यो सानो पुस्तिका प्रयोग गर्ने तरिका
यसपछिका पृष्ठहरूमा तपाईँले हरेक दिनको लागि एउटा शास्त्रपद अनि त्यस पदबारे टिप्पणी पाउनुहुनेछ। दैनिक पद जुनसुकै समयमा पढ्न सकिने भए तापनि थुप्रैले बिहानै पढ्नु लाभदायी पाएका छन्। यसरी बिहानै पढ्दा तिनीहरूले पढेको कुरा दिनभरि मनन गर्न सकेका छन्। परिवार मिलेर पढ्नु सबैभन्दा बेस हुन्छ। संसारभरका बेथेल परिवार बिहान खाजा खाने बेला दैनिक पद छलफल गर्छन्।
टिप्पणीहरू अप्रिल २०२३ देखि मार्च २०२४ सम्मका प्रहरीधरहरा-का (w) अङ्कहरूबाट लिइएका छन्। प्रहरीधरहरा अङ्कको मितिपछिका सङ्ख्याहरूले पृष्ठ(हरू)लाई सङ्केत गर्छ। त्यसपछिको अर्को सङ्ख्याले चाहिँ अनुच्छेद(हरू)लाई सङ्केत गर्छ। (तलको उदाहरण हेर्नुहोस्।) दैनिक पद र टिप्पणी लिइएको अध्ययन लेखमा त्यसबारे थप जानकारी पाउन सकिन्छ।