प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ६/१ पृ. ३१
  • नचिताएको ठाउँमा सच्चाइ पाइयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नचिताएको ठाउँमा सच्चाइ पाइयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • मध्यपूर्वमा एक नजर
    ब्यूँझनुहोस्‌!—२०१५
  • ‘सत्यमा हिँडिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ६/१ पृ. ३१

राज्य उद्‌घोषकहरूको रिपोर्ट

नचिताएको ठाउँमा सच्चाइ पाइयो

परमेश्‍वर “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ। (१ तिमोथी २:३, ४) यही उद्देश्‍य पूरा गर्नको लागि यहोवाका साक्षीहरूले लाखौं प्रति बाइबल तथा बाइबल अध्ययन सहायकहरू छाप्नुका साथै वितरण गरेका छन्‌। कहिले-काहीं यी प्रकाशनहरूले इमान्दार हृदय भएका मानिसहरूलाई एकदमै नचिताएको तरिकामा सच्चाइ सिक्न मदत गरेको छ। यस सन्दर्भमा, सियरा लियोनको फ्रिटाउनका राज्य उद्‌घोषकहरू यस्तो अनुभव बताउँछन्‌।

उस्मान नौ जना बच्चाहरू भएको परिवारको माहिला छोरा थिए। धर्मकर्म गर्ने परिवारमा हुर्केको कारण तिनी नियमित तवरमा आफ्नो बुबासँग उपासना गर्न जान्थे। तथापि, नरकबारे आफ्नो धर्मले सिकाएको कुराको कारण उस्मान असाध्यै चिन्तित थिए। दयालु परमेश्‍वरले दुष्ट मानिसहरूलाई आगोमा पोलेर सास्ती दिनुहुन्छ भन्‍ने कुरा तिनलाई चित्त बुझेकै थिएन। नरकको सिद्धान्तबारे बुझाउन गरिएको कुनै पनि व्याख्या उस्मानलाई चित्त बुझेन।

उस्मान २० वर्षको हुँदा, एक दिन तिनले फोहर फाल्ने भाँडोमा फोहरहरूबीच एउटा निलो पुस्तक झुलुक्क देखे। यो पुस्तक मन परेकोले तिनले त्यो लिए, सफा गरे। पुस्तकको शीर्षक थियो—द ट्रुथ द्याट लीड्‌स टु इटर्नल लाइफ।a

‘यो कस्तो सत्य हो?’ भनेर उस्मान छक्क परे। तिनको चासो जाग्यो। उस्मानले यो पुस्तक घरमा लगे र एकै चोटिमा पूरै पुस्तक पढ्‌न सिद्धयाए। परमेश्‍वरको व्यक्‍तिगत नाउँ यहोवा हो भनेर थाह पाउँदा तिनी कत्ति खुसी भए! (भजन ८३:१८) परमेश्‍वरको प्रमुख गुण प्रेम हो र मानिसहरूलाई अग्निमय ठाउँमा सास्ती दिने विचारसमेत उहाँ घृणा गर्नुहुन्छ भन्‍ने कुरा पनि उस्मानले थाह पाए। (यर्मिया ३२:३५; १ यूहन्‍ना ४:८) यहोवाले चाँडै पार्थिव प्रमोदवन ल्याउनु हुनेछ र त्यहाँ मानिसहरू सधैंभरि बाँच्न सक्नेछन्‌ भन्‍ने कुरा पनि उस्मानले थाहा पाए। (भजन ३७:२९; प्रकाश २१:३, ४) दयालु तथा मायालु परमेश्‍वरबाट कस्तो अद्‌भुत सच्चाइ! आशै नगरिएको ठाउँमा सच्चाइ पाएकोमा उस्मानले यहोवालाई हृदयदेखि धन्यवाद दिए।

केही दिनपछि, केही साथीहरूको मदतद्वारा उस्मानले यहोवाका साक्षीहरूको राज्यभवन पत्ता लगाए र पहिलो पटक सभामा उपस्थित भए। त्यहाँ तिनले एक जना साक्षीलाई आफूसँग बाइबल अध्ययन गर्नको लागि भने। भीषण पारिवारिक विरोधको बावजूद उस्मानले आध्यात्मिक प्रगति गरिरहे र बप्तिस्मा लिए। (मत्ती १०:३६) आज तिनी मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्दैछन्‌। फोहर फाल्ने भाँडोमा एउटा बाइबल साहित्य पाउँदा कस्तो अद्‌भुत नतिजा प्राप्त भयो!

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा सन्‌ १९६८ मा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने