प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story १९
  • याकूबको ठूलो परिवार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • याकूबको ठूलो परिवार
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • याकूब हारान जान्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • याकूबले आध्यात्मिक मूल्यमान्यताहरूको कदर गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • याकुब र एसावले शान्ति कायम गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • उत्पत्ति विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story १९
याकूब र तिनका छोराहरू

कथा १९

याकूबको ठूलो परिवार

यो ठूलो परिवार कसको हो, तिमीलाई थाह छ? यो याकूबको परिवार हो। याकूबका १२ छोरा अनि केही छोरी पनि थिए। के तिमीलाई याकूबका छोराछोरीको नाउँ थाह छ? उनीहरूको नाउँ के हो, थाह पाऔं है त।

लेआले रूबेन, शिमोन, लेवी र यहूदालाई जन्माई। राहेलको छोराछोरी थिएन। त्यसकारण ऊ असाध्यै दुःखी भई। आफ्नै छोराछोरी नभएकोले राहेलले आफ्नी दासी बिल्हासित याकूबको बिहे गराइदिई। बिल्हाले दुई छोरा जन्माई। उनीहरूको नाउँ दान र नप्ताली राखियो। यसपछि, लेआले पनि आफ्नी दासी जिल्पासित याकूबको बिहे गराइदिई। जिल्पाले गाद र आशेरलाई जन्माई। अन्तमा लेआले अरू दुई छोरा इस्साकार र जबूलनलाई जन्माई।

आखिरमा राहेलले पनि एउटा बालक जन्माई। उसले बालकको नाउँ यूसुफ राखी। यूसुफ पछि गएर धेरै ठूलो मान्छे बन्यो। हामी यूसुफबारे अझ धेरै कुरा सिक्नेछौं। याकूबले आफ्नो ससुरा लाबानको घरमा जन्माएका ११ जना छोरा यिनै हुन्‌।

याकूबका केही छोरीहरू पनि थिए तर बाइबलमा तीमध्ये एक जनाको मात्र नाउँ दिइएको छ। उसको नाउँ दीना थियो।

एकदिन याकूबले लाबानको घर छोडेर कनान फर्कने फैसला गऱ्‍यो। यसकारण उसले आफ्नो ठूलो परिवार, भेडाको ठूलो बथान र गाईवस्तुहरू सबै जम्मा गरेर लामो यात्रा सुरु गऱ्‍यो।

याकूब र उसको परिवार कनान पुगेको केही समयपछि राहेलले अर्को एउटा छोरो जन्माई। उनीहरू यात्रा गरिरहेको बेला छोरो जन्मेको थियो। यसपालि बच्चा जन्माउँदा राहेललाई धेरै गाह्रो भयो र जन्माउँदा जन्माउँदै ऊ मरी। तर सानो बालकलाई चाहिं केही भएन। याकूबले बालकको नाउँ बिन्यामीन राख्यो।

हामीले याकूबका १२ जना छोराको नाउँ सम्झिराख्नुपर्छ। किनभने उनीहरूकै सन्तान पछि गएर इस्राएली जाति बन्यो। इस्राएलको १२ गोत्रका नाउँहरू याकूबका १० जना छोरा र यूसुफका दुई जना छोराकै नाउँबाट लिइएका हुन्‌। यी जम्मै केटाहरू जन्मेपछि पनि इसहाक धेरै वर्षसम्म बाँचिरह्‍यो। यतिका थुप्रै नाति-नातिना देख्न पाउँदा इसहाक असाध्यै खुसी भयो। तर उसकी नातिनी दीनालाई के भयो, हामी अर्को कथा पढौं है त।

उत्पत्ति २९:३२-३५; ३०:१-२६; ३५:१६-१९; ३७:३५.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने