प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 १०/१ पृ. ३२
  • ‘अरूले जस्तो शोक नगर’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘अरूले जस्तो शोक नगर’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • के तपाईंलाई कसैले आएर भेट गरेको चाहनुहुन्छ?
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 १०/१ पृ. ३२

‘अरूले जस्तो शोक नगर’

हुरी बतास चलेपछि लत्याइएझैं गरी फूल नुहेको के तपाईंले कहिल्यै याद गर्नु भएको छ? त्यो दृश्‍य मनै छुने खालको हुन्छ। किनकि घनघोर पानी पर्दा फूलभन्दा कैयन्‌ गुणा बलिया अनगिन्ती जीवजन्तु तथा मानिसहरू समेत हतपत ओत लाग्ने ठाउँ खोज्न जान्छन्‌। तर जरो गाडेर बसेको फूल मौसमको कठोर आवेश सहँदै जहाँको त्यहीं रहन्छ। कोमल देखिने त्यो फूल नुहेता पनि आफ्नो बलियोपनको आभास दिंदै नचुँडिएको सग्लो अवस्थामै हुन्छ। त्यस फूलको प्रशंसा गर्दै कतै त्यो फूलले पुनः बल प्राप्त गरेर आफ्नो सुन्दर मुहार फेरि एक पटक आकाशतिर फर्काउला कि भनी शायद तपाईं सोच्नुहोला।

मानिसहरूको सम्बन्धमा पनि त्यस्तै भन्‍न सकिन्छ। दुःखै दुःखले भरिएको यस समयमा हामीले हर प्रकारको हुरी बतासको सामना गर्छौं। आर्थिक कठिनाइ, नैराश्‍यता, बिग्रंदो स्वास्थ्य, प्रिय जनको मृत्युजस्ता प्रचण्ड हुरीले हामी सबैलाई कुनै न कुनै बेला आक्रमण गरि नै हाल्छ। र कहिलेकाहीं यस्ता परिस्थितिहरूमा हाम्रो अवस्था, ओत खोज्न आफ्नो जरा उखालेर भाग्न नसक्ने फूलको जस्तै हुन्छ। कमजोर देखिने केही व्यक्‍तिहरूले त्यस्ता आक्रमणहरूको बावजूद अपत्यारिलो बल अनि सहनशीलता देखाउनु हृदयस्पर्शी कुरा हो। तिनीहरूले यसो कसरी गर्न सक्छन्‌? प्रायः त्यसो गर्न सकिने एउटा कुञ्जी हो, विश्‍वास। येशू ख्रीष्टको सौतिनी भाइ याकूबले लेखे: “यसप्रकारका परीक्षाहरू सहन सक्यौं भने, धीरज धारण गर्न सक्ने हुनेछौं भनी तिमीहरूलाई थाहै छ।”—याकूब १:३, टुडेज्‌ इङ्‌गलिश भर्सन.

अर्को कुञ्जी हो, आशा। उदाहरणको लागि, प्रिय जनको मृत्यु हुँदा आशाले धेरै फरक पार्छ। थिस्सलोनिकीका मसीहीहरूलाई प्रेरित पावलले यसो लेखे: “तर हे भाइ हो, मरिजानेहरूको विषयमा तिमीहरू अजान बस भन्‍ने हामी इच्छा गर्दैनौं, कि आशा नहुने अरू बाँकीहरूले जस्तो शोक नगर।” (१ थिस्सलोनिकी ४:१३) कसैको मृत्यु हुँदा मसीहीहरू अवश्‍य शोकित हुन्छन्‌ तर त्यसमा भिन्‍नता छ। मृतकहरूको अवस्था र पुनरुत्थानको आशाबारे तिनीहरूसित सही ज्ञान छ।—यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५.

यस ज्ञानले तिनीहरूलाई आशा दिन्छ। समयमा आशाले तिनीहरूको दुःखलाई बिस्तारै कम गराउँछ। त्यसले तिनीहरूलाई सहने बल दिन्छ। समय बित्दै जाँदा, हुरी बतास शान्त भएपछि फूल ठाडो भएजस्तै तिनीहरूले पनि दुःखकष्टबाट आफ्नो शिर ठड्याउन सक्छन्‌ र जीवनमा पुनः एक पटक आनन्द र सफलता प्राप्त गर्छन्‌। (w94 10/15)

के तपाईंलाई कसैले आएर भेट गरेको चाहनुहुन्छ?

विपत्तिले भरिएको यस संसारमा पनि परमेश्‍वर, उहाँको राज्य र मानवजातिका लागि उहाँको अद्‌भुत उद्देश्‍यबारे तपाईंले बाइबलबाट सही ज्ञान प्राप्त गर्न सक्नुहुन्छ। यस विषयमा थप जानकारी चाहनुहुन्छ अथवा यस्तो जानकारी दिन कोही तपाईंकहाँ आएको चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा यस पत्रिकाको पृष्ठ २ मा दिइएका ठेगानाहरूमध्ये सुविधाजनक ठेगानामा लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने