभने कनानीहरू झूटा देवताहरूको पूजा गर्थे। त्यसकारण उनीहरूसित बिहे गर्नु र उनीहरूलाई साथी बनाउनु ठीक थिएन। आफ्नी छोरीले कनानी केटीहरूलाई साथी बनाएको देख्दा याकूब पक्कै पनि खुसी भएन।

नभन्दै दीना आपत्‌मा परी। चित्रमा दीनालाई हेरिरहने कनानी केटोलाई हेर त। उसको नाउँ शकेम हो। एकदिन दीना कनानी साथीहरूलाई भेट्‌न गएको बेला शकेमले दीनालाई जबरजस्ती आफूसित सुत्न लगायो। यसो गर्नु गलत थियो। किनभने बिहे गरेपछि मात्र लोग्नेमान्छे र स्वास्नीमान्छे सँगै सुत्न हुन्छ। शकेमले दीनासित गरेको यो खराब कामले गर्दा धेरै आपत्‌ आइपऱ्‍यो।

आफ्नी बहिनीलाई शकेमले बिगारेको सुनेपछि दीनाका दाइहरू रिसाए। शिमोन र लेवी त यत्ति धेरै रिसाए, उनीहरू तरबार लिएर त्यहाँका लोग्नेमान्छेहरूमाथि एक्कासि जाइलागे। उनीहरू दुई जना र अरू दाजुभाइहरू मिलेर शकेमलाई र त्यहाँका अरू सबै लोग्नेमान्छेलाई मारे। आफ्ना छोराहरूको यस्तो खराब काम सुनेर याकूब रिसायो।

यो जम्मै आपत्‌ कसरी सुरु भयो तिमीलाई थाह छ? हो, दीनाले परमेश्‍वरको आज्ञा नमान्‍ने मान्छेहरूलाई साथी बनाएको हुनाले। हामीले पनि परमेश्‍वरको आज्ञा नमान्‍ने मान्छेहरूलाई कहिल्यै आफ्नो साथी बनाउनु हुँदैन।

उत्पत्ति ३४:१-३१.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने