तपाईंलाई हाम्रो निमन्त्रणा
यो पुस्तिकामार्फत तपाईंहरूलाई केही कुरा बताउन पाएकोमा हामीलाई खुसी लागेको छ। आशा छ, यहोवाका साक्षीहरूबारे अझ बढी कुरा सिक्न पाएकोमा तपाईं खुसी हुनुहुन्छ। कृपया हाम्रो स्थानीय राज्यभवनमा आउने निमन्त्रणा स्वीकार्नुहोस्। हाम्रा सभाहरू कसरी सञ्चालन हुन्छन् भनेर हेर्नुहोस्। ख्रीष्टको राज्य अन्तर्गत पार्थिव प्रमोदवनबारे सुसमाचार अरूलाई सुनाउन हामी कस्तो प्रयास गर्छौं, हेर्नुहोस्।
परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ। “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) कैयन् शताब्दीहरू बितिसके। अब धेरै समय पर्खनु पर्दैन। विश्व परिस्थितिहरूले यसको संकेत दिन्छ।
“दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले” प्रेरित पावलले यसो भने, “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। . . . एक ठाउँमा भेला हुनालाई नछोडौं।” (हिब्रू १०:२४, २५) हामी तपाईंहरूलाई हामीसँगै भेला भएर पावलको सल्लाह पालन गर्न निमन्त्रणा दिन्छौं।