प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ९/१ पृ. ३-४
  • के ‘साँचो चर्च’ एउटै मात्र छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ‘साँचो चर्च’ एउटै मात्र छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “साँचो अर्थमा ती चर्चहरू होइनन्‌”
  • तपाईं जुनसुकै चर्चको सदस्य हुनुभए तापनि केही फरक पर्छ र?
  • तिनीहरूले किन क्षमा मागिरहेका छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ९/१ पृ. ३-४

के ‘साँचो चर्च’ एउटै मात्र छ?

“जसरी ख्रीष्ट एउटै हुनुहुन्छ, त्यसरी नै ख्रीष्टको एउटै शरीर र एउटै दुलही अस्तित्वमा छ: ‘क्याथोलिक र अपोस्टलिक चर्चबाहेक अरू चर्च त चर्च नै होइनन्‌।’ ”—डोमिनुस एसुस।

यी भनाइहरूद्वारा रोमन क्याथोलिक विशप जोसेफ राटजिङ्‌गरले साँचो चर्च एउटै मात्र हुन्छ, भन्दै आफ्नो चर्चको शिक्षा प्रतिपादन गरे। त्यो चर्च नै “ख्रीष्टको एक मात्र चर्च हो जसको स्थान केवल क्याथोलिक चर्चबाहेक अरूले लिन सक्दैन” भनी उनले भने।

“साँचो अर्थमा ती चर्चहरू होइनन्‌”

पोप जोन पल द्वितीयले डोमिनुस एसुस-का दस्तावेजले “अन्य धर्महरूलाई होच्याएको अथवा अनादर गरेको छैन” भनेर जिद्दी गरे तापनि प्रोटेस्टेन्ट चर्चका नेताहरूले यो दस्तावेज विरुद्ध कडा प्रतिक्रिया व्यक्‍त गरे। उदाहरणका लागि, जून २००१ मा उत्तरी आयरल्याण्डस्थित बेलफास्टमा आयोजना गरिएको प्रेसबाइटेरियन आमसम्मेलनमा एक जना पादरीले यसो भने, यो दस्तावेज “दोस्रो भ्याटिकन परिषद्‌ले पारित गरेको उदार नीतिदेखि डराएका रोमन क्याथोलिक भित्र रहेका एउटा कट्टरपन्थी गुटको काम हो।”

चर्च अफ आयरल्याण्ड प्रिमेटका रोबिन इम्सले, यदि यो दस्तावेज “दोस्रो भ्याटिकन परिषद्‌ पूर्वका विचारधाराहरूको पुनरागमन” हो भने यसले आफूलाई “निकै निराश तुल्याउनेछ” भनेर बताए। केही निर्दिष्ट क्याथोलिक सिद्धान्त अस्वीकार गर्ने चर्चहरू “साँचो अर्थमा चर्च नै होइनन्‌” भन्‍ने भ्याटिकनको दाबीमाथि टिप्पणी गर्दै इम्सले यसो भने: “यो अभिव्यक्‍ति त मेरो लागि अपमानजनक पनि हुन सक्छ।”

डोमिनुस एसुस-लाई यस्तो विचारधारा व्यक्‍त गर्न उक्साउने कारक तत्त्व के हो? रोमन क्याथोलिक चर्चहरूको निकायलाई धार्मिक सापेक्षवादको सिद्धान्तले विचलित तुल्याएको देखिन्छ। आइरिस टाइम्स-अनुसार “कुनै पनि धर्म अर्कोभन्दा ठूलो छैन भन्‍ने बहुलवाद धर्मदर्शनको उदयले . . . कार्डिनल राटजिङ्‌गरलाई अत्यन्तै विचलित तुल्यायो।” यही धार्मिक सापेक्षवादको सिद्धान्तले उनलाई माथिका टिप्पणीहरू गर्न उक्साएको देखिन्छ।

तपाईं जुनसुकै चर्चको सदस्य हुनुभए तापनि केही फरक पर्छ र?

निस्सन्देह, कोही-कोहीका लागि एउटै मात्र चर्च हुन सक्छ भन्‍ने भनाइभन्दा “धार्मिक सापेक्षवाद” एवम्‌ “बहुलवाद धर्मदर्शन” व्यावहारिक र आकर्षक लाग्छ। तिनीहरूको लागि, धर्म भनेको शतप्रतिशत व्यक्‍तिगत अभिरुचिको विषय हुनुपर्छ। तिनीहरू भन्छन्‌, ‘वस्तुतः जुनसुकै चर्चको सदस्य भए तापनि त्यसले केही फरक पार्दैन।’

यो दृष्टिकोणले धर्मलाई असंख्य विविध धार्मिक सम्प्रदायहरूमा विभाजन गर्ने भए तापनि यो दृष्टिकोण एकदमै उदार देखिन सक्छ। धेरैले भन्छन्‌, ‘धर्ममा यस्तो विविधता भनेको त व्यक्‍तिगत स्वतन्त्रताको वैध अभिव्यक्‍ति हो।’ लेखक स्टिभ ब्रुसको भनाइअनुसार यद्यपि, यस्तो “धार्मिक सहिष्णुता” वास्तवमा अरू केही नभएर “धार्मिक भावशून्यता” नै हो।—अ हाउस डिभाइटेड: प्रोटेस्ट्याङ्‌टिजम्‌, सिकिजम, एण्ड सेकुलराईजेसन।

त्यसो भए, सही दृष्टिकोण के हो? के साँचो चर्च एउटै मात्र छ? के त्यो साँचो चर्च रोमन क्याथोलिक चर्च मात्र हो त? के अन्य चर्चहरू पनि परमेश्‍वरको दृष्टिमा त्यत्तिकै स्वीकार्य छन्‌? यी प्रश्‍नहरूले सृष्टिकर्तासितको हाम्रो सम्बन्धलाई असर गर्ने भएकोले यस विषयमा उहाँको दृष्टिकोण बुझ्नु पक्कै पनि महत्त्वपूर्ण छ। हामी कसरी यसो गर्न सक्छौं? परमेश्‍वरको प्रेरित वचन बाइबलमा अनुसन्धान गरेर। (प्रेरित १७:११; २ तिमोथी ३:१६, १७) आउनुहोस्‌, एक मात्र साँचो चर्चबारे बाइबलले के भन्छ, जाँचौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने