प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अक्टोबर पृ. ७
  • मध्यपूर्वमा एक नजर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मध्यपूर्वमा एक नजर
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कनानमा दाखमद्य बनाउनेहरू
  • जनसङ्‌ख्या वृद्धि
  • लुकाइएका सिक्काहरू भेटिए
  • येसु पहिलो चमत्कार गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येशूको प्रथम चमत्कार
    सबैभन्दा महान्‌ पुरुष
  • मोल्डोभाको मदिराखानी पत्ता लगाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००४
  • नचिताएको ठाउँमा सच्चाइ पाइयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अक्टोबर पृ. ७
मध्यपूर्वमा मानिसहरूको ठूलो भीड पसलहरू भएको बाटोमा हिंड्‌दै

विश्‍वदर्शन

मध्यपूर्वमा एक नजर

मध्यपूर्व मानव सभ्यता सुरुवात भएको ठाउँ हो। मध्यपूर्वलाई प्राचीन समयका बहुमूल्य चीजबीजको खानी मानिन्छ।

कनानमा दाखमद्य बनाउनेहरू

तीन ठूला घ्याम्पा

सन्‌ २०१३ मा पुरातत्त्वविद्‌हरूले लगभग ३ हजार ७ सय वर्ष पुरानो निकै ठूलो कोठा भेट्टाए जहाँ कनानीहरूले दाखमद्य बनाउने गर्थे। त्यस कोठामा ४० वटा ठूलठूला घ्याम्पा भेटिए। अहिलेको ३ हजार वटा सिसीमा अट्‌ने दाखमद्य एउटा घ्याम्पोमा अट्‌थ्यो। घ्याम्पामा बाँकी रहेको दाखमद्य जाँचेर हेरेपछि एक पुरातत्त्वविद्‌ कनानीहरू दाखमद्य बनाउन निकै सिपालु थिए भन्‍ने निष्कर्षमा पुगे। तिनले भने, “हरेक घ्याम्पोमा भएको दाखमद्य अलिकति पनि तलमाथि नगरी बनाइन्थ्यो।”

के तपाईंलाई थाह थियो? प्राचीन इस्राएलमा “असल दाखमद्य” बनाइन्थ्यो र ठूलठूला घ्याम्पाहरूमा राखिन्थ्यो भनेर बाइबलमा लेखिएको छ।—श्रेष्ठगीत ७:९; यर्मिया १३:१२.

जनसङ्‌ख्या वृद्धि

द गार्डियन अखबारअनुसार इजिप्टमा सन्‌ २०१० को तुलनामा सन्‌ २०१२ मा ५ लाख ६० हजार धेरै बच्चा जन्मेका थिए। इजिप्टको बसिरा अनुसन्धान कम्पनीका मेगेड ओस्मानले यसो भने, “इजिप्टको इतिहासमा यत्ति धेरै बच्चा पहिला कहिल्यै जन्मेको थिएन।” कोही-कोही विज्ञअनुसार यसैगरि जनसङ्‌ख्या बढ्‌दै जाने हो भने इजिप्टमा पानी, उर्जा र खानेकुराको अझ धेरै अभाव हुनेछ।

के तपाईंलाई थाह थियो? बाइबलअनुसार परमेश्‍वरको उद्देश्‍य मानिसहरू ‘पृथ्वीमा भरिऊन्‌’ भन्‍ने थियो। ती मानिसहरूलाई केही कुराको अभाव नहोस्‌ भन्‍ने उहाँको इच्छा थियो।—उत्पत्ति १:२८; भजन ७२:१६.

लुकाइएका सिक्काहरू भेटिए

इजरायलको राजमार्गनजिकै “चौथो वर्ष” भनेर कुँदिएको १ सय वटाभन्दा धेरै काँसाका सिक्काहरू भेटिए। “चौथो वर्ष”-ले यहूदीहरूले रोमीहरूको विद्रोह गरेको (इस्वी संवत्‌ ६९ देखि ७० सम्म) चौथो वर्षलाई जनाउँछ। त्यस विद्रोहले गर्दा यरूशलेमको विनाश भयो। उत्खनन निर्देशक पाब्लो बेट्‌जरले यसो भने, “रोमी सेनाहरू अघि बढिरहेको देखेर कुनै मानिस अन्त नजिकै छ भनेर त्रसित भएको हुनुपर्छ। त्यसैले तिनले आफ्नो सरसम्पत्ति कुनै दिन लिन आउने उद्देश्‍यले त्यहाँ लुकाएका हुन सक्छन्‌।”

के तपाईंलाई थाह थियो? रोमीहरूले यरूशलेमलाई कब्जा गर्नेछन्‌ भनी येशूले इस्वी संवत्‌ ३३ मा भविष्यवाणी गर्नुभएको थियो। सुरक्षित हुन डाँडाहरूतिर भाग्नू भनी उहाँले ख्रीष्टियनहरूलाई आदेश दिनुभएको थियो।—लूका २१:२०-२४. (g15-E 09)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने