प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ६/१ pp. १०-१४
  • परमेश्‍वरका जनहरूमाझ सुरक्षा पाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरका जनहरूमाझ सुरक्षा पाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “मेरो खुट्टा झण्डै ठेस लागेका थिए”
  • बुद्धिमानीसाथ साथीहरू छान्‍नुहोस्‌
  • ‘तिमीहरू पखालिएका छौ’
  • दीना आपत्‌मा पर्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मण्डलीले यहोवाको प्रशंसा गरोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “अवैध यौनसम्बन्धदेखि भाग”
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • मण्डलीमा आफ्नो स्थानको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ६/१ pp. १०-१४

परमेश्‍वरका जनहरूमाझ सुरक्षा पाउनुहोस्‌

“ठूलो समुदायमा अर्थात्‌ मण्डलीमा म तपाईंमा धन्यवाद चढाउनेछु।”— भज. ३५:१८.

१-३. (क) के-कस्ता कुराले केही ख्रीष्टियानलाई आध्यात्मिक तवरमा खतरनाक स्थितिमा पुऱ्‍याउन सक्छ? (ख) परमेश्‍वरका जनहरूले कहाँ सुरक्षा पाउन सक्छन्‌?

छुट्टीमा ज्वो र तिनकी श्रीमती समुद्रमुनि रङ्‌गीविरङ्‌गी अनि आकारप्रकारका माछाले भरिएको मुगा ढिस्को हेर्दै थिए। अलि तलतिरको मुगा हेरेर रमाउन तिनीहरू अझै अलि परसम्म पौडे। तर स्वात्तै गहिराइमा पुग्दा ज्वोकी श्रीमतीले भनिन्‌: “हामी धेरै पर आइपुग्यौं जस्तो छ है।” ज्वोले जवाफ दिए: “डराउनुपर्दैन, मलाई थाह छ म के गर्दै छु!” त्यसो भन्दा भन्दै सबै माछा एकाएक हराएको कुरा याद भएको पनि तिनी बताउँछन्‌। माछा हराएको कारण तिनले बल्ल बुझे। समुद्रको गहिराइबाट सार्क तिनीतिरै अघि बढ्‌दै थियो। ‘लौ! अब मरिने भो!’ भन्‍ने तिनीहरूलाई लाग्यो। तर सार्क केही फिट परबाटै फनक्क फर्केर अन्तै लाग्यो र ओझेल भयो।

२ कुनै ख्रीष्टियान शैतानको रीतिरिवाजका आकर्षणमा अर्थात्‌ मनोरञ्जन, काम, धन-सम्पत्तिमा यत्ति लग्गू हुन सक्छ, आफू खतरनाक गहिराइमा पुगिरहेको उसलाई यादै हुँदैन। ज्वो ख्रीष्टियान प्राचीन हुन्‌। तिनी भन्छन्‌: “मैले गरेको अनुभवले हामी कोसित सङ्‌गत गर्दैछौं भनेर सोच्न लगायो। सुरक्षित अनि रमाइलो ठाँउमा अर्थात्‌ मण्डलीमा पौडिनुहोस्‌! आध्यात्मिक रूपमा एक्लो अनि खतरा हुन सक्ने गहिराइमा नपौडिनुहोस्‌।” यदि तपाईं त्यस्तो स्थितिमा पर्नुभयो भने तुरुन्तै ‘सुरक्षित’ ठाँउमा फर्किहाल्नुहोस्‌। नत्र तपाईंले यहोवासितको सम्बन्धलाई खतरामा पार्नुहुनेछ।

३ ख्रीष्टियानहरूका लागि अहिलेको संसार खतरनाक ठाँउ हो। (२ तिमो. ३:१-५) शैतानलाई आफूसँग एकदमै थोरै समय छ भनी थाह छ र सतर्क नरहनेलाई त्यसले निलिहाल्छ। (१ पत्रु. ५:८; प्रका. १२:१२, १७) तर हामी असुरक्षित छैनौं। यहोवाले आफ्ना जनका लागि आध्यात्मिक सुरक्षास्थल—ख्रीष्टियान मण्डलीको प्रबन्ध गरिदिनुभएको छ।

४, ५. थुप्रै मानिस भविष्यबारे कस्तो महसुस गर्छन्‌ र किन?

४ अहिलेको मानव समाजले सीमित मात्रामा मात्रै शारीरिक अनि भावनात्मक सुरक्षा दिन्छ। थुप्रै मानिस अपराध, हिंसा, महँगीका साथै वातावरणीय कुराहरूसमेतले गर्दा शारीरिक रूपमा असुरक्षित महसुस गर्छन्‌। सबैलाई बुढ्यौलीले छुन्छ अनि रोग-बिमारले समात्छ। जागिर, घर, मनग्गे सम्पत्ति र अलिक स्वस्थ हुनेहरू कहिलेसम्म यी सबै टिक्ने हुन्‌ भन्‍ने कुरामा चिन्तित छन्‌।

५ त्यसैगरि थुप्रैले भावनात्मक सुरक्षा पाउन सकेका छैनन्‌। दुःखको कुरा विवाह गरेर अनि परिवार बसाएर शान्ति र सन्तुष्टि पाउने थुप्रैको आशा निराशामा परिणत भएको छ। आध्यात्मिक आवश्‍यकता पूरा गर्न चर्च जानेहरू थुप्रैलाई आफूले पाएको डोऱ्‍याइमा शङ्‌का लागेको छ र तिनीहरू अन्योलमा परेका छन्‌। विशेषगरि धार्मिक नेताहरूको शङ्‌कास्पद चालचलन र गैर-शास्त्रीय शिक्षाले गर्दा तिनीहरू अन्योलमा परेका हुन्‌। त्यसैले थुप्रैले विज्ञान र परोपकारी मानिसहरू नै तिनीहरूको एकमात्र आशा हुन्‌ भनेर महसुस गर्छन्‌। वरपरका मानिसहरूले ज्यादै असुरक्षित महसुस गर्नु वा भविष्यबारे धेरै गहिरिएर नसोच्नु कुनै आश्‍चर्यको कुरा होइन।

६, ७. (क) के कारणले गर्दा परमेश्‍वरको सेवा गर्ने र नगर्नेहरूबीचको दृष्टिकोणमा भिन्‍नता छ? (ख) हामी के विचार गर्नेछौं?

६ ख्रीष्टियान मण्डलीभित्रका र बाहिरकाहरूबीचको दृष्टिकोणमा कस्तो भिन्‍नता! हामी यहोवाका जनहरूले पनि छिमेकीहरूले जस्तै थुप्रै परिस्थिति र समस्या भोग्नुपर्छ। तर हाम्रो प्रतिक्रिया भने एकदमै फरक छ। ( यशैया ६५:१३, १४; मलाकी ३:१८ पढ्‌नुहोस्‌) किन? किनभने हामीले मानिसजाति यस्तो अवस्थामा हुनुको चित्तबुझ्दो कारण बाइबलमा पाएका छौं अनि जीवनका चुनौतीहरू र समस्याहरूको सामना गर्न सुसज्जित छौं। परिणाम? भविष्यबारे हामी अचाक्ली चिन्तित हुँदैनौं। यहोवाका उपासक भएकोले हामी गलत अनि गैर-शास्त्रीय तर्क, अनैतिक चालचलन र यस्तै अन्य कुराहरूको नतिजाबाट जोगिएका छौं। त्यसैकारण ख्रीष्टियान मण्डलीका सदस्यहरूले अरूले महसुस नगरेको शान्ति महसुस गर्छन्‌।—यशै. ४८:१७, १८; फिलि. ४:६, ७.

७ यहोवाको सेवा नगर्नेहरूको तुलनामा उहाँको सेवा गर्नेहरूले पाएको सुरक्षाबारे गहिरिएर सोच्न मदत गर्ने केही उदाहरण हामी विचार गर्नेछौं। यी उदाहरणले हाम्रो सोचाइ तथा चालचलन जाँच्न मदत गर्न सक्छ। अनि हामीलाई सुरक्षित राख्न तयार गरिएको परमेश्‍वरको सल्लाह हामीले अझ पूर्णतया पालन गर्न सक्छौं कि सक्दैनौं भनेर विचार गर्न पनि प्रोत्साहित गर्न सक्छ।—यशै. ३०:२१.

“मेरो खुट्टा झण्डै ठेस लागेका थिए”

८. यहोवाका सेवकहरूले सधैं नै के गर्नुपरेको छ?

८ यहोवाको सेवा गर्न अनि उहाँको आज्ञा पालन गर्न चाहनेहरूले त्यसो गर्न नचाहनेहरूसित मानव इतिहासको सुरुदेखि नै घनिष्ठ सम्बन्ध गाँस्न चाहेका छैनन्‌। वास्तवमा यहोवाले उहाँका उपासकहरू र शैतानलाई पछ्याउनेहरूबीच दुश्‍मनी हुनेछ भनेर संकेत गर्नुभयो। (उत्प. ३:१५) परमेश्‍वरबाट प्रेरित भएका सिद्धान्तप्रति दृढ अडान लिएको कारण परमेश्‍वरका जनहरूले वरपरका अरू मानिसहरूको भन्दा भिन्‍नै व्यवहार देखाएका छन्‌। (यूह. १७:१५, १६; १ यूह. २:१५-१७) यस्तो अडान लिन सधैं सजिलो भने भएको छैन। हो, कुनै-कुनै बेला यहोवाका सेवकहरूमध्ये कसै-कसैले आत्म-त्यागी जीवन बिताउनु बुद्धिमानी होइन कि भनेर शङ्‌का गरेका छन्‌।

९. भजन ७३ का लेखकले सामना गर्नुपरेको संघर्षबारे बताउनुहोस्‌।

९ बुद्धिमानी निर्णय गरें कि गरिनँ भनेर सोच्ने मानिसहरूमध्ये भजन ७३ का लेखक पनि हुन्‌। सायद तिनी आसापका सन्तान हुन्‌। दुष्टहरू अक्सर सफल, सुखी अनि सम्पन्‍न देखिन्छन्‌ तर परमेश्‍वरको सेवा गर्न सक्दो कोसिस गर्नेहरू भने परीक्षा अनि कठिनाइ भोग्छन्‌। यस्तो किन भएको होला भनेर ती भजनरचयिता प्रश्‍न उठाउँछन्‌।—भजन ७३:१-१३ पढ्‌नुहोस्‌।

१०. भजनरचयिताले उठाएका प्रश्‍नहरू तपाईंका लागि किन महत्त्वपूर्ण छन्‌?

१० भजनरचयिताले सोधेका जस्तै प्रश्‍नहरू के तपाईंले पनि कहिल्यै सोध्नुभएको छ? छ भने तपाईंले आफूलाई ज्यादै दोषी वा तपाईंको विश्‍वास कमजोर हुन थालेको महसुस गर्नुपर्दैन। वास्तवमा कुनै-कुनै बाइबल लेखकलगायत यहोवाका धेरैजसो सेवकको पनि त्यस्तै सोचाइ थियो। (अय्यू. २१:७-१३; भज. ३७:१; यर्मि. १२:१; हब. १:१-४, १३) यहोवाको सेवा गर्न चाहने सबैले यस प्रश्‍नबारे गम्भीरतासाथ सोच्नै पर्छ अनि यसको जवाफ स्वीकार्नै पर्छ: के परमेश्‍वरको सेवा गर्नु र उहाँको आज्ञा पालन गर्नु जीवनमा गर्नुपर्ने सर्वोत्तम कुरा हो? यसमा शैतानले अदनको बगैंचामा उठाएको विवाद समावेश छ। यो विश्‍वव्यापी सार्वभौमिकताको विवादमा केन्द्रित छ। (उत्प. ३:४, ५) त्यसकारण भजनरचयिताले उठाएको विषयमा हामी सबैले विचार गर्नु राम्रो हुन्छ। समस्यामुक्‍त जीवन बिताएको जस्तो देखिने दुष्ट अहंकारीहरूको के हामीले इर्ष्या गर्नुपर्छ? के हामी यहोवाको सेवा गर्नदेखि “ठेस” खान्छौं र ती अहंकारीहरूको अनुकरण गर्छौं? वास्तवमा हामीले यस्तै गरोस्‌ भनेर शैतान चाहन्छ।

११, १२. (क) भजनरचयिताले आफ्नो शङ्‌का कसरी हटाए र यसले हामीलाई कस्तो पाठ सिकाउँछ? (ख) भजनरचयिताको जस्तै निष्कर्षमा पुग्न तपाईंलाई केले मदत दिएको छ?

११ भजनरचयितालाई आफ्नो शङ्‌का हटाउन केले मदत गऱ्‍यो? धार्मिकताबाट तर्किनै लागेको कुरा माने तापनि “परमेश्‍वरको पवित्र स्थानमा” पस्दा अर्थात्‌ परमेश्‍वरको उपासनालाई प्राथमिकता दिने मानिसहरूसित सङ्‌गत गर्दा र उहाँको उद्देश्‍यबारे गहिरिएर सोच्दा तिनको दृष्टिकोण परिवर्तन भयो। त्यसपछि मात्र तिनलाई आफूले खराब काम गर्नेहरूको जस्तो नतिजा भोग्न नचाहेको कुरा प्रस्ट भयो। दुष्टहरूको काम र रोजाइले उनीहरूलाई “चिप्ला ठाउँ”-मा पुऱ्‍याएको कुरा भजनरचयिताले बुझे। तिनले के पनि बुझे भने अनैतिक भई यहोवालाई त्याग्नेहरू सबै “क्षणभर”-मा अवश्‍य नष्ट हुनेछन्‌ तर यहोवाको सेवा गर्नेहरूलाई भने उहाँले सम्भाल्नुहुनेछ। ( भजन ७३:१६-१९, २७, २८ पढ्‌नुहोस्‌) निस्सन्देह यो कुरा सत्य साबित भएको तपाईंले देख्नुभएको छ। परमेश्‍वरको व्यवस्था बेवास्ता गरेर आफ्नै लागि बाँच्नु थुप्रैलाई लोभलाग्दो लाग्ला। तर यस्तो जीवनशैलीको नमीठो परिणाम भोग्नै पर्छ, टार्न सकिंदैन।—गला. ६:७-९.

१२ भजनरचयिताको अनुभवबाट हामी अर्को कस्तो पाठ सिक्छौं? तिनले परमेश्‍वरका जनमाझ सुरक्षा र बुद्धि पाए। यहोवाको उपासना गरिने स्थानमा गएपछि तिनले स्पष्ट अनि तार्किक तरिकामा सोच्न थाले। त्यस्तैगरि अहिले हामी पनि मण्डलीका सभाहरूमा बुद्धिमान्‌ सल्लाहकारहरू पाउन सक्छौं र स्वस्थकर आध्यात्मिक भोजनको आनन्द उठाउन सक्छौं। त्यसैले राम्रै कारणले यहोवाले आफ्ना सेवकहरूलाई ख्रीष्टियान सभाहरूमा जानू भन्‍नुभएको हो। त्यहाँ तिनीहरूले प्रोत्साहित भएको महसुस गर्नेछन्‌ अनि बुद्धिमानीसाथ कदम चाल्न उत्प्रेरित हुनेछन्‌।—यशै. ३२:१, २; हिब्रू १०:२४, २५.

बुद्धिमानीसाथ साथीहरू छान्‍नुहोस्‌

१३-१५. (क) दीनाले के अनुभव गरिन्‌ र यसले कस्तो पाठ सिकाउँछ? (ख) सँगी ख्रीष्टियानसित सङ्‌गत गर्नु किन सुरक्षा हो?

१३ सांसारिक साथीहरूसित सङ्‌गत गर्दा गम्भीर समस्यामा फसेकाहरूमध्ये एउटा उदाहरण याकूबकी छोरी दीना हुन्‌। आफ्नो परिवार बसोबास गरेको ठाउँका कनानी युवतीहरूसित सङ्‌गत गर्ने तिनको बानी थियो भनेर उत्पत्तिको विवरण बताउँछ। यहोवाका उपासकहरूको जस्तो उच्च नैतिक स्तर कनानीहरूको थिएन। कनानीहरूको जीवनशैलीले गर्दा तिनीहरूको देश मूर्तिपूजा, अनैतिकता, भष्ट यौन-उपासना र हिंसाले भरिएको थियो भन्‍ने कुरा पुरातत्त्वविद्‌हरूले प्राप्त गरेका कुराले संकेत गर्छ। (प्रस्थ. २३:२३; लेवी १८:२-२५; व्यव. १८:९-१२) त्यस्ता मानिसहरूसित सङ्‌गत गरेकोले दीनाले कस्तो नतिजा भोग्नुपऱ्‍यो, याद गर्नुहोस्‌।

१४ “आफ्ना बाबुका घरानामा सबैभन्दा बढी आदरणीय” भनेर चिनिएका त्यहाँका युवक शकेमले दीनालाई देखे “र लगेर तिनीसित संभोग गरेर तिनको अपमान गरे।” (उत्प. ३४:१, २, १९) कस्तो दुःखको कुरा! तपाईंको विचारमा दीनाले के कहिल्यै त्यस्तो कुरा आफ्नो जीवनमा आइपर्ला भनेर सोचेकी थिइन्‌? सायद त्यहाँका युवायुवतीहरू असलै लागेर दीनाले तिनीहरूलाई साथी मात्र बनाउन खोजेकी थिइन्‌। तर तिनी ठूलो धोकामा परिन्‌।

१५ यस विवरणले हामीलाई कस्तो पाठ सिकाउँछ? गैर-साक्षीहरूसित सङ्‌गत गरेर दुःखद्‌ नतिजा भोग्नै पर्दैन भन्‍ने आशा राख्नुहुँदैन। “खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ” भनी बाइबल बताउँछ। (१ कोरि. १५:३३) अर्कोतर्फ तपाईंकै जस्तो धार्मिक विश्‍वास हुनेहरू, तपाईंकै जस्तो उच्च नैतिक स्तर राख्नेहरू र तपाईंले जस्तै यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नु सुरक्षा हो। त्यस्तो असल सङ्‌गतिले तपाईंलाई बुद्धिमानी कदम चाल्न प्रोत्साहित गर्नेछ।—हितो. १३:२०.

‘तिमीहरू पखालिएका छौ’

१६. प्रेरित पावलले कोरिन्थ मण्डलीका केही भाइबहिनीबारे कस्तो कुरा बताए?

१६ ख्रीष्टियान मण्डलीले धेरै व्यक्‍तिलाई फोहोरी चालचलनहरू त्यागेर स्वच्छ हुन मदत गरेको छ। कोरिन्थ मण्डलीलाई प्रेरित पावलले पहिलो पत्र लेख्दा त्यहाँका ख्रीष्टियानहरूले परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउन गरेका परिवर्तनहरूबारे उल्लेख गरे। कोही-कोही व्यभिचारी, मूर्तिपूजक, जारी गर्ने, समलिंगी, चोर, मतवाला र यस्तै अरू खराब बानी भएकाहरू थिए। “तर . . . तिमीहरू पखालिएका” छौ भनी पावलले तिनीहरूलाई बताए।—१ कोरिन्थी ६:९-११ पढ्‌नुहोस्‌।

१७. बाइबलको स्तरहरूअनुसार जीवन बिताउँदा थुप्रैको जीवन कसरी परिवर्तन भएको छ?

१७ विश्‍वासमा नभएका मानिसहरूसित जीवनलाई डोऱ्‍याउने सही मार्ग-निर्देशन हुँदैन। तिनीहरू आफूखुसी गर्छन्‌ वा प्राचीन कोरिन्थका केही भाइबहिनीले ख्रीष्टियान हुनुअघि बिताएको जस्तै अनैतिक जीवन बिताउँछन्‌। (एफि. ४:१४) तर बाइबलमा दिइएको डोऱ्‍याइमा भरोसा गरेर त्यसअनुसार चल्ने सबैको जीवन परिवर्तन गर्ने शक्‍ति परमेश्‍वरको वचन र उद्देश्‍यहरूको सही ज्ञानमा छ। (कल. ३:५-१०; हिब्रू ४:१२) अहिले ख्रीष्टियान मण्डलीका सदस्य भइसकेका थुप्रैले यहोवाका धार्मिक स्तरहरू सिक्नु र पालन गर्नुअघि नैतिकताको वास्तै नगरी मनपरी जीवन बिताएको कुरा तिनीहरू तपाईंलाई बताउन सक्छन्‌। त्यस्तो जीवन बिताए तापनि तिनीहरू असन्तुष्ट र दुःखी थिए। तिनीहरूले परमेश्‍वरका जनहरूसित सङ्‌गत गर्न र बाइबलको सिद्धान्तअनुरूप जीवन बिताउन सुरु गरेपछि मात्रै शान्ति पाए।

१८. एउटी युवतीले कस्तो अनुभव गरिन्‌ र यसले के प्रमाणित गर्छ?

१८ यसको विपरीत विगतमा ख्रीष्टियान मण्डलीको ‘सुरक्षित’ ठाँउ छोड्‌ने कोही-कोही आफ्नो त्यस निर्णयमा अहिले साह्रै पछुताएका छन्‌। तानिया नामकी बहिनी “सच्चाइमै हुर्केकी” भए तापनि १६ वर्षको उमेरमा “संसारको रमझमको पछि लागेर” मण्डली त्यागें भनेर बताउँछिन्‌। तिनले भोगेका नतिजामध्ये नचाहँदा नचाहँदै गर्भवती हुनु र गर्भपतन गर्नु पनि थियो। तिनी अहिले भन्छिन्‌: “मण्डलीबाट टाढिएर बिताएका तीन वर्षमा पाएका भावनात्मक चोटहरू कहिल्यै नपुरिने भए। मैले मेरो गर्भको बच्चालाई मारें, यो कुरा म कहिल्यै बिर्सन सक्दिनँ। . . . संसारका कुराहरू अलिकतामात्रै ‘चाखौं न’ भनेर इच्छा गर्ने युवायुवतीलाई ‘त्यसो नगर्नू’ भन्‍न चाहन्छु। सुरुमा त रमाइलै होला तर पछि भने असाध्यै तीता नतिजाहरू भोग्नुपर्ने हुन्छ। संसारले दुःखबाहेक अरू केही दिंदैन। मलाई यो थाह छ, मैले भोगेकी छु। यहोवाकै संगठनभित्र बस्नुहोस्‌! जीवनमा आनन्दित हुने एउटै मात्र तरिका यही हो।”

१९, २०. ख्रीष्टियान मण्डलीले कस्तो सुरक्षा दिन्छ र कसरी?

१९ ख्रीष्टियान मण्डलीको सुरक्षित वातावरण तपाईंले त्याग्नुभयो भने के हुन्छ, एकछिन सोच्नुहोस्‌। सच्चाइ स्वीकार्नुअघिको निरर्थक जीवनशैलीबारे थुप्रैले सोच्नसम्म चाँहदैनन्‌। (यूह. ६:६८, ६९) ख्रीष्टियान भाइबहिनीसित घनिष्ठ भएर शैतानको संसारमा व्याप्त दुःखकष्ट र पीडाबाट तपाईं सुरक्षित भइरहन सक्नुहुन्छ। भाइबहिनीसित सङ्‌गत गर्दा अनि मण्डलीका सभाहरूमा नियमित उपस्थित हुँदा यहोवाको धार्मिक स्तरअनुसार चल्नु बुद्धिमानी हो भनेर तपाईंलाई सम्झना भइरहन्छ र ती स्तरअनुसार चल्न प्रोत्साहित हुनुहुनेछ। भजनरचयिताले जस्तै ‘ठूलो समुदायमा अर्थात्‌ मण्डलीमा यहोवालाई धन्यवाद चढाउने’ तपाईंसित हर कारण छ।—भज. ३५:१८.

२० हो, विभिन्‍न कारणले गर्दा सबै ख्रीष्टियानले बेलाबेलामा आफ्नो ख्रीष्टियान निष्ठालाई कायम राख्न गाह्रोजस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ। त्यतिखेर तिनीहरूलाई सही मार्ग देखाइदिने कोही चाहिन सक्छ। त्यस्तो अवस्थामा तपाईं अनि मण्डलीका सबैले भाइबहिनीलाई मदत गर्न के गर्न सक्नुहुन्छ? तपाईं कसरी भाइबहिनीलाई ‘सान्त्वना दिइरहन र सुधार अर्थात्‌ उत्थान गरिरहन’ सक्नुहुन्छ? यसो गर्न सकिने तरिकाहरू यसपछिको लेखमा केलाइनेछ।—१ थिस्स. ५:११. ( w10 -E 06/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• भजन ७३ का लेखकको अनुभवबाट हामी कस्तो पाठ सिक्छौं?

• दीनाको अनुभवले हामीलाई के पाठ सिकाउँछ?

• किन ख्रीष्टियान मण्डलीमा तपाईं सुरक्षा पाउन सक्नुहुन्छ?

[पृष्ठ ११-मा भएका चित्रहरू]

सुरक्षित ठाँउमा पौडिनुहोस्‌; मण्डलीमै बस्नुहोस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने