प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ३/१५ पृ. ७
  • महान्‌ मित्रबाट सहारा पाएका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महान्‌ मित्रबाट सहारा पाएका
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • राजनैतिक कार्यकर्ताबाट एक जना तटस्थ मसीही
    ब्यूँझनुहोस्‌!—२००२
  • यहोवामा भरोसा गर्न सिकें
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • धार्मिक सतावट किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ३/१५ पृ. ७

महान्‌ मित्रबाट सहारा पाएका

बिशेषतः एउटा मित्रताले यहोवाका साक्षीहरूलाई सहारा दिन्छ। त्यो हो, महान्‌ मित्र यहोवा परमेश्‍वरसितको तिनीहरूको अमूल्य मित्रता। (तुलना गर्नुहोस्‌ याकूब २:२३) अनि उहाँले तिनीहरूको विश्‍वासको महान्‌ जाँच हुँदा तिनीहरूलाई थाम्नुहुन्छ।

एकदलीय शासनको बेला साक्षीहरूले निष्ठा कायम गरेकोमा प्रत्यक्षदर्शीहरूले प्रशंसा गरेका छन्‌। तीमध्ये दर्शन तथा भौतिक विज्ञानमा डाक्टर उपाधिप्राप्त यिर्झी क्रुपिका एक हुन्‌। तिनले साम्यवादी यातना शिविरमा धेरै वर्ष बिताएपछि सन्‌ १९६८ मा चेकोस्लाभाकियाबाट प्रवासी भएका थिए। तिनी आफ्नो पुस्तक रिनेसाँस रजुमु-मा (बौद्धिक पुनर्जागरण) तटस्थताको कारण जेल परेका साक्षीहरूले सहेका पीडा र तिनीहरूको दृढताबारे टिप्पणी गर्छन्‌।

साम्यवादी सरकारले यहोवाका थुप्रै साक्षीहरूलाई तिनीहरूको विश्‍वासको कारण कैद गऱ्‍यो। कैदमा भए तापनि तिनीहरूले खानीबाट युरेनियम निकाल्न अस्वीकार गरे किनभने ती युद्धमा प्रयोग गरिन्थ्यो। (यशैया २:४) यस्तै एउटा खानीमा क्रुपिकाले सन्‌ १९५२ मा प्रत्यक्ष देखेको दृश्‍यबारे वर्णन गर्छन्‌। मुटु कमाउने जाडोमा हिउँले ढाकिएका सालिकजस्ता देखिने दुइ आकृतिहरू तिनले देखे। तिनीहरू शिरदेखि लगभग पाखुरासम्म ढ्‌वांगले घ्वाप्प छोपिएका थिए।

क्रुपिका लेख्छन्‌: “तिनीहरू त्यहाँ बाहिर बिहान सबेरैदेखि च्यातिएको लुगा लगाएर उभिरहेका थिए।” कठ्यांग्रिएको खुट्टामा कसरी तिनीहरू त्यत्रो लामो समयसम्म उभिन सकेका? विश्‍वासको शक्‍तिद्वारा। ती ढ्‌वांगहरू पुराना र खिया परेका थिए। एक निर्दयी व्यक्‍तिले भएभरको बलले तिनीहरूका शिर र काँधमा हिर्काए। त्यसले गर्दा ढ्‌वांगको नमिलेको किनारा एक जनाको ज्याकेट छेंडेर छालामा धँसियो। अनि तिनको बाहुलाबाट तपतप रगत चुहिरहेको थियो।

“सुरक्षाकर्मीले हाम्रो पंक्‍तिलाई तिनीहरूअघि रोक्यो। त्यहाँ सेनापतिले हामीलाई छोटो भाषण दिए। तिनले भने, काम गर्न अस्वीकार गर्ने विद्रोही हो र त्यसले त्यसैअनुरूप दण्ड पाउँछ। यी साम्यवादका शत्रुहरू तथा लडाइँका विरोधीहरूलाई लडाइँ र हत्याका व्यर्थ कुराहरूले रोक्न सक्नेछैन।”

सेनापतिले फलामको डण्डा उठाएर एउटा ढ्‌वांगलाई हिर्काए। त्यसभित्र भएको मानिस ढ्‌वांगैसहित ढल्यो। त्यसपछिको घटना क्रुपिकाका लागि अविस्मरणीय थियो।

तिनी भन्छन्‌: “त्यो ढ्‌वांगभित्रबाट गीतको सुमधुर स्वर आइरहेको थियो। पुरानो र खिया परेको युरेनियमको ढ्‌वांगभित्रबाट समेत गाउने चेष्टा गर्दै परमेश्‍वरलाई गुप्तमा चढाएको प्रार्थनाको मधुर आवाज। त्यो परमेश्‍वरलाई चढाएको प्रार्थना, जसले जुनसुकै आवाज जहाँबाट पनि सुन्‍न सक्नुहुन्छ। उहाँका लागि यो आवाज ठूलो चर्चमा गुञ्जिएको गायक दलको सामूहिक आवाजभन्दा पनि चर्को छ।”

सेप्टेम्बर १, १९९३ का दिन गणतन्त्र चेकमा यहोवाका साक्षीहरूको कामले सरकारबाट कानुनी मान्यता प्राप्त गऱ्‍यो। अहिले चेकका साक्षीहरू स्वतन्त्र भएर आफ्नो मसीही शैक्षिक कार्य गर्न पाउँदा प्रसन्‍न छन्‌। हो, तिनीहरू आफ्ना सबैभन्दा महान्‌ मित्र यहोवाबारे अरूलाई बताउन पाएकोमा आनन्दित छन्‌।

[पृष्ठ ७-मा भएको चित्र]

चेक गणतन्त्रमा सम्पन्‍न अधिवेशनमा उपस्थित हुनेहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने