प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १०/१५ p. २७
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंलाई कसले सृष्टि गऱ्‍यो?
    पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
  • भाग ३
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • मानिस किन मर्छ?
    पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
  • “परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नु[भयो]”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १०/१५ p. २७

पाठकहरूका प्रश्‍नहरू

उत्पत्ति ३:२२ मा “हामीजस्तै” भनेर यहोवाले कसलाई संकेत गरिरहनुभएको थियो?

यहोवाले स्पष्टतः आफू र आफ्नो प्रिय पुत्रलाई संकेत गर्दै यसो भन्‍नुभयो: “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्‍ने भएको छ।” (उत्पत्ति ३:२२) आउनुहोस्‌ हामी यसको कारण विचार गरौं।

प्रथम मानव जोडीमाथि न्यायदण्ड सुनाइसक्नुभएपछि यहोवाले यी शब्दहरू भन्‍नुभयो। जसरी मानव राजाले आफूलाई मात्र संकेत गर्न “हामी प्रसन्‍न छैनौं” भन्‍न सक्छ, त्यस्तै गरी कसै-कसैले “हामीजस्तै” भन्‍ने अभिव्यक्‍तिलाई मौसुफको बहुवचनको रूपमा लिएका छन्‌। तथापि, उत्पत्ति १:२६ र ३:२२ को सन्दर्भमा कुरा गर्ने हो भने, बाइबलविद्‌ डोनल्ड ई. गोआन यसो भन्छन्‌: “प्रायजसो प्रस्तावित विवरणहरूलाई समर्थन गर्ने त्यस्तो केही पनि प्रमाण [पुरानो] नियममा पाइँदैन। जस्तै: शाही सम्बोधनमा ‘हामी’ वा ईश्‍वरत्वमा एकभन्दा बढी छन्‌ भन्‍ने संकेत। . . . यीमध्ये कुनै पनि विवरण उत्पत्ति ३:२२ मा ‘हामीजस्तै’ भनेर उल्लेख गरिएको अभिव्यक्‍तिसित मेल खाँदैन।”

के यहोवाले “असल र खराब[को]” निर्णय आफै गर्न थाल्नुका साथै प्रथम मानवहरूलाई पनि त्यसै गर्न प्रभावित पार्ने शैतान तथा दियाबललाई संकेत गरिरहनुभएको हुन सक्छ? अहँ, हुन सक्दैन। यहाँ यहोवाले “हामी-जस्तै” भन्‍ने अभिव्यक्‍ति प्रयोग गर्नुभयो। शैतान यहोवाका विश्‍वासी स्वर्गदूतहरूको समूहमा नभएको हुँदा यहोवाको पक्ष लिनेहरूमध्ये त्यो समावेश नभएको हुनुपर्छ।

के यहोवाले विश्‍वासी स्वर्गदूतहरूलाई संकेत गरिरहनुभएको थियो? हामी यस विषयमा ठोकुवा गरेर भन्‍न त सक्दैनौं। तथापि, उत्पत्ति १:२६ र ३:२२ मा दिइएको एकै प्रकारका अभिव्यक्‍तिहरूले भने केही छनक दिन्छ। उत्पत्ति १:२६ मा हामी यहोवाले यसो भन्‍नुभएको पाउँछौं: “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं।” उहाँले कसलाई यी शब्दहरूद्वारा सम्बोधन गरिरहनुभएको थियो? सिद्ध मानिस येशू हुनुभएका आत्मिक प्राणीलाई संकेत गर्दै प्रेरित पावलले यसो भने: “[उहाँ] अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्टिको जेठो हुनुहुन्छ, किनभने उहाँमानै सबै थोक सृष्टि भएका थिए स्वर्गमा र पृथ्वीमाथि भएका दृष्ट र अदृष्ट थोकहरू, चाहे सिंहासनहरू, चाहे राज्यहरू, चाहे प्रधानताहरू, चाहे प्रभुत्वहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्‌।” (कलस्सी १:१५, १६) हो, उत्पत्ति १:२६ मा यहोवाले “कारीगर” अर्थात्‌ आफ्ना एकलौटो प्रिय पुत्रसित कुरा गरिरहनुभएको थियो, जो स्वर्ग तथा पृथ्वी सृष्टि गर्ने बेला उहाँसित हुनुहुन्थ्यो। (हितोपदेश ८:२२-३१, नयाँ संशोधित संस्करण) उत्पत्ति ३:२२ मा पनि त्यस्तै अभिव्यक्‍ति प्रयोग भएको हुँदा यहोवा आफ्नो घनिष्ठ, एकलौटो प्रिय पुत्रसित कुरा गरिरहनुभएको थियो भनेर संकेत गर्छ।

परमेश्‍वरको एकलौटो प्रिय पुत्रसित “असल र खराब[को]” ज्ञान थियो भन्‍ने कुरा प्रत्यक्ष छ। यहोवासँगको लामो र घनिष्ठ सम्बन्धबाट उहाँले पक्कै आफ्नो पिताको सोचाइ, सिद्धान्त तथा स्तरहरू राम्रोसित सिक्नुभएको थियो। यी कुराहरूसित आफ्नो पुत्र परिचित हुनुका साथै त्यसप्रति वफादार छन्‌ भन्‍ने कुरामा विश्‍वस्त हुनुभएको कारण यहोवाले येशूलाई हरेक कुरामा उहाँसित सीधै परामर्श नलिईकन कामकुरा गर्ने स्वतन्त्रता प्रदान गर्नुभएको हुन सक्छ। त्यसैकारण के असल र के खराब भन्‍ने कुरा निर्णय गर्न पुत्र यस हदसम्म सक्षम र अधिकारप्राप्त हुनुहुन्थ्यो। तथापि, शैतान, आदम र हव्वाले जस्तो येशूले असल र खराबसम्बन्धी यहोवाका स्तरहरूसित बाझिने स्तर स्थापना गर्नुभएन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने